निर्णय नं. १६६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०६/१८ २५४७ निर्णय नं. १६६३ ने.का.प. २०४० अङ्क ६ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.फु.नं. २८ आदेश भएको मिति : २०४०।६।१८।३ मा निवेदक : का.जि.फर्पिङ स्वखेल गा.पं.वा.नं.८ वाँसवारी मकै पौवा वस्ने पार्वती खत्री विरूद्ध विपक्षी : ऐ.ऐ.वस्ने धने विष्ट भू.सू.कार्यालय काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) ससुराको जग्गाको मोही भएको नाताले उक्त जग्गाको मोही सम्बन्धी हक मलाई प्राप्त हुनुपर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा, विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।६।८ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजको जुनाफमा परेको विन्तिपत्रमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई हेरी दिनु भन्ने बक्स भई आएको आदेश बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ । २. निवेदकको का.जि.फर्पिङ सोखेल गा.पं.अन्तर्गत वडा कि.७ कि.नं.७ को बण्डापत्र बमोजिम मेरा भागमा परेको हालको कित्ताकाट हुँदा कि.नं.४८ को क्षेत्रफल ४–२–० को पोत रू.८।७५ तिरो लागेको जग्गाको जोताहा का.जि.फर्पिङ सोखेल गा.पं.वडा नं.८ बाँसबारी बस्ने मोही पद्मबहादुर खत्री कायम भएको थियो । उक्त जग्गा कमाई जोती आउने मोही २०२९ सालमा कालगतीले परलोक भएको र निजको पत्नी छोरा समेत कोही नभएकोले जोतपोत नै मेरै नाउँमा कायम गरिपाउँ भनी पञ्चायतको सिफारिश साथ भू.सु.का.काठमाडौंमा निवेदन गरेको थिएँ । भू.सु.का.बाट सरजमीन हुँदा निजकी श्रीमती तथा छोराहरू समेत नभएको र निज बुहारी र नातिले जोती कमाइआएको भन्ने व्यहोरा सरजमीन भइआएपछि भू.प्र.का.सर्जमिनबाट पनि बुहारी पार्वती र नाती रामकुमार खत्री हुन् भन्ने उल्लेख भइआएकोले सो व्यहोरा सत्य भएको हुँदा यसमा सहोदर बुहारी र नाती छँदाछँदैमा कोही पनि छैन (२३२) भनी ज.ध.का नाउँमा मोही लगत कट्टा गरी जोत हक समेत राख्न औचित्यपूर्ण नहुने हुँदा प्रस्तुत निवेदनबाट कारवाई गर्न नपरी तामेलीमा राखी दिने व्यहोरा मिति ०३५।४।२७ मा निर्णय भयो । उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी निवेदकले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन गरेकोमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३६।४।२८।२ मा निर्णय हुँदा भरपाई भनेको लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी दिने ठहर्छ भनी पुनः कारवाईको लागि भू.सु.कार्यालय, काठमाडौंमा पठाइएकोमा भूमिसुधार कार्यालय काठमाडौंबाट रसीद भरपाई लेखिएको ढाँचामा नभएको भन्ने आधारमा मात्र भरपाई गरी दिएको होइन भन्न मिलेन र साविक मोही परलोक भएकोले निजको नाम सच्याई भरपाईबाट देखिएको पार्वती खत्रीलाई मोही कायम गरी श्रेस्ता भिडाउने ठहर्छ भनी ०३६।१२।२८।५ मा निर्णय भएको रहेछ । ३. जग्गाको मोही पद्मबहादुर ०२९ सालमा परलोक भए देखि यता विपक्षीहरूले कहिले जग्गा जोतेको पनि छैन र मैले नै भोगचलन गरी जोती आएको छु । भूमिसम्बन्धी ऐनको दफा १ को (ग) मा पनि बुहारी र नातिलाई मोहियानी हक सर्ने तथा प्राप्ति