निर्णय नं. १६५९ - नामसारी हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६५९ - नामसारी हक कायम भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/३० २४४३ निर्णय नं. १६५९ ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.पु.नं. ३५२, ३५३ फैसला भएको मिति : २०४०।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : बागमती अञ्चल भक्तपुर जिल्ला ठिमी बालकुमारी गा.पं.वडा नं.८ डिगुली बस्ने रत्नमाया प्रजापती समेत विरूद्ध विपक्षी/वादी : भ.पु.जि.ठिमी भीमसेन गा.पं.वडा नं.८ चपाचो बस्ने लक्ष्मीभक्त चक्रधर समेत मुद्दा : नामसारी हक कायम (१) भागभोग अनुसार जग्गा हामीले भोगी आई नापीमा सो भोग अनुसार नापी गराएको भन्ने वादीहरूको भनाई भएको र त्यस्तो नापी गराएतर्फ प्रतिवादीहरूको कुनै उजूर पनि नदेखिँदा आफ्ना हक हुन आई दाखिला खारेज गर्नुपर्ने भएकोमा जग्गा पजनीको २क. नं.अनुसार नाउँसारी दाखिला खारेज हुनसक्ने नै देखिने । (प्रकरण नं. २३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अ.बं.७२ नं.को प्रतिकूल हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।१९ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ : २. पूर्खा जयनरसिंका ३ छोरा मध्ये जेठा जहरसिं माहिला भीमनरसिं कान्छा सिंहवीर मध्ये कान्छा सिंहवीरको २ छोरा दश र हाकु सिं दुबै मरी अपुताली (२०८) परेको जेठा जहर सिंहका ५ छोराहरू हर्षमान र वीरलुपुनर सिं, विष्णुमान र मान सिं मध्ये हर्षपट्टि ४ छोरा मनिराज मानसिं हर्ककुमार शंकर दास र जेठा मनिराजका जेठा छोरा प्र.मध्येका मनिरत्न महिला मानसिंहका छोरा प्र.मध्येका उत्तरकुमार र दलबहादुर र साँहिला हर्षकुमारको छोरा प्र.मध्येको हर्षबहादुर र कान्छा शंकरदासको छोरा नभई छोरी प्र.मध्येकी रत्नमाया हुन् । माहिला मानवीरका छोरा मानबहादुर र निजका २ छोरा प्र.मध्येका खड्गमान र ज्ञानबहादुर हुन् । साँहिला लुपुरसिं पट्टि छोरा नभई ३ छोरी थकुलक्ष्मी जोगमाया र मसिनु थिए । काँहिला विष्णुमान सिं पट्टि २ छोरा देवदास र पन्चकुमार र देवदासको जेठा छोरा वादी मध्येको म चन्द्रकुमार हुँ । देवदासकी कान्छी स्वास्नी प्र.मध्येको शिलमाया हुन् । पन्चकुमारका छोरा २ छोरा मध्ये माहिला र काजीबहादुर हुन । कान्छा मानसिंका छोरा रघुनाथ मरी अपुताली परेको थियो । ३. माहिला भीमनर सिं पट्टि २ छोरामा तेजवीर र देवनरसिं र तेजवीरका २ छोरा तेजमान हिरालाल तेजमानका ५ छोरा मध्ये जेठा रुद्रमान माहिला वादी मध्येको म पूर्णमान, साँहिला हिरामान काँहिला वादी मध्येको म तिलकमान, कान्छा वादी मध्येको म रामजी जेठा रुद्रमानको छोरा वादी मध्येको हामी सूर्यमान र रत्नमान । माहिला हिरामानको छोरा वादी मध्येका हामी बद्रीमान र अमृतमान र कान्छा हिरालालका छोरा वादी मध्येको हामी कृष्णलाल र रामकुमार हौं। ४. भीमनर सिंका छोरा देवनरसिंहका देवकुमार र देवकुमारका छ भाइ छोराहरू मध्ये जेठा वादी मध्येको म नुच्छेकुमार माहिला भुवनकुमार परलोक भई हक खाने जेठा वादी मध्येको म पुनकुमार साँहिला बालकृष्ण हौं । काहिला वादी मध्येको म लक