निर्णय नं. १६५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/२९ २२२४ निर्णय नं. १६५७ ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ७५३ आदेश भएको मिति : २०४०।४।२९।१ मा निवेदक : जि.भोजपुर चम्पे गा.पं.वार्ड नं.४ बस्ने बुद्धिमान सारू मगर विरूद्ध विपक्षी : श्री १ नं.नापी गोश्वारा प्रमुख, नापी अधिकृत प्रमुख समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पहिलो स्पष्टीकरण मागिएको पत्रमा आरोप कुन कुरा र कारणमा आधारित छ स्पष्ट नभएको र दोश्रो स्पष्टीकरण मागिएको पत्रमा प्रस्तावित सजायको उल्लेख नभएको साथै तेश्रो स्पष्टीकरण माग गर्ने कानुनी व्यवस्था भएको पनि नदेखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्द देव आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षीहरूको ०३९।१।९ को र ०३९।२।२६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ : निवेदक नापी विभागको निरीक्षक पदमा स्थायी कर्मचारी भएकोमा झगडा गरेको तथा अड्डा प्रमुखलाई आरोप लगाएको भनी पटक–पटक स्पष्टीकरण माग गरिएको निर्दिष्ट समयावधीमा स्पष्टीकरण पेश गरेकोमा ०३९।१।२ मा पुनः निजामती सेवा नियमावली बमोजिम किन कारवाही नगर्ने भनी स्पष्टीकरण माग गरिएकोमा स्पष्टीकरण पेश गरेपछि नि.से.नि.को १०.१ को (४) बमोजिम भनी निरीक्षकबाट अमिन पदमा घटुवा गर्ने ठहराई ०३९।१।९ मा निर्णय गरिएकोमा सो उपर पुनरावेदन गर्दा शुरूकै निर्णय सदर ठहराई ०२९।२।२६ मा निर्णय गरिएको रहेछ । ३. अमिन र निरीक्षक समानस्तरको पद होइन । तल्लो पदमा ओराल्न नियम १०.६(३)(५) को सहारा लिइएको छ भने नियम १०.१(४) बमोजिम घटुवा गर्ने भन्ने उल्लेख भएबाट उक्त कानुनको त्रुटि भएको छ । (२०२) स्पष्टीकरणमा नियम १०.९ बमोजिम आरोप र सजाय किटिएको छैन । पछि अन्तिम ०३९।१।२ को स्पष्टीकरणमा मात्र किटिएकोछ । दर्जा घटाउन नियम १०.५ को अवस्था विद्यमान हुनुपर्दछ । सो नभई नियम १०.१(४) आकृष्ट हुनसक्दैन । नि.से.ऐन, ०१३ को दफा ६.१ को प्रतिकूल निर्णय आधारित छ । सजाय घटाउने सजायको सम्बन्धमा प्रतिवाद हुन दिइएन । निर्णयमा अधिकारक्षेत्रात्मक त्रुटि भएकोछ । पुनरावेदन तहको निर्णय नियम १०.१४ को प्रतिकूल भएकोले बदरभागी छ । तसर्थ निवेदकको दर्जा घटाउने ठहराई गरेको ०३९।१।९ को निर्णय र सो निर्णय सदर गरी ०३९।२।२६ मा भएको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।४।२४ को आदेश । ५. निजले गरेको बयान र स्पष्टीकरण कसूर स्वीकार गरेको करकाप परेको भए उजूर गर्नु पर्ने र करकाप गरेको भनी निवेदनमा समेत खोल्न नसकेको आफू भन्दा तल्ला तहका कर्मचारीलाई कुटपिट गर्न कानुनले छूट दिएको नहुँदा कानुन बमोजिम निरीक्षक पदबाट अमिन पदमा घटुवा गरेको ०३९।१।९ को निर्णय सदर गरी यस कार्यालयबाट ०३९।२।२६ निर्णय गरिएको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत कोशी अञ्चलाधिशको लिखितजवाफ । ६. अमिन र निरीक्षक समान श्रेणीको पद हो । निरीक्षकमा जान बढुवा हुन पर्दैन पद परिवर्तन सम्म गरे पुग्छ । सेवा मुक्त गर्न स्पष्टीकरण