निर्णय नं. ६२४३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४३ - परमादेश भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/02/03 २६९८ निर्णय नं. ६२४३ ने.का.प. २०५३ अङ्क ८ विशेष इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०४८ सालको रिट नं. .......२१८४ आदेश मितिः २०५३।२।३।५ विषयः परमादेश । निवेदकः तनहु जिल्ला दमौली गा.वि.स. वडा नं. १ बस्ने प्रताप लाल श्रेष्ठ । विरुद्ध विपक्षीः श्री जिल्ला प्रशासन कार्यालय जुम्ला । श्री कृषि विकाश अधिकृत, कृषि विकास शाखा जुम्ला । § अधिकार प्राप्त अधिकारीले सजायको निर्णय आफ्नो न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र.नं. १७) § कानूनले अधिकारै नदिएको छानविन समितिको सिफारीस निर्णयको आधारमा अधिकार प्राप्त अधिकारीले सजायं गर्न नमिल्ने । (प्र.नं. १७) § मिति २०४८।६।४ को निजामती सेवा नियमावलीले कारवाही र सजांय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि निवेदकलाई घटुवा गर्ने गरी सजाय सम्वन्धी निर्णय गर्दा ठहर्‍याउन पर्ने कुराहरु निर्णय दिनेले न्यायिक मन प्रयोग गरी स्वयंमले ठहर्याई निर्णय गरेको भन्न मिल्ने देखिएन । तसर्थ छानविन समितिको सिफारिस निर्णयलाई आधार मानी निवेदकलाई तल्लो पोष्टमा घटुवा गर्ने गरी भएको निर्णय कानूनसम्मत नभई त्रुटीपुर्ण देखिंदा उक्त मिति २०४८।११।११ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १८,१९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरि प्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अबलम्बित नजीरः आदेश न्या.त्रिलोक प्रताप राणाः नेपाल अधिराज्यको संविधान २०४७ को धारा, २३।८८(१)(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. निवेदक २०३९।११।२७ मा कृर्षि विकास शाखा पांचथरको प्राविधिक सहायक पदमा नियुक्त पाई विभिन्न कार्यालयहरु हुदैं मिति २०४६।१२।१ देखि कृषि विकास शाखा जुम्लाको सोही पदमा कार्यरत रहदैं आएको थिएं । ३. म निवेदकले मिति २०३९।११।२७ मा कृषि विकाश शाखा पांचथरको प्राविधिक सहायक (रा.प.अनं.प्र.प्रा)पदमा नियुक्ति पाई त्यसपछि अन्य विभिन्न कार्यालयहरु हुंदै मिति २०४६।१२।१२ देखि कृषि विकास शाखा जुम्लाको सोही पदमा कार्यरत रहंदै आएको थिएं । यस अधि श्री ५ को सरकारको निर्णय अनुसार म निवेदकलाई अध्ययन काजमा पठाइए बमोजिम मिति २०४४।४।२० देखि २०४७।१२।३० सम्म कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपूरमा स्नातक तहको अध्ययन पुरा गरी पुनः श्री ५ को सरकारकै सेवामा हाजिर भई इमान्दारीपुर्वक कामकाज गर्दै आएको थिएं । यसै बीच मलाई मेरा तत्कालिन कार्यालय प्रमुख । कृषि बिकास अधिकृतले मिति २०४८।६।७ मा म उपर कर्मचारी आन्दोलनमा सरिक भई कार्यालयको काम काज नगरेको भन्ने आरोप लगाउंदै २०४८ श्रवाण १२ गते देखि १७ सम्म पुनः १४ दिनको तलव भत्ता कट्टा गरेको जानकारी दिनु भएको थियो । त्यसपछि मिति २०४८।७।८ मा निमित्त कृषि विकास अधिकृतले मलाई नि.से.नि. को नियम ९.१५ तथा ९.१३ (ख) को विरुद्ध कृयाकलाप गरी कर्मचारी आन्दोलनमा लागेको भन्ने आरोप लगाउंदै नि.से.नि. बमोजिम किन कारवाही नगर्ने भनी स्पष्टीकरण माग गर्नु भएकोले उक्त नियमहरु उलंघन नगरेको हुंदा नि.से.नि. बमोजिम कारवाही हुनु नपर्ने व्यहोरा पेश गरेको थिएं । यसपछि पुनः मिति २०४८।७।१० मा निमित्त कृषि विकास अधिकृतले मलाई नि.से.नि. को नियम १०.६ को ५ र ८ को अभियोग लगाउंदै नि.से