निर्णय नं. १६६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/२६ २३८७ निर्णय नं. १६६६ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १६८१ आदेश भएको मिति : २०४०।५।२६।१ मा निवेदक : का.न.पं.वडा नं.११ थापाथली बस्ने भक्तिलाल श्रेष्ठ समेत विरूद्ध विपक्षी : जग्गा नाप जाँच ऐन, २०१९ को दफा ११(ख) अन्तर्गत प्र.जि.अ.को अध्यक्षतामा गठित समिति मुकाम जिल्ला कार्यालय काठमाडौं डिल्लीबजार समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदकको जिकिरबाट हक बेहकको प्रश्न उपस्थित भएको देखिँदा समितिलाई निर्णय गर्ने अधिकार नभएको । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर (२४८) विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी समितिको ०३७।९।१९ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३९।१।१० मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य एवं जिकिर : का.न.पं.वडा नं.२१ कि.नं.१८१५ को घर मध्ये जमीन तलाको ०–०–१–२ घर पसल मध्ये म आनन्दलालको १० आना र म भक्तिलालको ६ आना हक भएकोले ०३८।७।२२ मा ज.ध.प्र.पूर्जा पाएका थियौं । ३. हामीहरूको हक भोगचलन दर्ताको उपरोक्त घर पसल जग्गामा म समेतको ६ खण्डको १ खण्ड हक लाग्ने हुँदा सोही बमोजिम हक कायम दर्ता गरिपाउँ भनी माणिकलाल समेतले २ नं.सर्भे नापी टोली ३ नं.नापी गोश्वारामा उजूरी दिई कारवाही चल्दा उक्त कि.नं.१८१५ आनन्दलाल भक्तिलालको नाममा सगोल दर्ता भइसकेको क्षेत्रीय किताबबाट देखिएकोले हक कायम गर्न ऐनको म्यादभित्र जिल्ला अदालतमा नालेस गर्न जानु भनी माणिकलाल समेतलाई ०३७।४।२७ मा सूचना दिइएकोमा निज माणिकलाल समेत कसैले पनि अदालतमा नालेस गर्न जानुभएन । पुनः माणिकलालले २०३७।६।२।५ मा ३ नं.नापी गोश्वारामा उही विषयको निवेदन गर्नुभएको रहेछ । माणिकलालको उजूरीबाट कारवाही चली पेश हुनआएको १९८४।१।६ को नं.२५६ को छोडपत्रमा पाटी भत्केबिग्रेमा तिमीहरूबाट खर्च लगाई हामीहरूको दत्त थामी पसल थापी बास बस्न आउनेहरूलाई राखी तिमीहरूको सन्तान दरसन्तान पर्यन्त बस्नु भन्ने उल्लेख भएकोले कि.नं.१८१४, १८१५, १८१६ को भइसकेको दर्ता बदर गरी दिने उपरोक्त व्यहोरा क्षेत्रीय किताबमा जनाई दिने भनी ०३७।९।१० गते निर्णय भएको मिति ०३८।११।१८ गते नक्कल लिँदा थाहा भयो । ४. हामीहरूको नाउँमा नापी भई मोठ लगतमा हाम्रो नाउँमा दर्ता भई ज.ध.द.प्रमाणपूर्जा पाइसकेको । हामीहरूको दर्ता ज.मी.को १८ नं.ले दर्ता बदर खिचोलामा मुद्दा चली अदालतले बाहेक विपक्षी प्रशासकीय निकायले बदर वातिल गर्नसक्ने कुनै अधिकार छैन । कसैको उजूर नपरी नापीको अवस्था गुज्रिई हामीहरूको नाउँमा दर्ता भइसकेको अवस्था आफ्नो अधिकार कार्यक्षेत्र बाहिर परिसकेको कुरामा विपक्षी समितिले कारवाही निर्णय गर्नु अनाधिकृत हुँदा विपक्षी समितिले हामीहरूको दर्ता बदर गर्ने गरी गरेको ०३७।९।१९ को निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ । ५. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई गर्नु भन्ने यस अदालतको ंिसंगलबेञ्चको मिति ०३९।१।१२।१ को आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ यस प्रकार छन् । ६. समितिबाट ०३९।९।१९ मा दर्ता बदर गर्ने (२४९) निर्णय भएपछि सो निर्णय क्षेत्रीय कित