निर्णय नं. १६६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/२९ ३७४७ निर्णय नं. १६६१ ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नम्बर ८७६ आदेश भएको मिति : २०४०।४।२९।१ मा निवेदिका : काठमाडौं जिल्ला का.न.पं.वार्ड नं.२२ टेबहाल बस्ने बद्रीकुमारी राउत क्षेत्री विरूद्ध विपक्षी : प्रमुख नापी अधिकृत, ३ नं.नापी गोश्वरा पाटनढोका ललितपुर समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ७ अनुसार निवेदकलाई विवादको कित्ताको जग्गाको सम्बन्धमा अदालतमा जानु भनी सुनाएको हुनुपर्ने । (प्रकरण नं. १०) (२२४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी नापी गोश्वाराका नापी अधिकृतले टिप्पणीं सदर गरेको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) अनुसार कार्यविधि अपनाई कार्य तथा निर्णय गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भनी रिट निवेदन मिति २०३९।५।१८।६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : स्वर्गीय मेरा पिताजी भक्तबहादुर पौडेलले १९७७ साल मार्ग ११ गते रोज ५ मा पूर्व सडक निस्कने बाटो समेतका ४ किल्लाभित्रको पाटन घालछे टोल जग्गा रोपनी ०–७–० जग्गा र सो जग्गामा बनेको लम्बाई हात १५, गज हात ११ को एकतले पक्की घर र सो घरले चर्चेको चोक बगैंचा बारी समेतको घर जग्गा मलाई दानपत्र गरी दिनुभएकोले मेरो हक हुन आई अविच्छिन्न रूपमा भोगचलन गरी आएको छु । जग्गा नाप जाँच ऐन, २०१९ अन्तर्गत ललितपुर शहरी क्षेत्रको सर्भे नाप जाँच हुँदा उक्त मेरो पक्की घर जग्गा बगैंचा बारी समेत ल.पु.न.पं.वार्ड नं.७ कित्ता नं.३२४ र ३२५ साझा चोक घालाछे मङकाखल भन्ने जनिई ७ दिने सूचना प्रकाशित हुँदा जग्गा नाप जाँच नियमावली, २०३२ को नियम ६ को उपनियम (३) को ‘तर’ भन्ने प्रतिबन्धात्मक वाक्यांश अनुसार मेरा नाउँमा दर्ता हुनुपर्ने हो भनी दानपत्र समेतको आफ्नो भएको सबूत प्रमाण पेश गरी उजूरी गरेँ, मैले दिएको निवेदनको आधारबाट सरजमीन समेत बुझियो, बुझिएका सरजमीन मध्ये केहिले मंकाखलको र केहीले म निवेदिकाकै घर जग्गा चोक बगैंचा हो भन्नुभएको थियो । घर जग्गा नाप जाँच हुँदा तेरो मेरो सम्बन्धी प्रश्न उठेमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) अनुसारको कार्यविधि अपनाई निर्णय गर्नुपर्नेमा नगरी सरजमीन मुचुल्का समेतबाट कि.नं.३२४ र ३२५ कित्ताहरू चोक र धालाछे मङकाखलको नाप नक्सा भई आएबमोजिम गर्ने भनी टोलीले २०३९।४।१८ मा व्यक्त गरेकोलाई मनासिव ठहराई २०३९।४।२२ मा सदर निर्णय गरेको व्यहोराको २०३९।४।२४ मा लेखिएको जानकारी पत्र पाएँ । ३. मेरो घर तथा जग्गा बगैंचा समेत विपक्षी मङकाखल गुठीको र साझा चोक हो भनी निर्णय गर्न (२२५) पाउने कानुनी अधिकार विपक्षी नापी टोली तथा नापी गोश्वारको नापी अधिकृतलाई कुनै पनि प्रचलित कानुनले प्रदान गरेको छैन । कुनै जग्गा नापी वा जाँच हुँदा तेरो मेरो सम्बन्धी प्रश्न उठेमा सो कुराको दुबै पक्षको प्रमाण जाँची बुझी जुन पक्षको प्रमाण बलियो देखि