निर्णय नं. ६२३५ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२३५ - लिखत बदर भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५३/०३/०६ २४८१ निर्णय नं. ६२३५ ने.का.प. ०५३ अङ्क ७ संयूक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संवत् २०५१ सालको दे.पु.नं. ... १९१७ आदेश मितिः २०५३।३।२८।६ मुद्दाः लिखत वदर । पुनरावेदिक प्रतिवादी : का.जि. का.न.पा. वडा नं. २७ घर भई ऐ.ऐ.का वडा नं. ३ लाजिम्पाट बस्ने हिराशोभा कंसाकार । बिरुद्ध विपक्षी वादीः का.जि. का.न.पा. वडा नं. २७ घर भई ऐ. वडा नं. २९ ठमेल बस्ने ज्ञानशोभा कंसाकारको मुद्दा सकार गर्ने ज्ञानज्योती कंसाकार । § दिदी वहिनी बीच चलेको अंश मुद्दामा पहिले नै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न पाउने प्रचलित कानूनमा व्यवस्था भएको नदेखिएको । (प्र.नं. १२) पुनरावेदक तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी । विपक्षी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी अवलम्वित नजीरः ज्ञानशोभा विरुद्ध हिराशोभा भएको दे.पु.नं. ३५८९ को अंश मुद्दामा प्रतिपादित सिद्धान्त । फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत ललितपुरबाट मिति २०५०।८।२२ मा भएको फैसला उपर पर्न आएको प्रस्तूत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय यसप्रकार छ । २. वावु भाजुरत्नको २ पत्नीमा जेठी ज्ञानमायावाट जेठी ज्ञानप्रभा, माइली लक्ष्मीप्रभा साइली लक्ष्मीहेरा तथा कान्छो मणिहर्ष ज्योती तथा कान्छी पत्नी ज्ञानमायाबाट ज्ञानज्योती म ज्ञानशोभा र प्रतिवादी हिराशोभा तथा कान्छो छोरा देवज्योती ४ जनाको जायजन्म भै जेठी ज्ञानमायाको १९७३ सालमा कान्छी (आमा) को २०२५।११।८ मा र वावुको ण्ज्ञघ सालमा स्वर्गारोहण भयो । आमा ज्ञानमायाको जिवनकालमा दाजुभाई दिदीवहिनी सगोलमा बसी आएकोमा तिन जना दाजुभाईले विदेशमा रहेको चल अचल अंश लिई नेपालमा रहेको चल अचल साहू असामी विवाह खर्च वा अंश छोरीहरुलार्ई दिनुपर्ने भए दिने शर्तमा अंश छोडपत्रको लिखत गरी मिति ०१७।१२।२३।४ मा रजिष्ट्रेशन समेत भयो । आमाको शेषपछि म फिरादी दाजु ज्ञान ज्योतीको घरमा र प्रतिवादी भाई देवज्योतीको घरमा बसि आएको हामी वाहेक आमाको नामको संपत्ति खाने अरु हकदार कोही छैन । ०२१।१२।३० को वण्डापत्र बमोजिम आमाको अंश भागमा परेको विभिन्न जग्गा प्रतिवादीले आमाको एकमात्र हकदार छोरी भनी नाता प्रमाणित गराई मालपोत कार्यालयको ०४६।२।२० को निर्णयले आफ्नो नाममा नामसारी गरी प्रमाण पुर्जा समेत प्राप्त गरेको जानकारी ०४७।४।१६ मा निर्णयको नक्कल लिंदा थाहा भयो । वरावर हकदार भएको मलार्ई अंशियारको विवरणबाट हटाई नाता प्रमाणित जालसाजी गरे तर्फ विपक्षी उपर छुट्टै जालसाजी मुद्दा दायर गरेको छूं । आमा ज्ञानमायाको नाममा दर्ता भएको विभिन्न कित्ता जग्गाको मोही पंच नारायण भएकोमा निज निसन्तान परलोक भएकोले गैर कानूनी रुपले छोरी पंचमायाले मोही नामसारी गराएपछि जग्गा जोत्न नसक्ने हुंदा क्षतिपुर्ति वापत केही जग्गा दिई मोही छुटाउन संयूक्त निवेदन दिएकोमा केही जग्गा पंचमायालार्ई छोडपत्र गरी दिएको वखत मोही लगत कट्टा गर्ने निर्णय गरी मालपोत कार्यालयमा पठाएकोमा प्रतिवादी हिराशोभाले विभिन्न कित्ता जग्गाको केही जग्गा प्र. पन्चमायालार्ई छोडपत्र गरी मिति ०४७।घ।द्दज्ञ मा रजिष्ट्रेशन पारित गरी दिई सोही बमोजिम कित्ताकाटं भै प्राप्त जग्गामा पंचमायाले घर बनाएको देखि बूझ्दा ०४७।५।१८ मा भु.सु. कार्यालयबाट नक्कल लिंदा थाहा भयो । तसर्थ मेरो समेत संयूक्त हक स्वाम