निर्णय नं. ६२३७ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३७ - निषेधाज्ञा भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :2053/02/14 २७६० निर्णय नं. ६२३७ ने.का.प. २०५३ अङ्क ७ संयुक्त इजालास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं. २१६० आदेश मितिः २०५३।२।१४।२ मुद्दाः निषेधाज्ञा । पुनरावेदक निवेदकः जिल्ला सुर्खेत सहारे गा.वि.स. वडा नं. २ बस्ने मनजीत डाङ्गी ऐ. ऐ. बस्ने दयाराम रोका ऐ. ऐ. बस्ने पुनी खडका ऐ. ऐ. बस्ने रत्ने विटालु ऐ. ऐ. बस्ने तिलवीर वली ऐ. ऐ. बस्ने तुल्सीराम डाङ्गी ऐ. ऐ. बस्ने वीर वहादुर रोका ऐ. बस्ने धने कामी ऐ. ऐ. बस्ने गुमान सिंह खत्री ऐ. ऐ.बस्ने कुलीमान खड्का ऐ. ऐ. बस्ने रुलवीर कामी ऐ. ऐ. बस्ने आशीराम रोक्का ऐ. ऐ. बस्ने कर्मे रोका ऐ. ऐ. बस्ने नर वहादुर खत्री ऐ. ऐ. बस्ने गोरे खत्री ऐ. ऐ. बस्ने मनवीर वली ऐ. ऐ. बस्ने लिलधर खड्का ऐ. ऐ. बस्ने पंचराम वली समेत जना १८ को वारेस भै ऐ. ऐ. बस्ने परविर थापा परलोक हुंदा निजको मू.स. गर्ने निजको एकाघरको छोरा बर्ष ४० को हिरा वहादुर थापा । विरुद्ध विपक्षी प्रत्यथीः श्री खानेपानी तथा ढल निकास विभाग जिल्ला खानेपानी शाखा सुर्खेत समेत जना ९ । § निवेदन दावीको पानीको मुहान प्राकृतिक श्रोतको रुपमा रहेको र त्यस प्रकारको प्राकृतिक श्रोतको उपभोग सम्वन्धित सबैले गर्न पाउने नै भएको साथै उक्त मुहानवाट प्रस्तावित खानेपानी योजना संचालन गर्दा निवेदकहरुको सिंचाई लगायतका अन्य कुरामा प्रतिकुल असर पर्ने स्थिति रहेको पनि देखिंदैन । खानेपानी जस्तो अत्यावश्यक कार्यका लागि संचालित हुन गै रहेको आयोजनावाट निवेदकहरुको हक वा स्वामित्वमा असर पर्ने नदेखिने । (प्र.नं. १३) § निवेदकहरुको गाउं विकास समिति अन्तर्गतको क्षेत्रभित्र विवादित पानीको मुहान रहेकै कारण त्यसमा यी निवेदकहरुको मात्र एकलौटी हक हुने अन्य गा.वि.स. वा क्षेत्रका जनताले सो पानीको उपभोग नै गर्न नपाउने भन्न नमिल्ने । (प्र.नं.१३) § पानीको मुहानमा यी निवेदकहरुको हक स्थापित नभएको र प्रस्तावित आयोजनाको कार्यान्वयनले निजहरुको हकहितमा आघात पार्ने संभावना समेत विद्यमान रहेको नदेखिंदा माग अनुसारको निषेधाज्ञाको आदेश जारी नहुने । (प्र.नं. १३) निवेदक तर्फबाटः विपक्षी प्रत्यर्थी तर्फबाटः अबलम्बित नजीरः आदेश न्या.गोविन्द बहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) अन्तर्गत पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : २. हामीहरुको जग्गामा सुर्खेत सहारे गा.वि.स. वडा नं. २ अन्तर्गत पर्ने कुर्मि खोलाको ठुलो आंपको रुखनिरको पनि मुहान तथा ऐ. ऐ. टुनी रुखको वांधवाट परम्परागत रुपवाट कुलो काटी पानी ल्याई पिउने पानी तथा हामीहरुको जग्गामा सिंचाई गरी आएको तथा उक्त पानीवाट म पंचराम वलीले पानी घट्ट संचालन गरेको छु । विपक्षी खानेपानी शाखा सुर्खेतबाट सुर्खेत मेहलकुना गा.वि.स. वडा नं. ९ का लागि खानेपानी योजना संचालन गर्ने भै ठेक्का दिई काम संचालन गर्न लाग्दा हामीलार्ई जानकारी भै माथि उल्लेखित मुहानवाट हामीलार्ई सिंचाइवाट वन्देज लगाइ पानी लिन पाइदैन भनी विरोध गर्दा उल्टै योजना संचालन गर्न वाधा विरोध गरे भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न लगाई हामीलार्ई दुखः समेत दिएका थिए । उल्लेखित मुल पानीको श्रोतवाट पानी पिउन र सिंचाई गर्न नपाएर सम्पुर्ण जनताका जग्गाहरु सिंचाई गर्न नपाई