निर्णय नं. ६२४० - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४० - उत्प्रेषणसमेत भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/08/06 ३१७२ नि.नं. ६२४० ने.का.प. २०५३ अङ्क ८ पुर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्र राज नाख्वा संवत् २०५१ सालको रि.पु.इ.नं. .... ६२ आदेश मितिः २०५३।८।२१।६ विषयः उत्प्रेषण समेत । निवेदकः ल.पु.जि.ल.पु.न.पा. वडा नं. १२ थैना टोल वस्ने वर्ष ४१ को डा.काश्यप नरसिंह शाक्य विरुद्ध विपक्षीः त्रि.वि.सेवा आयोग, केन्द्रीय कार्यालय किर्तिपुर । त्रि.वि. कार्यकारी परिषद, केन्द्रीय कार्यालय किर्तिपुर । त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, केन्द्रीय क्याम्पस, महाराजगंज काठमाण्डौमा हाल कार्यरत डा. लक्ष्मण प्रसाद श्रेष्ठ । § कानून नियम वमोजिम विज्ञापित पदमा उम्मेदवार हुन दरखास्त दिने र अन्तरवार्तामा सम्मिलित भई समान रुपमा प्रतिस्पर्धामा भाग लिई नियुक्ति पाउने हक निवेदकले पनि राख्दछ। यदि कानून नियमले अयोग्य रहेको व्यक्तिसंग प्रतिस्पर्धामा भाग लिन पर्ने अवस्थामा परिन्छ भने सम्मिलित अन्य उम्मेदवारहरुको हकमा आघात पूर्‍याउने कार्य भएको भन्नू पर्ने हून्छ । यस्तो अवस्थामा त्यस्ता उम्मेदवारले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को समानताको हकको विपरित भई धारा १२ को उपधारा २ को खण्ड (ङ) द्वारा प्रत्याभुत स्वतन्त्रतामा आघात पूर्‍याएको भनी आफ्नो हकको संरक्षण तथा प्रचलनका लागि यस अदालतको असाधारण अधिकार क्षेत्र गूहार्न रिट निवेदन दिन नपाउने भन्न नमिल्ने । (प्र.नं. १४) § विपक्ष डा.लक्ष्मण श्रेष्ठ योग्यतानै नपुगेको व्यक्तिको दरखास्त स्वीकार गरी अन्तरवार्तामा सम्मिलित गरी निवेदकसंग प्रतिस्पर्धा गर्न लगाई निजलाई नियुक्तिको सिफारिश गरेबाट हक हनन् भयो भनी यस अदालतमा रिट निवेदन दिन पाउने हक नभएको भन्न मिलेन । निवेदकको निवेदन जिकिर संविधान र कानूनसंगत हुने नहुने निर्णय हुंदा ठहर हुने । (प्र.नं. १४) § त्रि. वि. शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम, २०५० को नियम ३ ले यो नियमको प्रयोग गर्दा प्रयोग गर्नेले गरेको व्याख्याबाट कसैलाई मर्का परेमा निजले कार्यकारी परिषद समक्ष निवेदन दिन सक्नेछ भनिएको छ । नियम भन्नाले नियम अन्तर्गतका विनियमलाई समेत लिन सकिने नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० ले पनि प्रष्ट गर्दछ । उक्त नियम अन्तर्गतकै त्रि. वि. सेवा आयोगको शिक्षकहरुको नियुक्ति वढुवाको लागि सिफारिश गर्ने आधारहरु सम्वन्धी कार्यविधि र न्युनतम योग्यता २०५१ रहेको र नियमको ९३ ले सेवा आयोगलाई त्रि. वि. सेवाको परिक्षामा सम्मिलित हुन चाहने उम्मेद्वारहरुको शैक्षिक योग्यता वा वढुवाका शर्तहरु निर्धारण गर्ने अधिकार रहेको देखिन्छ । सेवा आयोगको लिखित जवाफबाट डा.लक्ष्मण प्रसाद श्रेष्ठले भरेको आवेदन फारामबाट २ वर्षको सम्वन्धित क्षेत्रको अनुभव भएको देखिएको भनी उल्लेख गरेको देखियो । यसबाट सेवा आयोगले डा.लक्ष्मण प्रसादको अनुभवलाई मान्यता हुने गरेको देखिन्छ । यस्तो व्याख्याबाट मर्का परेमा कार्यकारी परिषदमा निवेदन दिन सकिने तर निवेदन दिएको देखिएन । यसको अतिरिक्त त्रि. वि. वि. सेवा आयोगको उल्लेखित प्रकाशित योग्यता हेर्दा चिकित्साशास्त्र अध्ययन संस्थान तर्फ प्राध्यापक र सहप्राध्यापकको लागि तोकिएको न्युनतम शैक्षिक योग्यतामा प्राध्यापकको लागि एम. वि. वि. एस. वा सो सरह उत्ति