निर्णय नं. ९२०४ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०४ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०३/२४ ५५५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की आदेश मिति : २०७०।३।२४।३ ०६९-WO-०३१८ विषय : उत्प्रेषण/परमादेश । निवेदक : धादिङ जिल्ला, किरान्चोक गाउँ विकास समिति वडा नं. ९ किरान्चोक घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३६ को शालिकराम जमकट्टेल विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत § विशुद्ध आपराधिक प्रकृतिको प्रस्तुत रिट निवेदनसँग सम्बन्धित ज्यान मार्ने उद्योग मुद्दा सरकारबाट कुनै उचित आधार र कारणबेगर नै फिर्ता लिने निर्णय गरिएको देखिँदा प्रतिपादित नजिर सिद्धान्तको विपक्षी नेपाल सरकारबाट स्पष्ट उल्लङ्घन हुन गएको अवस्था देखिने । (प्रकरण नं. २०) § आफैँले चलाएको मुद्दामा प्रतिवादी फरार भई न्यायिक प्रक्रियामा असंलग्न रहने वा त्यसबाट भाग्न उम्कन कोशिस गरिरहेकै बेला एवम्‍ सरकारवादी फौजदारी मुद्दा दायर गर्ने वादीको भूमिकामा रहेको सरकारले मुद्दा फिर्ता लिने निर्णय लिन्छ भने त्यस अवस्थामा मुद्दा चलाउने सरकारी निर्णयउपर नै प्रश्न उठाउने अवस्था आउन सक्छ । यस्तो दोहोरो मापदण्ड अपनाउन सरकारको निमित्त सुहाउने कुरा हुँदैन । सरकारले मुद्दा चलाउँदा वा फिर्ता लिँदाको अवस्थामा समेत हमेशा स्वच्छता (Fairness) को प्रत्याभूति दिइरहनुपर्ने । § बाध्यकारी प्रभाव वा आकर्षण वा आन्तरिक स्वार्थ संयोजनको कारणले कानूनबमोजिम मुद्दा चलाई विचाराधीन रहेकै अवस्थामा त्यसको स्वभाविक न्यायिक परिणाममा पुग्न नदिई हस्तक्षेपकारी सोचका साथ स्वयम्‍ जिम्मेवार कार्यकारी निकायले अदालतले मुद्दा फिर्ता सम्बन्धमा अपनाउनुपर्ने गरी विकास गरेको सामान्य सिद्धान्त एवम्‍ मार्गदर्शनको विपरीत अपवादात्मक शैली अपनाउँछ भने सरकारले मुद्दा चलाएका अन्य प्रतिवादीहरूले सरकारी अभियोजनको वाञ्छनीयता र स्वीकार्यता जोखिममा पर्न जाने । (प्रकरण नं. २८) § मुद्दा फिर्ता लिनेसम्बन्धी प्रचलित कानून एवम्‍ यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल रहेको निर्णय कायम रहन नसक्ने भई उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २९) निवेदकको तर्फबाट : विद्वान्‍ अधिवक्ताद्वय रमेश बडाल र युवराज लुईटेल विपक्षीको तर्फबाट : विद्वान्‍ सहन्यायाधिवक्ता किरण पौडेल अवलम्बित नजिर : § नेकाप २०६९, अङ्क ३, नि.नं. ८७८९, पृष्ठ ४४२ § नेकाप २०६९, अङ्क ५, नि.नं. ८८२८, ७४३ § नेकाप २०५१, अङ्क ७, निर्णय नं. ४९४०, पृष्ठ ५०४ सम्बद्ध कानून : § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २९ § सरकारवादी फौजदारी मुद्दाहरू फिर्ता लिने सम्बन्धमा अपनाउनुपर्ने नीतिगत मापदण्ड र कार्यविधि, २०५५ आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र ठहर देहायबमोजिम छ : तथ्य खण्ड : रिट निवेदकको सङ्क्षिप्त रिट निवेदन व्यहोरा : म निवेदकलाई विपक्षीमध्येका रमेश भन्ने तारानिधि पन्तको योजना र निर्देशन अनुसार ईन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्की भई मिति २०६८/५/१० गते साँझ अं. ६.४५ बजेको समयमा फोन गरी काठमाडौं जिल्ला, महानगरपालिका वडा नं. ११ बबरमहलमा बाटोसम्म बोलाई पीछा गरी एक्लै भएको अवस्