निर्णय नं. ६२४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४१ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2052/10/18 २६९५ निर्णय नं. ६२४१ ने.का.प. २०५३ अङ्क ८ विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय संवत् २०५० सालको रिट नं. ....३३७५ आदेश मितिः२०५२।१०।१८।५ विषयः उत्प्रेषण । रिट निवेदकः ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. २ बस्ने वर्ष ५१ की श्रीमती निनीमाया महर्जन । विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय मुकाम सिंहदरवार काठमाण्डौ । श्री ५ को सरकार, खानी तथा भुगर्भ विभाग मूकाम लैनचौर काठमाण्डौ । श्री ५ को सरकार, आवास तथा भौतिक योजना मन्त्रालय, सिंहदरवार । नेपाल खानेपानी संस्थान मुकाम त्रिपुरेश्वर । जिल्ला प्रशासन कार्यालय, ललितपुर, लक्ष्मी निवास ललितपुर । § खनिज नियमहरु, २०१८ को नियम २५(१) खानी ऐन, २०३३ को दफा १३ संग वाझिएको भन्नु मात्र पर्याप्त हुंदैन । यो यस किसिमले वाझिएको छ भनी आधार र कारण खोली प्रष्टसंग दर्शाउन सक्नु पर्ने । (प्र.नं. १२) § जनहित र सार्वजनिक हित भन्ने शव्दावलीमा मात्र भिन्नता भएको वास्तविक अर्थमा भिन्नता नभएको र स्वच्छ खानेपानी सार्वजनिक स्वास्थ्यकै एक अंग भएकोले उक्त नियम २५ (१) मा जनहितका लागि ठेक्का समाप्त गर्ने व्यवस्था भएकै देखिएकोले खानेपानी योजना जनहितका लागि हैन भन्न मनासिव नहुंदा खनिज नियमहरु, २०१८ को नियम २५(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) (ङ) संग वाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन सक्ने अवस्था नदेखिने । (प्र.नं. १२) § कानून वमोजिम नविकरण नै हुन नसकेको इजाजतपत्रवाट इजाजत पत्रको वैधता कायम हुन सक्ने अवस्था र स्थिति विद्यमान नरहेकोले श्री ५ को सरकारले निवेदकको ठेक्का तोड्ने भनी गरेको मिति ०५०।१।१४ को निर्णय र सो अनुसार भए गरिएका काम कारवाहीवाट रिट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२)(ङ) १६, १७ द्वारा प्रत्याभूति गरिएको मौलिक हकमा समेत वन्देज लाग्न गयो भनी भन्न सकिने अवस्था विद्यमान नहुने । (प्र.नं. १२) रिट निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती विद्वान अधिवक्ता श्री वच्चूसिंह खड्का अबलम्बित नजिरः आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको सविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्थ, एवं ठहर यस प्रकार छ । २. म निवेदकले मेरो परिवार समेतको नाउंमा रहेको ल.पु.जि.झरुवा खस्ती गा.वि.स १ स्थित जग्गामा ढुंगा खानी संचालन गर्न खानी तथा भू-गर्भ विभाग निवेदन दिएकोमा सो विभागले म निवेदकलाई खानी संचालन गर्ने सक्ने भनी योग्य ठहराई मिति २०४८।५।२१ मा योग्यताको प्रमाणपत्र प्रदान गरेको थियो । त्यसै सिलसिलामा ढुंगा खानी संचालन गर्न श्री ५ को सरकारले स्वीकृत गरी म निवेदकलाई खानी खोल्ने प्रमाण पत्र मिति २०४८।१०।१३ मा प्रदान गर्यो । ढुंगा खानी संचालन गर्ने मिसिनरी औजार खरिद, घरटहरा निर्माण वाटो बनाउने आदी कार्य गरी पुर्वाधार तयार गर्न हासम्म मेरो करिव ७,७०,०००। समेत खर्च भैसकेको छ । यो सवै पुर्वाधार तयार गरि खानी संचलान गरिरहेको अवस्थामा नेपाल खाने पानी संस्थानले मलाई ढुंगा खानी झिक्ने कार्य तुरुन्त वन्द गर्नु भनी पत्र दिइयो । ल.पु.जि.प्र.का. ले पनि अर्को आदेश नभएसम्मको