निर्णय नं. ६२३६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०२/०६ ३८७२ निर्णय नं. ६२३६ ने.का.प. २०५३ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संवत २०५१ सालको रि.नं.. .. २५३६ आदेश मितिः २०५२।२।१२।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः हरिमान थैव । विरुद्ध विपक्षीः श्री लोक सेवा आयोग, काठमाडौं । श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय । श्री रेवतिराज काफ्ले, उप-सचिव प्र.म.को कार्यालय । § कर्मचारीको इच्छा अनुसार विभिन्न क्षेत्रमा सरुवा हुने नभई अख्तियारवालाले खटाए अनुसारको ठाउंमा गई काम गर्नुपर्ने हुन्छ । कर्मचारीको खटिएको ठाउंमा जानु पदीय आचरण भित्रको कुरो पनि हो । यस्तो कुन क्षेत्रमा काम गर्ने भन्ने कर्मचारीको इच्छामा निर्भर नरहेन हुंदा थोरै थोरै समयमा वरावर विभिन्न क्षेत्रहरुमा सरुवा हुन गएमा ज्ञ वर्ष भन्दा वढी अवधी सम्म काम गरे पनि नम्वर नपाउने स्थिति पर्न जाने हुन्छ । तसर्थ लगातार वा अखण्डित रुपमा १ वर्ष सम्म काम गरेको हुनै पर्दछ भन्ने किटानी प्रष्ट कानूनी व्यवस्थाको अभावमा कर्मचारी वर्गको लागि हितकारी हुन जाने हुदैन । कर्मचारी सम्वन्धी ऐन नियमको व्याख्या गर्दा कर्मचारीको हित अनुकुल हुने गरी गर्नु न्याय संगत हुन आउने । (प्र.नं. १६) § साविक नि.से.नि., २०२१ को नियम ३.५.४.(ख)(१) को प्रतिवन्धात्मक वाक्यांश मा १ वर्ष भन्दा कम रुजु हाजिर रहि काम गरेको नम्वर पाउने छैन भन्ने व्यवस्था गरेको तर हालको नयां नि.से.नि., २०५० को नियम ८०(४) मा सामान्य व्यवस्थाको रुपमा रहन आएको देखिन्छ । साविक कानूनमा प्रतिवन्धात्मक व्यवस्थाको रुपमा रहेकाले विशेष रुपको तर हालको ८०(४) मा सामान्य कानूनी व्यवस्थाको रुपमा रहन आएको परिप्रेक्षलार्ई मध्यनजर राखी लोक सेवा आयोगले आफ्नो पुरानो परीपाटीलार्ई यूक्तिसंगत नमानी नयां कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा पटक पटक गरी १ वर्ष सम्म काम गरेकोलार्ई नम्वर दिनु पर्ने भनी गरेको निर्णय कानून विपरित र वेमुनासिव भन्न नमिल्ने । (प्र.नं. १६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भू थापा विपक्षी तर्फबाटः विद्वान सह: न्यायाधिवक्ता श्री सत्यनारायण प्रजापती अबलम्वित नजीरः आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०२१को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. लोक सेवा आयोगको सूचना नं. ८५।०५० वमोजिम नेपाल प्रशासन सेवा सामान्य प्रशासन समुहको राजपत्रांकित प्रथम श्रेणीमा वढुवाको लागि आवेदन माग गरे वमोजिम निवेदक संभाव्य उम्मेदवार भएकोले वढुवाको लागि आवेदन पेश गरेको थिएं । निवेदकका प्राप्तांक समेतका गणनाको आधारमा निवेदकलार्ई वढुवा सुचीमा समावेश गरी वढुवा नामावली प्रकाशन गरेको छ । ३. निवेदकको नाम समेत वढुवा सुचीमा समावेश गरी प्रकाशन गरिएकोमा नि.से.नि., २०५० को नियम ८३ वमोजिम प्रत्यर्थी रेवतीराज काफ्ले प्रत्यर्थी लोक सेवा आयोगमा उजुर गरेको आधारमा लोक सेवा आयोगले निवेदकको नाम वढुवा सुचीबाट हटाई नामावलीमा संशोधन गरी निर्णय गरियो । प्रत्यर्थीलार्ई वढुवाको नाममा समावेश गरी संशोधन गर्ने ठहर गरेको निर्णयमा मूलतः मिति २०४८।९।७ देखि ०४९।७।५ सम्मको “ख” वर्गको भौगोलिक क्षेत्रमा काम गरे वापत अनुभवको अंक दिने गरि निर्णय गरेको आधारमा निवेदकको नाम वढुवा सुचीबाट हटाई संशोधन गर्ने निर्णय गरेको पाइन्छ । नि.