निर्णय नं. १६७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१३ २२९२ निर्णय नं. १६७० ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १७६५ आदेश भएको मिति : २०४०।५।१३।२ मा निवेदक : जिल्ला मोरङ्ग दादर वैरिया गा.पं.वार्ड नं.४ बस्ने गिरीनिधी पन्त विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय मोरङ्ग समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५३ ले यस प्रकारको मुद्दामा विशेष अदालत ऐन अन्तर्गतको कार्यप्रणाली अपनाई न्यायिक मन प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल (२५९) आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी कार्यालयको ०३८।७।२६ को टिप्पणीं आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. संक्षिप्त तथ्य एवं जिकिर यस प्रकारको छ : जिल्ला मोरङ्ग दादरवैरिया गा.पं.वार्ड नं.२क कि.नं.४४ को शिवनारायण योगनारायणका नाउँको ज.वि.१–१५–० मध्ये १–०–० मिति ०३०।२।१८ मा रजिष्ट्रेशन गरी लिएकोबाट कित्ताकाट हुँदा कि.नं.२७७ भई मेरा नाममा नामसारी दर्ता भई प्रमाणपूर्जा लिँदा मोहीको महल खाली थियो मैले नै भोगी आएको थिएँ विपक्षी केबिया सरदारनीले उक्त साविक कि.नं.४४ को ज.वि.१–१५–० पति मोलकी सरदारले मोहियानीमा कमाई आएको पति ०३१ सालमा परलोक भएकोले मैले नै जोती आएकी छु । भूलबाट भोला बातर भएकोले सच्याई मोहीको प्रमाणपत्र पाउँ भनी निवेदन दिएकोमा मलाई बुझ्दा मैले किनेदेखि आफैं जोती आएकी छु भन्ने समेत बयान गरेको थिएँ मोलकी सरदार ०३० सालमा परलोक भएको हुँदा निजकी स्वास्नीका नाममा नामसारी गरिदिने भनी विपक्षी कार्यालयबाट मिति ०३८।७।२६ मा निर्णय भएछ । ३. मैले प्राप्त गरेको प्रमाणपत्र पूर्जामा मोहीको नाम छैन । जग्गा मैले आफैंं जोती आएको छु । अधिकार नभएका व्यक्तिबाट राय व्यक्त भएको टिप्पणींमा सदर मात्र भनी कुनै आधार नै उल्लेख नगरी निर्णय भई लागू गरिएको छ । भूमिसम्बन्धी ऐनको दफा २६ अनुसार जग्गावालाले पत्याएकोमा मात्र प्राप्त हुने व्यवस्था छ । विपक्षीको पतिको नाम नै मिलेको छैन । विपक्षी कार्यालयबाट ध्यानै नदिई प्रशासकीय निर्णय जस्तो निर्णय गरिएको छ । गाउँ पञ्चायतले गरेको सरजमीनलाई प्रमाणमा लिइएको कानुन प्रतिकूल छ । तसर्थ विपक्षी कार्यालयको ०३८।७।२६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।२।१४ को आदेश । ५. मोहियानी सम्बन्धि विवादमा निरोपण गर्ने अधिकार भूमिसुधार अधिकारीलाई छ । सरजमीन समेत गरी पूर्ण छानबिन गरिएको छ । भूमिसम्बन्धी ऐनको परिप्रेक्ष्यमा प्रमाण ऐनको दफा १८ अनुशरण गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था छैन । निवेदकले भूमिसुधार कार्यालयमा मलाई पत्याउँदिन अरूलाई पत्याउँछु भनी बयान गर्नुभएको छ मेरा अरू सन्तान नै छैनन् । सो कुरा लुकाई दफा २६ को प्रतिकूल भयो भन्न मिल्ने कुरा होइन । तसर्थ निवेदन खारेज गरिपाउँ भन्ने समेत केबिया सरदारनीको लिखितजवाफ । ६. १ नं.लगत भरी २ नं.प्रकाशित अनुसूची तथा ४ नं.को जोता