निर्णय नं. १६६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६६८ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/०२ २२९० निर्णय नं. १६६८ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नं. ८५७ आदेश भएको मिति : २०४०।५।२।५ मा निवेदक : जिल्ला कास्की देउराली गा.पं.वार्ड नं.२ देउराली फेदी बस्ने पृथ्वीमान जोशी विरूद्ध विपक्षी : श्री गण्डकी अञ्चलाधिशको कार्यालय पोखरा समेत (२५३) विषय : उत्प्रेषण (१) अधिकार प्राप्त निकायबाट नभएको मिलापत्रलाई कानुन बमोजिमको मिलापत्र भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी गा.पं.ले ०३९।३।३१ मा गराएको मिलापत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत निवेदन पर्नआएको छ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : विपक्षी पुष्पराज समेतले मेरो खेतबाट कुलो खनी रोपेको रोपा समेत उखाली पानी लान नदिई हाम्रा १८ भाइले मारी पुरी दिन्छौ भनी कुटपिट गरी कूलो अशान्ति गरी मार्न लागेकोले जिउधनको सुरक्षा गरिपाउँ भनी विपक्षी अञ्चलाधिश कार्यालय समक्ष निवेदन दिएकोमा दुबै थर मिले मिलाई दिने नमिले दुबै थरलाई तारेख तोकी पठाई दिने भन्ने व्यहोराको आदेश विपक्षी गा.पं.लाई दिनुभयो । विपक्षी गा.पं.कार्यालयले कुनै तथ्य ठहर नगरी मेरो हुलाके बगर खेतबाट विपक्षी पुष्पराज समेतले पानी लैजान पाउने गरी जथाभावी तरीकाबाट ०३९।३।३१ मा मिलापत्र गराइयो । ३. आफ्नो क्षेत्र अञ्चल भरमा शान्ति सुरक्षा कायम राख्नुपर्ने दायित्व विपक्षी अञ्चलाधिशज्यूलाई कानुनले तोकेको छ । यस्तो अवस्थामा उक्त आदेश दिनमिल्ने होइन । शान्ति सुरक्षा सम्बन्धमा केही निर्णय गर्ने तथा कूलो सम्बन्धमा मिलापत्र गराउने अधिकार विपक्षी गा.पं.लाई छैन । मैले गा.पं.मा निवेदन दिएको पनि छैन । जिकिर भन्दा बाहिर गई मिलापत्र गराउन मिल्दैन । (२५४) आफ्नो क्षेत्राधिकार नाघी गा.पं.ले विभिन्न विपक्षीहरूलाई रोहवरमा राखी गराइएको उक्त ०३९।३।३१ को मिलापत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई कानुन बमोजिम शान्ति सुरक्षा गर्नु भनी विपक्षी अञ्चलाधिशको कार्यालयका नाममा परमादेशको आदेश समेत गरिपाउँ भन्ने समेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०२९।५।१६ को आदेश । ५. रिट निवेदकको निवेदन यस कार्यालयमा पर्न आएपछि अशान्ति नहोस आपसमा मेलमिलाप होस भनी स्थानीय गा.पं.मा पठाइएको हो । पछि दुबै थर मिल्न मञ्जूर गरी ०३९।३।३१ मा मिलापत्र गरेको हुँदा शान्ति कायम भएको देखिन आयो । अन्य कुरा मिसिलबाट अवगत गर्नु हुन सम्मानित अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने समेत गण्डकी अञ्चलाधिशको कार्यालयको लिखितजवाफ । ६. प्रस्तुत कूलोको विषयमा म नित्यराम र निवेदक पृथ्वीमानको झगडा चली २०२०।६।३ मा नै मिलापत्र गर्दा निवेदकले हक छोडी सकेको छ । यस्तो हक नभएको कूलोको सम्बन्धमा जबरजस्ती गरे भनी अञ्चलाधिश कार्यालयमा दिनुभएको निवेदनमा भइआएका आदेश बमोजिम गाउँघरका पञ्च भलाद्मी बसी निवेदक पृथ्वीमानको हकै नभए पनि एकै गाउँघरमा बस्नुपर्ने हुँदा उक्त कूलोबाट पानी पाउने गरी ०३९।३।३१ गते दुबै थरको मञ्जूरीबाट मिलापत्र भएको हो गा.पं.ले निर्णय गरेको नभई दुबै थरको मञ्जूर