निर्णय नं. १६५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/२२ २३२८ निर्णय नं. १६५५ ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नम्बर १८२६ आदेश भएको मिति : २०४०।४।२२।१ मा निवेदक : जिल्ला भूमिसुधार कार्यालय कञ्चनपुरका स.ले.पा.गणेशबहादुर बम विरूद्ध विपक्षी : अञ्चलाधिश, अञ्चलाधिशको कार्यालय महाकाली अञ्चल महेन्द्रनगर समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) आफ्नो अधिकारको कुरामा ऐन नियमको प्रकृया अपनाई निर्णय गरिएको देखिँदा माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी अञ्चलाधिशको मिति २०३९।२।१० को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।३।३।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : महाकाली अञ्चल अदालतका का.मु.अञ्चल न्यायाधीशको अध्यक्षतामा मिति ०३८।११।१५ मा बसेको बढुवा समितिको निर्णयले जि.भू.सु.का. कञ्चनपुरको ना.सु.(रा.प.अं. प्रथम श्रेणी) पदमा बढी अंक प्राप्त गर्ने निवेदकलाई नियमानुसार बढुवाको लागि सिफारिश गरेको सूचना जि.भू.सु.का.कञ्चनपुरबाट मिति २०३८।११।१८ मा प्रकाशित भएको र मिति २०३८।२।१६ मा गोरखापत्रमा प्रकाशित भएको थियो सो बढुवा समितिको सिफारिश उपर विपक्षी व.स.नि.नवराज पन्तको उजूरी निवेदन परेकोमा निवेदकको नोकरीको ज्येष्ठता बापत ९२.२४ अंक मात्र पाउनेमा ९२.३८ अंक दिएको र शैक्षिक योग्यता बापत १६ अंक पाउनेमा २० अंक दिएको तथा विपक्षी नवराज पन्तको ज्येष्ठता बापत ९२.३८ पाउनेमा ९२.३६ अंक दिएको भन्ने समेत आधार देखाई (१९५) बढुवा समितिले गरेको निवेदकको बढुवा सिफारिश बदर गरी विपक्षी नवराज पन्तको नाम कायम गरी संशोधित नामावली प्रकाशन गर्न बढुवासमितिलाई सूचना दिने भन्ने विपक्ष अञ्चलाधिशबाट मिति २०३९।२।१० मा निर्णयभयो। ३. म निवेदकले अधार हाईस्कूलबाट २०१२।१२।३० मा फाइनल परीक्षा उत्तीर्ण गरी पाएको लिविंग सर्टिफिकेटमा श्रेणी खुलेको थिएन श्रेणी नखुलेकोमा द्वितीय श्रेणीको अंक दिइने निजामती सेवा नियमावली, २०२१ को नियम ३:५(४) को देहाय (क) को कैफियत नं.२ मा भएकोले सो नियम अनुसार बढुवा समितिले द्वितीय श्रेणीको अंक २० दिएकोमा विपक्षी अञ्चलाधिशले तृतीय श्रेणीको अंक दिने गरेको निर्णयबाट उक्त कानुनको ठाडै उल्लंघन भएको छ । ४. जहाँसम्म अधार हाईस्कूल पास मात्र गरेको शैक्षिक योग्यताको हकमा द्वितीय श्रेणी सरह नम्बर दिन नमिल्ने र एस.एल.सी.वा सो सरहको प्रमाणपत्रलाई उपाधि वा डिप्लोमा मान्यता दिन मिल्ने पनि नियममा व्यवस्था भएको नदेखिएको भन्ने विपक्षी अञ्चलाधिशको निर्णयको कुरा छ, नि.से.नि.को नियम ३.५.(४) को देहाय (क) को कैफियत सि.नं.२ मा कुनै श्रेणी नखुलेको उपाधि वा डिप्लोमालाई द्वितीय श्रेणी बापतको अंक दिइने छ भन्ने र सि.नं.३ मा कम्पार्टमेन्टल परीक्षा पास गरेको भए तृतीय श्रेणी बापतको अंक दिइने छ भन्ने व्यवस्था गरी कम्पार्टमेन्टल परीक्षा पास गरेकोमा बाहेक अरू कुनैमा श्रेणी नखुलेको रहेछ भने द्वितीय श्रेणीको अंक पाउने गरी गोश्वारा लवजम