निर्णय नं. ६२३४ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२३४ - परमादेश भाग: ५३ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५३/०६/०३ २९१९ निर्णय नं. ६२३४ ने.का.प. ०५३ अङ्क ७ संयूक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५१ सालको दे.पु.नं. ... २२१० फैसला मितिः २०५३।६।१५।३ मुद्दाः परमादेश । पुनरावेदक प्रतिवादीः मालपोत कार्यालय, धनुषा बिरुद्ध विपक्षी वादीः जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ वस्ने राम विशेश्वर शरण · कुनै प्रचलित कानून वमोजिम निवेदकको नामको जग्गा रोक्का राखिएको हो भन्ने मिसिल संलग्न उक्त पत्रको प्रतिलिपिवाट खूल्न नआएको साथै लिखित जवाफवाट समेत जग्गा रोक्का गर्ने क्रियाको कानुनी औचित्य पुष्टि हुन सकेको पाइएन । कानून वमोजिम वाहेक कसैको सम्पत्ति रोक्का राख्न नमिल्नेमा प्रशासकीय आदेशको भरले विपक्षीहरुवाट निवेदकको सम्पत्ति रोक्का राखेको अवस्था देखिन आएकोले त्यस्तो रोक्कालार्ई कानूनसम्मतः रोक्का भन्न मिल्ने नदेखिने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापति विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत, जनकपुरको मिति २०५१।३।२२ को आदेश उपर विपक्षी मालपोत कार्यालय, धनुषाको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मैले वंशजका नाताले जिल्ला कार्यालय, धनुषावाट २०३४।२।२५ मा नागरीकता प्राप्त गरेको नागरीकता अन्चलाधीश कार्यालयले मिति २०४५।१२।२४ गते वदर गरेकोमा सर्वोच्च अदालतमा परमादेश रिट निवेदन कारवाही गर्दा २०४८।९।१० गते विपक्षी उपर परमादेशको आदेश जारी भएको । अन्चलाधीश कार्यालयले मिति २०४३।९।६ गते मालपोत कार्यालय, धनुषालार्ई प.सं.वि.प्र.फा.नं. १५।०४३।४४ च.नं. ६२१ द्वारा मेरो नामको कि.नं. ३४२, १२९ को जग्गा रोक्का राखेको अन्चलाधीशले सर्वोच्च अदालतका फैसला ठहर अनुसार हालसम्म मलार्ई पुनरावेदन म्याद सूचना दिएको छैन । अन्चलाधीश कार्यालयमा रहेको मुद्दा मामिला जिल्ला प्रशासन कार्यालयमा सरेकोमा म निवेदकले जिल्ला प्रशासन कार्यालयमा द.नं. २७१६ मिति २०४९।३।३ मा रोक्का खारेज गर्ने आदेश पाउं भनी निवेदन गरेको सो कुनै काम कारवाही नभएकोमा नागरीकताको सिलसिलामा जग्गा रोक्का राख्ने कानूनी व्यवस्थाको अभावमा मेरो जग्गा रोक्का गरी मेरो नागरीक अधिकारमा कुणिठत गरेको हुंदा रोक्का राखेको मेरो सम्पत्ति फुकूवा गरी दिनलार्ई विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरी पाउं भन्ने समेत निवेदन पत्र । ३. सर्वोच्च अदालतको आदेशानुसार पुनरावेदनको म्याद दिनु हुन र पुनरावेदन परेकोमा निर्णय भई सकेपछि जग्गा रोक्का फुकूवा गरी दिनु हुन भनी गृह मन्त्रालयको पत्र प्राप्त हुन आएको परमादेशको कार्यान्वयन गर्ने सम्वन्धमा गृह मन्त्रालयमा अनुरोध गरिएकोमा मिसिल अंचलाधीश, जलेश्वरमा पठाएको भनी लेखी आएकोले मिसिल जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा भएको हुंदा उक्त मिसिल माग गरिएकोले हालसम्म प्राप्त हुन नआएको हुंदा राम विशेश्वरलार्ई पुनरावेदनको म्याद दिन नसकिएको भन्ने जिल्ला प्रशासन कार्यालय, धनुषाको लिखित जवाफ । ४. जनकपुर अंचलाधीश कार्यालय जलेश्वरको च.नं.५३१ प.सं. १५।०४३।४४ मिति २०४३।९।६ को पत्रवाट लेखी आएको हुंदा रोक्का किताबमा रोक्का राखिएको रोक्का राख्ने निकायवाट फुकूवा भई आएपछि फूकूवा गर्ने गरी आएको भन्ने समेत व्यहोराको मालपोत कार्यालय, धनुषाको लिखित जव