निर्णय नं. १६५२ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६५२ - लिखत पास भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/१२ २५७४ निर्णय नं. १६५२ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४४९ सम्वत् २०३९ सालको दे.पु.नं. ५१५ सम्वत् २०३९ सालको दे.पु.नं. ३७६ फैसला भएको मिति : २०४०।४।१२।५ मा पुनरावेदक/प्रतिवादी : शान्तिदेवी शाह (थापा) मरी मु.स.गर्ने नक्साल बस्ने राजकुमार थापा समेत विरूद्ध विपक्षी/वादी : चन्द्रकुमारी (साविक पेज नं. १६०) मास्केको मु.स.गर्ने सुन्दरराज मास्के मुद्दा : लिखत पास (१) राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने । (प्रकरण नं. २१) फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्नअनुसार छ । २. कान्छी चौतार्नी दीपकुमारी शाहले मसँग रू.५५,००१। कर्जा लिई निजका नाउँको पोता विर्ता रोपनी ६।।।द्र३ र सो जग्गामा बनेको का.ई.महाराजगञ्जको स्वबासी घरहरू समेत २०११।६।६ गते फार्छै गरी दिएको पास गराउन नपाउँदै ऐ.आश्विन १३ गते दीपकुमारी परलोक हुनुभएको हकवाला अन्यायीहरूलाई भन्दा उसले उसलाई उसले उसलाई देखाई पास गरी नदिएकोले सो पास गराई पाउँ भन्ने समेत चन्द्रकुमारीको फिरादपत्र । ३. साँचो व्यवहार भए हामी सबैको मञ्जूरी गराई साक्षी समेत राख्न सक्नुपर्ने नसकेको । सो बखत जिजूबज्यै विरामी सारै छन् लिखत हुनै नसक्ने घरको मुख्य जानीफकार मुमा चित्र राजेश्वरी होइबक्सेकोले मलाई कुनै कुरा थाहा छैन । मुमा बुझी झुठ्ठा दावीबाट अलग हुनपाउँ भन्ने समेत अर्जुनजंग पराक्रम शाहको प्रतिउत्तर, फार्छे गरिदिएको हो । म फार्छेपत्रमा साक्षी बसेको छु भन्ने समेत अनन्तजंग पराक्रम शाहको प्रतिउत्तर । ४. फन्तेजंग पराक्रम शाह, पूर्णजंग, खडगजड्ड, डोर दण्डजंग, छत्रजंग, निरजंग, लोकजंग, हरिजंग, शंकरजंग, नारायणजंग रुद्रजंग, पराक्रम शाह समेतले प्रतिउत्तर नदिई शुरू म्याद गुजारेको रहेछ । ५. घर जग्गा बिक्री गरेकोमा मलाई साक्षी राख्न सक्नुपर्ने परलोक हुनु ७ दिन अगाडि त्यतिको रूपैयाँ सासूलाई के दरकार पर्‍यो रूपैयाँ कहाँ गयो । सक्कल तमसुक देख्न सुन्न पाए यथार्थ जाहेर गर्ने छु । सो कागज पास गरी दिन मञ्जूर छैन भन्ने समेत पेटबोलीबाट बुझिएका चित्रराजेश्वरीको बयान । ६. चौ.अनन्तजंगसँगको अपुताली हक बेहक मुद्दा र बकसपत्र पास मुद्दा किनारा लागेपछि मात्र बयान गर्ने छु । अहिले यस मुद्दामा केही बयान गर्न चाहन्न भन्ने समेत चित्रराजेश्वरीको वा. राजमानको लिखत सनाखत बयान । ७. सो फार्छेपत्र लिखत जालसाजी कीर्ते खडा गरेको हो भन्ने समेत पेटबोलीबाट बुझिएका शान्ति शाह भन्ने शान्तिदेवीको वा.पदमबहादुरले गरेको बयान । ८. जालसाजी कीर्ते होइन सद्दे साँचो हो भन्ने समेत चन्द्रकुमारीको वा इन्द्रकुमारले गरेको बयान । ९. फार्छे लिखत ०११।६।६ को देखिएको । चौ.दीपकुमारी परलोक भई हकदारले पास गरी नदिएको भनी ०११। (साविक पेज नं. १६१) ११।३० गते पाँच महीना चौबीस दिनमा दायर हुनआएको फिरादबाट फार्छे लिखत पास गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । पैंतीस दिन भित्र अर्को फिराद दिनु भनी वादीको वारिसलाई सुनाइदिने । सद्दे कीर्ते तर्फ केही गर्न नपर्ने ठहर्छ भन्नेसमेत बा.अं.अ.को फैसला । १०. सो फैसलामा चित्त बुझेन भन्ने समेत सु