निर्णय नं. १६५३ - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६५३ - जग्गा दर्ता भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०३९/०५/२६ ३०९४ निर्णय नं. १६५३ ने.का.प. २०४० अङ्क ५ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको देवानी फुल बे.नम्बर २९ फैसला भएको मिति : २०३९।५।२६ मा निवेदक/वादी : जिल्ला बर्दिया पाताभार गा.पं.वार्ड नं.२ बस्ने चक्रबहादुरको मु.स.गर्ने महन्त सिंह ठकुरी विरूद्ध विपक्षी/प्रतिवादी : जि.बर्दिया मनाउ गा.पं.वार्ड नं.२ बस्ने शेखरनाथ आचार्य समेत मुद्दा : जग्गा दर्ता (१) नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले व्यवस्था गरे अनुसार खारेज भएको कुनै ऐन बमोजिम पाएको, हासिल गरेको वा कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्न सक्ने देखिन्न । (प्रकरण नं. १५) (२) पक्ष विपक्षको बीचमा भएको शर्तनामा कुनै कानुनको विरूद्ध हो भनी प्रतिवादीहरूले जिकिर समेत लिन नसकेको परिणामस्वरूप सो शर्तनामाको लिखतमा लेखिएको कुरामा वादीले दावी गर्न पाउने । (प्रकरण नं. १५) वादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. ०३६।५।५ को फुलबेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी वादीले चढाएको विन्तिपत्रमा यसमा यो विन्तिपत्र र यसै साथ रहेको सर्वोच्च अदालत फुलबेञ्चबाट भएको ०३६।५।५ को फैसलाको व्यहोरा समेत जाहेर हुँदा व्यहोरा साँचो भए सर्वोच्च अदालत फुलबेञ्चबाट छिनिएको उक्त जग्गा दर्ता मुद्दाको मिसिल फुलबेञ्चबाट झिकी दोहराई हेरी इन्साफ जाँची कानुन बमोजिम गर्नु नालिस दिने म्याद गुज्रेमा थाम्नुपर्ने भए सो म्याद पनि थामी कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभागबाट ०३८।१।१५।२ मा लेखी आई यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : जि.बर्दिया पटुवा मौजे गोलागढीको तत्कालिन नं.२८४।२८५ मध्ये पछि जग्गा २६४ मा मुद्दा चलेकाले उक्त मुद्दा अन्तिम निर्णय भएपछि उक्त जग्गा मध्येबाट सयकडा २० बिस बिगाहाका दरले आवादी पर्ति मिलाई मलाई नम्बरी गरी दिने छु भनी प्रतिवादी शेखरनाथले ०१७।२।११ मा र ०२२।७।१३ मा समेत शर्तनामा लिखत गरी दिएको उक्त मुद्दामा मेरो रू.२३,४७२। खर्च भएको थियो । मुद्दा सफलता १६४ बिगाहामा मात्र भएकोले सोको सयकडा २० ले हुने बिगाहा ३३–१०–० प्रतिवादीले मेरा नाउँमा नम्बरी गरी दिनुपर्ने नगरेकोले खर्चको दावी लिई चलाएको मुद्दाबाट बुझिएको व्यक्ति प्रतिवादीहरू हुन आई तहतह इन्साफ हुँदैजाँदा शर्तनामा अनुसार वादीले दामासाहीले जग्गासम्म पाउने व्यवस्था भएको शर्तनामाले निर्धारित गरेको हक र दायित्व कायम हुने र खर्च भराई पाउँ भन्ने दावी लाग्न सक्तैन भनी स.अ.बाट ०३२।४।२९ मा फैसला भएको छ । मसँग शर्तनामा गर्ने शेखरनाथ भएको र निजका पत्नी छोरा भाइ र आफ्ना सम्बन्धी समेतका नाउँमा बटवारा गरी मलाई जग्गा नदिएकोले कि.नं.२८४।२८५ मध्येबाट जग्गा बिगाहा १६४ दर्ता हुनआएको छ । शर्तनामा बमोजिम मेरो हक कायम चलन चलाई मेरो नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत चक्रबहादुरको फिरादपत्र । ३. वास्तवमा शर्त बमोजिमको झगडा अन्तिम फैसला ०२६।५।३० मा आय कर अदालतबाट भएको फैसला बमोजिम भू.