निर्णय नं. १६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/२७ २२३८ निर्णय नं. १६७१ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १८५५ आदेश भएको मिति : २०४०।५।२७।२ मा रिट निवेदक : महन्थ सीताराम दास स्वर्गीय भाइ निजको हक खाने शिष्य जि.सर्लाही सन्तपुर गाउँ पञ्चायत वार्ड नं.७ बस्ने राजेश्वरदास वैष्णव विरूद्ध विपक्षी : ऐ.ऐ.वार्ड नं.४ बस्ने विलास राय यादव समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) रीतपूर्वक कायम भइरहेको मोही लगत कट्टा गर्न भूमिसम्बन्धी ऐन, २०२१ मा वर्णित प्रकृयाद्वारा मात्र हुनसक्ने हुँदा सो बेगर कानुन बमोजिम कायम भइरहेको मोहीको लगत कट्टा गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२६२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह १. मिति २०३९।२।८ को भूमिसुधार कार्यालय सर्लाहीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षप्त तथ्य र निवेदन जिकिर यस प्रकार : विपक्षी विलास राय यादवले जि.सर्लाही सन्तपुर बसन्तपुर गा.पं.वार्ड नं.२(क) कि.नं.८ को १–८–१० सिम ऐ.बस्ने लक्ष्मी राय यादवले ऐ.वार्ड नं.२(ख) कि.नं.८५ को १६ दोयम ऐ.ऐ.कि.नं.८६ को –२–४ दोयम ऐ.बस्ने असिन मियाँ मोही भएको ऐ.वार्ड नं.५(क) कि.नं.१५६ को –१७– सिम विपक्षी हरिनारायण पेजियार मोही भएको ऐ.कि.नं.१५७ को –१८–२–½ दोयम ऐ.कि.नं.१५९ को १–३–१४ दोयम विपक्षी मङ्गल राय यादव मोही भएको ऐ.वार्ड नं.५ क.कि.नं.१६० को –१०–२, १, २ दोयम विपक्षी गणेशी राय यादव मोही भएको ऐ.कि.नं.१५१ को –८– दोयम ऐ.कि.नं.८ख १६३ को —१५–१८ दोयम विपक्षी असिन मियाँ मोही भएको ऐ.वार्ड नं.५ कि.नं.२६३ को –६–३ दोयम विपक्षी सुकदेव यादव मोही भएको ऐ.कि.नं.२९४ को –१५–१० दोयम विपक्षी महाराज राय यादव मोही भएको ऐ.वार्ड नं.५(क) कि.नं.२९५ को –१५–१३ दोयम विपक्षी इब्राहिम मियाँ मोही भएको ऐ.वार्ड नं.८(क) कि.नं.१९९ को १–१–१२,१,२ दोयम विपक्षी भुखन झा ब्राहृमण मोही भएको ऐ.कि.नं.२१० को १–०–१४, १, २ दोयम जग्गामा विपक्षीहरू अनाधिकार मोही लेखिएकोमा महोत्तरी सर्लाही गोश्वाराका आदेशबाट महोत्तरी मालबाट मिति ०२२।८।६ मा सन्तपुर बसन्तपुर गा.पं.बाट रोक्का रहेको र मिति ०३६।६।५ मा फुकुवा दिन भनी सर्लाही मालपोत कार्यालयबाट फुकुवा भएको पत्र मलाई प्राप्त भएको सो बखत मोही कोही नभई ०२३।१२।३० र ३१ गते २ नं.लगत अनुसूची प्रकाश सो पञ्चायातमा हुनगएको सो भन्दा अगावै ०२२ सालमै मठको जग्गा रोक्का भएको रोक्का जिम्मा लिन प्रधानपञ्चले सर्वथा गैरकानुनी तरीकाबाट मोही लेखी दिनुभएकोले मोही कायम हुन नसकी मोही लगत कट्टा गरी निस्काशन समेत गरिपाउँ भन्ने महन्थ मेरा गुरु सीताराम दास वैरागीको भू.प्र.का.परेको निवेदनमा कारवाही हुँदा मुद्दा चल्दाचल्दैको अवस्थामा मिति ०३६।१२।२७ का दिन स्वर्गबास भएको हुनाले म रिट निवेदकले मुद्दा सकार गरेको छु । ३. विपक्षीको दावी झुठ्ठा हो विपक्षीको जग्गा अगाडि देखि नै जोती आएकोले भू.सु.ऐनको दफा (२५) अन्तर्गत हामी मोही भएकोले र जग्गा रोक्का हुनुभन्दा अघि नै मोही भएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको