निर्णय नं. १६६४ - ज्यान डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६४ - ज्यान डाँका भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०६/१८ २४६९ निर्णय नं. १६६४ ने.का.प. २०४० अङ्क ६ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.फू.वे.नं. ७ सम्वत् २०३९ सालको फौ.फु.नं. १० फैसला भएको मिति : २०४०।६।१८।३ मा निवेदक/प्रतिवादी : जिल्ला रौतहट प्र.माझ उत्तर देवाही गा.पं.वा.नं.३ बस्ने विसुन राउत कुर्मी समेत विरूद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : ज्यान डाँका (१) वारदातमा इन्कारी रहेको कारणले मात्र निर्दोष रहेछ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. २०) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३७।११।२९।५ को निर्णय उपर निवेदकहरूको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टाछुट्टै परेको विन्तिपत्रमा उक्त ज्यान मद्दाको निर्णय सहितको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई कानुन बमोजिम गरी छिनिदिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको सक्षिप्त विवरण निम्नानुसार छ । २. मिति ०२९।८।१४ को अं.१०।११ को रातमा गाउँ देखि पूर्वबाट २०।२५ जवान डाँकाहरू भाला गडासा, बन्दूक समेतबाट लैस भई गाउँ भित्र प्रवेश गरी सर्वप्रथम भविषं उपाध्यायको घर डाँका गर्दा सोही डाँकाहरूमध्ये मैले नचिनेका १४।१५ जवान डाँकाहरूले मेरो घरको मूल ढोकामा बञ्चराले हानी काट्न लाग्दा नसकी दायाँपट्टिको बाँसको टाट काटी भित्र पस्न लाग्दा म ज्यान जोगाई भागी गाउँमा गई बसेँ । डाँकाहरू गएपछि आउँदा भविषं उपाध्यायको भाइ सीताराम रायलाई डाँकाहरूले बन्दूकबाट फायर गरी घाइते गरी दिएको गाउँको सत्यनारायणको घरमा पनि डाँका गरी तपसी, सोमीलाई बन्दूकले घाइते पारेको भन्ने समेत स्वामीप्रसादको र गाउँमा डाँकाको हल्ला सुनी घरबाट निस्कँदा सो डाँकाहरूमध्ये १५, १६ जना मेरो घरद्वारमा आइपुगेको टर्चबाट हेर्दा विरिक्ष राउत कुर्मी, मधै राउत (२३८) अहिर समेत २ जना र अरू नचिनेको १३।१४ जवान समेत मेरो दोकान फाटक तोडी पस्दा म आफ्नो ज्यान जोगाई गाउँमा लुकेको भन्ने सत्यनारायणको, डाँका मध्ये विसुन राउत कुर्मीलाई चिनेको भन्ने तपसि साहुको, शेष सैनु शाहलाई चिनें भन्ने निफिकिर साहुको र डाँकाहरूले मेरो घरमा डाँका गर्दा मेरो छोरा सीतारामले डाँकाहरूसित सामना गर्दा डाँकुहरूले बन्दूकले हानी छर्रा लागी घाइते भई उपचारार्थ वीरगञ्ज अस्पतालमा लगेको भन्ने रामपती बाहुनीको छुट्टाछुट्टै व्यहोरा उल्लेख गर्दै डाँकाहरूले लगेको बिगो खुलाई दिएको ०२९।८।२१ को संयुक्त जाहेरी दरखास्त । ३. मधै राय यादवका हातमा बन्दूक, विरिक्ष राउत कुर्मीको हातमा टागी (बञ्चरो) लिएका र अरू नचिनेका २०।२२ जना समेत डाँकाहरूले डाँका गरी फायर गर्दा बन्दूकको छर्रा लागी मेरो भाइ सीताराम घाइते भई लडेपछि डाँकाहरूले मेरो घरको सामान डाँका गरी लगे भन्ने समेत भविषं उपाध्यायको ०२९।८।२५ को जाहेरी दरखास्त । ४. डाँकाहरूको फायरले घाइते भएको भाइ सीतारामको वीरगञ्ज अस्पतालमा उपचार भइरहेकोमा ०२९।८।२५ रातको अं.११।१२ बजेको समयमा मृत्यु भएको भन्ने भविषं उपाध्यायको सनाखत कागज । ५. मधै राय यादव, निजको भाइ जादो राय यादव, विसुन राउत कुर्मी, विरिक्ष