निर्णय नं. १६६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६६० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/२० २५१४ निर्णय नं. १६६० ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ७७० आदेश भएको मिति : २०४०।४।२०।६ मा निवेदक : जिल्ला कञ्चनपुर देवकी गा.पं.वा.नं.१ बस्ने बर्ष २८ को महेन्द्र सिंह ऐतवाल विरूद्ध विपक्षी : वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति कञ्चनपुर महेन्द्रनगरसमेत विषय : उत्प्रेषण (१) यो जग्गामा यस किसिमले मेरो निर्विवाद हक स्थापित भइसकेको भनी रिट निवेदकले देखाउन नसकेको समेत हुँदा असाधारण अधिकारक्षेत्रबाट हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी हनन भएको हकको संरक्षण गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. जिल्ला कञ्चनपुर दैजी गा.पं.वा.नं.१ मा पर्ने १.१० एक बिगाहा दशकठ्ठा जग्गामा निवेदकले र करीव २–०–० दुई बिगाहा जग्गा बाबु चन्द्रसिंह ऐतवालले समेत श्री ५ को सरकार पुर्नबास विभाग महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालय महेन्द्रनगरमा अव्यवस्थित बसोवास परिवारहरूले भर्ने विवरण फाराम भरी उल्लिखित १–१०–० जग्गा प्राप्त गरी एकै मिलान घरबास गरी भोगचलन गरी आएकोमा २०२७।२।१८ मा नाप नक्सा हुँदा बाबु चन्द्रसिंह ऐतवालले र म निवेदकले प्राप्त गरेको जग्गा एकै कित्ता भई कञ्चनपुर जिल्ला सुडा गा.पं.प्लट नं.२(ग) को क्षेत्रफल २–१२–१ कायम भई आएकोमा २०३६ सालको नापीले पनि एकै कित्ता कायम गरी प्राप्त गरेको भन्दा कम क्षेत्रफल (२२१) कायम भएकोले बाबु चन्द्रसिंह ऐतवालको श्री ५ महाराजाधिराजका हजुरमा निवेदन परेको यस्तो अवस्थामा विपक्षी मध्येकी गोबिन्दीदेवी धामीले दैजी गा.पं.वा.नं.१ आमथलामा ०२४ सालदेखि घर धूरी खडा गरी जग्गा आवाद गरी ०२७ सालमा लोग्ने दली धामीको नाममा नाप नक्सा भएको जग्गामा दार्चुला बस्ने चन्द्रसिंह ऐतवालले खिचोला गरी जग्गा दर्ता गर्न दिएन दर्ता गरिपाउँ भनी ०३६।३।१४ गते क्षेत्रीय बसोवास कार्यालय र ०३८।४।२१ मा बसोबास आयोगमा निवेदन परी कारवाही उठाई ०३५ सालदेखि अधियामा कमाउने गरी दैजी गा.पं.वा.नं.१ आमथला बस्ने रतनदेव बडुलाई दिएको रतनदेव बडु समेतको बाली समेत चन्द्रसिंहलाई बुझाएको भन्ने रतनदेवको बयान देखिएको कारण भोगको आधारमा बसोबास नियम अनुसार गोबिन्दीदेवी धामीको नाउँमा १–१०–० सम्ममात्र दर्ता हुने र घर भएतर्फको ज.वि.१–१०–० जग्गा उक्त जग्गा २–१२–१ मध्ये दर्ता गरी दिने र अरू जग्गाको हकमा चन्द्रसिंहले आफ्नो हकभोग र लगत पेश गर्नसकेमा मात्र निजका नाममा दर्ता हुने अन्यथा श्री ५ को सरकार जनाई दिने ठहर्याई कञ्चनपुर जिल्ला वन क्षेत्र सुदृढीकरण समितिबाट मलाई कुनै जानकारी तथा प्रतिवाद गर्ने मौका नदिई अ.बं.१३९ को विपरीत मिति ०३९।३।८ मा भएको त्रुटिपूर्ण निर्णयले मेरो संवैधानिक हकमा आघात पुर्याएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा त्यस्तो कानुनी त्रुटिपूर्ण निर्णय बदर गरी हनन भएको हकको संरक्षण गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई प्राप्त भएपछि पेश गर्नु भन्ने समेत सिड्डलबेञ्चको मिति ०३९।४।२४।१ को आदेश अनुसार