निर्णय नं. १६६२ - जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६२ - जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०४/१२ २३२८ निर्णय नं. १६६२ ने.का.प. २०४० अङ्क ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. २९५ फैसला भएको मिति : २०४०।४।१२।५ मा पुनरावेदक/वादी : जिल्ला कपिलवस्तु गा.पं.फुलिका वार्ड नं.४ बस्ने कल्लु कुर्मी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने विशम्भर कुर्मी मुद्दा : जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ (१) जिल्ला अदालतको आदेश बमोजिम भएको सरजमीन अदालतबाट कारवाहीको सिलसिलामा गराइएको हुँदा यस्तो सरजमीनलाई प्रमाण ऐन, २०३१ को दफा १८ को परिधि भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराले ०३६।५।१८ मा गरेको फैसलामा चित्त बुझेन भनी पुनरावेदक वादी कल्लु कुर्मीको यस अदालतमा पर्नआएको पुनरावेदनबाट पुनरावेदन गर्न अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् । २. कान्छा बाबु जोखन कुर्मीको सेवासंभार गरी आएकोमा ०३४।२।१६ गते निज कान्छा बाबुको परलोक (२२८) भई निजका नाउँको १–१४–० जग्गामा अपुतालीको १ र २ नं.ले मेरो हक भएकोमा विपक्षी विसम्भर कुर्मीले ०३४।२।३२ गते देखि जबरजस्ती कब्जा गरे तर्फ ०३४।४।९ मा नालेस गरेको र घर घडेरी जग्गा धनमाल मेरो चलनवर्तनमा रहेकोमा ०३४।६।१९ गते प्रतिवादी विसम्भर कुर्मीले जबरजस्ती कब्जा गरेकाले मेरो हक कायम गरी घर घडेरी जग्गा प्रतिवादीको खिचोला मेटाई चलन चलाई चल धनमाल प्रतिवादीबाट भराई पाउँ भन्ने समेत कल्लु कुर्मीको फिरादपत्र । ३. जोखनको घर धन अपुतालीमा मैले भोग गरेको खास जोखनको हकदार म भएको विपक्षी जोखनको कोही नभई झुठ्ठा वंशावली लेखी (फर्जी) हकवाला बनेको प्रष्ट देखिएको चल धनमाल जोखनको छँदै थिएन । जग्गा घर मैले अपुतालीमा लिई भोगी आएको छु वादी दावा सबै झुठ्ठा हो भन्ने समेत प्रतिवादी विसम्भर कुर्मीको प्रतिउत्तर । ४. वादी हकदार नठहरी आजै यस बेञ्चबाट फैसला भएकोले हक नपुग्ने सम्पत्तिमा हक कायम गरी अचल घडेरी जग्गाको खिचोला मेटाई चलन चलाई चल धनमाल दिलाई पाउँ भन्ने समेत वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत शुरू कपिलवस्तु जिल्ला अदालतको फैसला । ५. वादी दावी नपुग्ने ठहराएको शुरूको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी कल्लु कुर्मीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र । ६. यिनै पुनरावेदक वादी कल्लु कुर्मीले विपक्षी प्रतिवादी विसम्भर कुर्मी उपर दिएको दे.पु.नं. २३८ को जग्गा खिचोला मुद्दामा जोखन कुर्मीको ५ पुस्ता भित्रको हकदार नठहरी भएको शुरूको इन्साफ सदर हुने ठहरी आजै यस बेञ्चबाट फैसला भएकोले हक नपुग्ने सम्पत्तिमा हक कायम गरी खिचोला मेटाई चलन चलाई चल धनमाल दिलाई पाउँ भन्ने पुनरावेदनको दावी पुग्न नसक्ने ठहराई गरेको शुरू कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३६।५।१८।२ को फैसला । ७. पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन भनी पुनरावेदक वादी कल्लु कुर्मीको यस अदालतमा परेको पुनरावेदन पत्र । ८. यिनै पक्ष विपक्षहरूको नि.नं.९३९ को जग्गा खिचोला मुद्दामा प्