निर्णय नं. १६७२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६७२ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/२१ २५४१ निर्णय नं. १६७२ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०३९ सालको रिट नं. ७१४ आदेश भएको मिति : २०४०।५।१२।१ मा निवेदक : ललितपुर जिल्ला ललितपुर नगरपञ्चायत वार्ड नं.१४ मङ्गल बजार भीमसेन स्थान बस्ने खड्गबहादुर लाखे समेत विरूद्ध विपक्षी : जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत जि.का.ल.पु.का प्र.जि.अ. श्री इन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा गठित ३ नं.नापी गोश्वारा ल.पु.समिति समेत विषय : उत्प्रेषण (१) हक बेहकको प्रश्न उपस्थित भएमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिले माथिल्लो तल्लामा बसुन्जेलसम्म बस्न दिने व्यहोरा जनाई उक्त कित्ता स्ववासीमा दर्ता गरिदिने भनी गरेको निर्णय अधिकारक्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कालीराज जोशी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल (२६६) आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी समितिको ०३९।१।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : हाम्रो अचल गुठीको ललितपुर शहरी क्षेत्रभित्रको घर जग्गा ३ नं.नापी गोश्वारा ६ नं.नापी टोलीबाट ल.पु.न.पं.वार्ड नं.११ कि.नं.१०१० को क्षेत्रफल ०–१–१–० कायम भई नापी भएकोमा उक्त सत्तलमा विपक्षी सानुमायाका ससुरा माथिल्लो तल्लामा डेरा गरी बसेकोमा तल्लो तल्ला बाबुलाल कपालीलाई त्यसै बस्न दिएको थियो । बाबुलालको छोरा पूर्णमान कपालीले सो घर स्ववासी भनी दर्ता गराएपछि लगत प्रकाशन हुँदा थाहा पाई नापी टोलीमा उजूर गरेका थियौं । त्यस उजूरीको कारवाहीमा टोल सरजमीन हुँदा अधिकांशले सत्तल भनेका थिए । यसै बीच निर्णयको लागि विपक्षी समितिमा पेश हुँदा खड्गबहादुर लाखे समेत गुठी घर भन्ने पूर्णमान कपालीले मेरो स्ववासी घर भन्ने दावा भएकोमा खड्गबहादुर समेतले गुठी हो भन्ने कुनै प्रमाण पेश गर्न नसकेको र सानुमाया कपाली उक्त घरको माथिल्लो तल्लामा बसेको भन्ने देखिएकोले उक्त घरको माथिल्लो तल्लामा सानुमाया कपाली बसुन्जेल बस्न दिने व्यहोरा जनाई उक्त कित्ता पूर्णमानको नाउँमा स्ववासी दर्ता गरी दिने भनी ०३९।१।१७ मा विपक्षी समितिबाट निर्णय भयो । ३. उक्त सत्तलको पश्चिममा रहेको श्रीमणीकुमार मन्दिर जिर्णोद्वार गर्दा परिक्रमा गर्न हुने गर्नलाई सो सत्तलको पश्चिम तर्फको २ फिट भत्काउन गुठी संस्थानबाट मञ्जूरी माग्दा हामी गुठियारले मञ्जूरी दिएका थियौं । पूर्णमानको स्ववासी घर भए हामीले स्वीकृति दिनुपर्ने थिएन र निजले उजूर गर्न सक्नुपर्दथ्यो । निजले सो घर स्ववासी हो भनी कुनै प्रमाण पेश गर्नुभएको छैन। ल.पु.न.पं.मा भएको १९९६ सालको लगतमा पनि सो घर ब्लक नं.५।१३ सत्तल भनिएको छ। विपक्षी समितिले प्रमाणको मूल्याड्ढन गरी बलियो प्रमाण हुनेका नाममा अस्थायी दर्ता गरी अदालतबाट हक कायम गराई आउनु भनी सुनाउनु पर्नेमा पूर्णमानको नाममा दर्ता गर्ने गरेको निर्णय कानुन विपरीत छ । तेरो मेरोको प्रश्नमा निर्णय गर्ने अधिकार विपक्षी समितिलाई नभएकोले अ.बं.३५ नं.ले बद