निर्णय नं. ६२३९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३९ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/08/05 ३९८८ निर्णय नं. ६२३९ ने.का.प. २०५३ अङ्क ८ विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको रिट नं. ..... २५१८ आदेश मितिः २०५३।८।२०।५ विषयः उत्प्रेषण । रिट निवेदकः पूर्व १ नं. काभ्रे जिल्ला खोपासी गा.वि.स. वार्ड नं. ४ वस्ने महन्त रामचन्द्र भारती । विरुद्ध विपक्षीः श्री संसद सचिवालय सिंहदरवार । श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय । श्री ५ को सरकार, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय । श्री ५ को सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय । § गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुंदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भै संस्थान स्वयंले वन्दोवस्त र संचालन गरी आएको गुठी जग्गालाई राजगुठी र गुठीको पर्व पुजा इत्यादि दानपत्र लिखत वमोजिम काम चलाई वांकी रहेको शेष कसर वा सलामीसम्म राजगुठीमा वुझाउनु पर्ने वा त्यस्तो गुठी चलाउनेले शेष कसर खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै श्री ५ को सरकारमा वुझाउनु पर्ने मालपोत वा तिरो वुझाउनु पर्ने दायित्वबाट छुट पाएको गुठीलाई छुट गुठी मानिने कानूनी प्रावधान रहेको पाइन्छ । उक्त प्रावधानबाट नेपाल अधिराज्यको विभिन्न भागमा छरिएर रहेका राजगुठीहरुलाई सुव्यवस्थितरुपले संचालन गर्न नै गुठी संस्थानको स्थापनाको उद्देश्य रहेको देखिन्छ । तसर्थ राजगुठीमा परिणत भएका छुट गुठी र निजी गुठीको दानपत्र, लिखत र परम्परा वमोजिम पर्व पुजा इत्यादि नरोकिने र धर्मलोप नहुने गरी वन्दोवस्त र संचालन गर्नु गराउनु पर्ने गुठी संस्थानको कर्तव्य तोकिएको छ । निजी गुठीको हकमा दफा २० वमोजिम कुनै निजी गुठीको दाता समेत सवै वा अधिकांश गुठियारले त्यस्तो गुठीको हक दायित्व संस्थानले नै वेहोर्ने गरी संस्थानबाट वन्दोवस्त र संचालन हुन लिखित अनुरोध गरेमा मात्र संस्थानले त्यस्तो निजी गुठीलाई आफ्नो हक दायित्वमा लिई वन्दोवस्त र संचालन गर्न पाउंछ अन्यथा नपाउने । (प्र.नं. १३) § प्रचलित कानूनका अधीनमा रही प्रत्येक नागरिकले सम्पत्ति आर्जन गर्न भोग गर्न वा अन्य कारोवार गर्न पाउने गरी उपयोग गर्न पाउने हुन्छ । त्यस्तै हरेक नेपाली नागरिकलाई प्रचलित परम्पराको मर्यादा राखी आ-आफ्नो धर्मको अवलम्वन र अभ्यास गर्ने स्वतन्त्रता प्रदान गरिएको छ । हरेक धार्मिक सम्प्रदायलाई आफ्नो गुठीको संचालन र संरक्षण गर्ने हक हुन्छ । यसबाट राजगुठी र छुट गुठीको सम्वन्धमा गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै गुठी लगतमा दर्ता भै सकेको राजगुठी र छुट गुठीलाई संस्थानले वन्दोवस्त र संचालन गर्न पाउंछ । निजी गुठीको हकमा गुठियारहरुका लिखित अनुरोधमा मात्र संस्थानले धर्मलोप नहुने गरी सम्वन्धित निजी गुठीको दानपत्र लिखत वमोजिम कार्य संचालन गर्न पाउने प्रष्ट व्यवस्था गरिएको छ । तसर्थ गुठियारको मंजूरी नभए गुठी संस्थानले हस्तक्षेप गर्न पाउने नदेखिने । (प्र.नं. १४) § नेपालको संविधान, २०१९ को धारा १६ मा संवैधानिक उपचारको हकको व्यवस्था रहेको पाइन्छ । उक्त धारा १६ ले मौलिक हकको प्रचलनको लागि धारा ७१ वमोजिम सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत आवश्यक आज्ञा आदेश वा पूर्जि जारी गर्ने अधिकारको कानूनी प्रावधान रहे भएको देखिन्छ । तसर्थ