निर्णय नं. १६६५ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६५ - जबरजस्ती करणी भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१२ २७४२ निर्णय नं. १६६५ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.पु.नं. ३२६ फैसला भएको मिति : २०४०।५।१२।१ मा पुनरावेदक/प्रतिवादी : जि.महोत्तरी एकरहिया गा.पं.वार्ड नं.४ बस्ने प्रल्हादमौवार भूमिहार ब्राहृमणसमेत विरूद्ध विपक्षी/वादी : सीताराम महतोको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती करणी (१) डाक्टरको उमेर जाँचको प्रतिवेदनमा निजहरूको उमेर १४ बर्षदेखि १७ बर्षको भनी उल्लेख गरेको छ र निश्चित यो उमेर भनी लेख्न नसकेको कारण निजहरू १६ बर्ष मुनी उमेरको देखिएकोले दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्षभन्दा कम उमेरका नावालकले कुनै अपराध गरेमा निजलाई कानुन बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधिका दरले सजाय हुने। (प्रकरण नं. २२) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्नआएको निवेदनपत्रबाट पुनरावेदन गर्ने अनुमतिको स्वीकृति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. मेरो बहिनी बर्ष १० को दुखिया ०३३।१२।३ का दिन अन्दाजी २ बजे प्रधानपञ्च वारको आँपको बगैंचामा झरेको पात दाउरा बटुली जम्मा गर्दै रहेको अवस्थामा एकरहिया गा.पं.वार्ड नं.४ गमरिया बस्ने प्रल्हाद मौवार १ ऐ.बस्ने कामेश्वर मौवार १ समेत २ जना पुगी बहिनी दुखियालाई पक्री भुँईमा पछारेको देखी फुलेश्वरी भागी गाउँमा आई सो कुरा भन्दा म समेतका गाउँलेहरू सो ठाउँमा पुग्दा निज अपराधीहरू भागिसकेको र बहिनी बेहोस भई लडिरहेको अवस्था भगबाट रगत बगी रहेकोले बेहोस अवस्थामा उठाई पिप्रा हेल्थ (२४३) पोष्टमा उपचार गरी भोलिपल्ट चैत्र ४ गते होसमा आएको बेला निजसँग सोधपुछ गर्दा प्रल्हाद मौवार र कामेश्वर मौवारले जबरजस्ती करणी गरेको कुरा बताएकाले अपराधबारे जाहेर गर्न आएको भन्ने व्यहोराको सीताराम महतो नानियाको जाहेरी दरखास्त । ३. प्रल्हाद मौवार र कामेश्वर मौवार समेत २ सो ठाउँमा अचानक पुगी दुवैजनाले मलाई पक्री भुइँमा उत्तानो पारी लडाए कराउन खोज्दा घुँडाले दुवै हात थिची एक हातले मुख थुनी दियो र प्रल्हादले मलाई छटपटाउनसम्म नदिई मलाई करणी गरेपछि सोही थलामा कामेश्वरले समेत मेरो योनीमा लिंग पसाए पछि बेदना सहन नसकी म बेहोस भएँछु र निज दुवैजना भागेछन् । भोलिपल्ट मात्र म होसमा आउँदा के भो भनी दाजुले सोद्धा लेखिए बमोजिम मलाई करणी गरेको कुरा बताएको छु । अपराधीहरूले मलाई जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत दुखियाको प्रहरीमा भएको कागज । ४. जोहरीमा लेखिएको मिति समयमा दुखिया र म प्र.पं.दामोदर मौवारको बगैचामा आँपको पात बटुल्दै गरेको अवस्था मैले नचिनेका २ जना केटा आई किन पात बटुल्छौ भनी दुखियालाई पक्री हप्की दप्की गर्न लागे म डरले भागी गाउँमा गई कराएपछि जाहेरवाला समेत बगैंचा तर्फ आएका थिए करणी गरेको मैले देखिन भन्ने समेत फुलेश्वरीले प्रहरीमा गरेको कागज । ५. ०३३।१२।३ का दिन प्र.पं.दामोदरको बगैंचामा झरेको पात बटुल्न लाग्दा २ जना केटाहरू आई दुखियालाई कुटपिट गर्दैछन् भनी रामहद्धायाको छ