निर्णय नं. ९२०३ - मोही कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२०३ - मोही कायम भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०९/२८ ३४५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।९।२८।१ ०६६-CI-०३३६ मुद्दा : मोही कायम । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ५ बस्ने उपेन्द्रनाथ उपाध्यायको वारिस भै आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने महेन्द्रनाथ उपाध्याय विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं. ३ बस्ने माइला नकर्मी § विवादित जग्गामा दिव्यकुमारीको भौतिक उपस्थिति कहिँकतै कहिल्यै स्थापित गराउन सकेको देखिँदैन । पुनरावेदक पक्षले उक्त दावीको जग्गामा आफ्नो मोही हक रहेको कुरा स्थापित नगरी अर्काले मोही नामसारीलगायतका दर्ता प्रक्रियामा प्रश्न उठाँउदा निजहरूको हक पुग्न सक्ने होइन । विवादित जग्गाको यी पुनरावेदकका फुपूले बाली बुझाएको भन्ने पुनरावेदकको जिकिर रहे पनि सो कुरा कतैबाट पुष्टि भएको नदेखिने । § दिव्यकुमारी उपाध्याय जोताहा कायम भै हालसम्म पनि निज जोताहा कायम भएको कहीं कतैबाट प्रमाणित भएको देखिन्न । जग्गानापीको समयमा पुनरावेदकका फुपू दिव्यकुमारी उपाध्यायको नाम मोही जोताहाको नाउँमा कतै पनि उल्लेख भएको देखिँदैन तथा पुनरावेदक दावीको जग्गाको खास जोताहा भन्ने कतै पनि प्रमाणित हुन नसकेको । (प्रकरण नं.६) § विवादित जग्गाको खास जोताहा मोही तुलसीनारायण नकर्मी नै वैधानिक मोही कायम हुने ठहर्याई भएको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५८।१२।१३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६४।१०।२७ को फैसला मिलेकै देखिँदा सदर हुने भई माथि विवेचित आधारसमेतबाट यस अदालतबाट प्रदान भएको निस्सासँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा अधिवक्ता गणेश विक्रम कार्की प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रकाश राउत तथा अधिवक्ता बद्रिबाबु राउत अवलम्बित नजिर : सम्बद्ध कानून : § भूमिसम्बन्धी ऐन, २०२१ § गुठी संस्थान ऐन, २०३३ सुरू तहमा फैसला गर्ने कार्यालय : भूमिसुधार कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री हरिराम कोइराला फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, ललितपुर, पाटनबाट मिति २०६४।१०।२७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) बमोजिम दायर भएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवम् ठहर निम्नबमोजिम रहेको छ : तथ्य खण्ड : काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं. ३(क) कि.नं १०३ को क्षे.फ ३-४-० जग्गाको मोही तुलसीनारायणको छोरा माइला नकर्मीका नाउँमा मोही कायम गर्ने गरी गुठी लगत तथा तहसिल कार्यालयको मिति २०४६।१०।१७ को निर्णय बदर गरिपाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा सर्वोच्च अदालत पूर्ण इजलासबाट मिति २०५३।३।१३ मा गुठी लगत तथा तहसिल कार्यालयको निर्णय बदर भै यथास्थितिमा रहने गरी भएको फैसलाबमोजिम हामीहरूको नाममा मोही कायम गरिपाउँ भन्नेसमेत व्यहोराको उपेन्द्रनाथ उपाध्यायसमेतको मिति २०५५।३।१ मा गुठी लगत तथा तहसिल कार्यालयमा दायर भएको निवेदन । सर्वोच्च अदालतको फैसलाबमोजिम मोही तेरो मेरो सम्बन्धमा निर्णय गर्न दुबै पक्षलाई मिति २०५६।२।२७ को