निर्णय नं. १६६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६६७ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१० २३६० निर्णय नं. १६६७ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ७६६ आदेश भएको मिति : ०४०।५।१०।६ मा निवेदक : सिराहा जिल्ला रामपुर गा.पं.साविक वा.नं.७ हाल वा.नं.६ बस्ने ब्रह्मदेव यादव विरूद्ध विपक्षी : ऐ.ऐ.वा.नं.४ बस्ने गर्भुउराव घागर, भूमिसुधार अधिकारी, भू.सू.का.सिराहा विषय : उत्प्रेषण (१) वादीले पाएको मोहियानी हकको प्रमाणपत्र कायम रहेसम्म प्रतिवादीले लिएको जिकिर कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दमन ढुङ्गाना र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बासुदेव शर्मा १. भूमिसुधार कार्यालय सिराहाको मिति ०३९।३।१६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६–७१ बमोजिम प्रस्तुत निवेदन पर्नआएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य एवं निवेदन जिकिर निम्न बमोजिम छ । सिराहा जिल्ला करजनहा गा.पं.वार्ड नं.३(ख) कि.नं.४० को ०–१६–१० जग्गा अदालतका फैसला समेतबाट ०३५।३।१२ मा रजिष्ट्रेशन पास गराई लिएकोमा आफ्नो आँतबलले कमाई आएकोले कुनै खिचोला थिएन । उपरोक्त जग्गा र अन्य जग्गाधनी हजारी ठाकुरको कि.नं.७८ मध्ये हाल कायम भएको कि.नं.३४५ को ०–३–१० समेतमा ०३८।७।८ को बिहान हटक गरी दिएकोले भू.सु.ऐनको दफा ३२ बमोजिम सजाय गरिपाउँ भनी विपक्षले भू.सु.का.मा उजूर गरेकोमा मलाई म्याद आएकोले विपक्षी मेरो मोही होइन थिएन भनी बयान गरे । हजार ठाकुरले पनि इन्कारी जनाए । ३. मिति २०३९।३।१६ मा भूमिसुधार अधिकारीले कि.नं.४०।७८ को जग्गामा वादीले मोहियानी प्रमाणपत्र पाएको र श्रेस्ता उतारमा साविक ज.ध.को श्रेस्तामा उर्भु उरायको नाम मोही महलमा जनिएकोले प्रतिवादीहरूले बेदखल गरेको होइन भन्न नमिल्ने हुँदा प्रतिवादीहरूलाई जनही रू.२। का दरले जरिवाना गर्ने ठहराई निर्णय गर्नुभयो । ४. विपक्षीले नियम ३ अनुसार १ नं.मोही लगत (२५१) गरेको छैन । नियम ६ अनुसार मोही लगत प्रकाशित भएको छैन । ४ नं.जो.अ.नि.विपक्षीले पाएको छैन कबुलीयत हुनुपर्ने पूर्वावस्था पनि छैन । सगोलको व्यक्ति मोही कायम हुनसक्दैन भनी सिद्धान्त प्रतिपादित भएको छ । विपक्षी मेरो दाताको भाइ भएको हुँदा जग्गावालाकै हैसियत हक प्राप्त व्यक्ति हुन् । उक्त जग्गा २०३३।५।५ मा मलाई राजीनामा गरी दिँदा मोही नभएको जग्गा भनी उल्लेख भएको र साक्षी पनि बसेको छ । विपक्षीले मलाई कूत बुझाएको भए भरपाई हुनुपर्ने सोसमेत नहुँदा यस सम्मानित अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएको छु । विपक्षीको नाउँको गैरकानुनी स्थायी प्रमाणपत्रको साथै अधिकारीज्यूको २०३९।३।१६ को निर्णय बदर गरी मेरो हक प्रचलन गरिपाउँ भन्ने समेतको निवेदन जिकिर । ५. यसमा केकसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिड्डलबेञ्चको २०३९।४।२४ को आदेश । ६. सिराहा जिल्ला करजनाहा गा.पं.वडा नं.३(ख) कि.नं.४० को ०–१६–१० र कि.नं.३४५ को ०–३–१० जग्गा समेतका भिसरी उरावको जग्गाहरू मैले कमाउँदै आएको थिएँ, भू.सु.ऐन लागू भएपछि मोहीयानी हकको स्थायी प्रमाणपत्र प्राप्त गरेको थिएँ । ०४० सालमा सर्भे नाप नक्सा हुँदा म जोताहा किसान मोही रहेको जनाई नापी समेत भ