निर्णय नं. १६७३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७३ - अंश भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/०६ २४९३ निर्णय नं. १६७३ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४६८ (२६९) फैसला भएको मिति : २०४०।५।६।२ मा पुनरावेदक/प्रतिवादी : जि.इलाम पशुपतिनगर गा.पं.वार्ड नं.४ घर भई हाल कोशी अञ्चल बृटिस एक्सरे डिपार्टमेन्ट घोपा क्याम्प धरानमा नोकरी गरी बस्ने भक्तबहादुर लिम्बु विरूद्ध विपक्षी/वादी : ऐ.वोध घाम गा.पं.को हाल पुशपति नगर गा.पं.वार्ड नं.४ बस्ने रूपमाया लिम्बुनी मुद्दा : अंश (१) वादीको लोग्नेले आफ्नो नामको जग्गा विभिन्न मितिमा बिक्री समेत गरेको देखिन आएकोले वादी र प्रतिवादीका बीचमा अघि नै अंशबण्डा भइसकेको मान्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री योगेन्द्र न्यौपाने विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालत सिड्डलबेञ्चबाट २०३८।५।२९।२ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०३८।७।२।१ मा परेको निवेदनमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०३८।११।५।३ मा अनुमति भई पेश हुनआएको मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. जसबहादुरको २ छोरामा जेठा कृष्णबहादुर र कान्छा मेरा पति रत्नबहादुर लिम्बु हुन ससुरा जसबहादुरको आर्जनको सम्पत्तिबाट निज जीवित छँदै बौद्ध धाम गा.पं.वार्ड नं.४ मा घडेरीलाई पक्का घर बनाई हामी सगोलमै बसी आएकोमा ससुरा र मेरो पति रत्नबहादुर समेतको मृत्यु भइसकेपछि जेठाजु कृष्णबहादुरले उक्त घर घडेरी जग्गा आफ्ना नाउँमा दर्ता नगरी निजको छोरा भक्तबहादुरको नाममा दर्ता गराएका रहेछन घरको मुख्य व्यवहार गर्ने निजै भएकोले मलाई जानकारी नभएको र ०३१ सालमा निज कृष्णबहादुर समेतको मृत्यु भएको हुँदा ससुरा जसबहादुरका आर्जनको उक्त घर घडेरी जग्गा समेत बण्डा गरौं भन्दा भक्तबहादुरले बण्डा गर्न नमानी एकलौटी खाने नियत लिएकोले कानुन बमोजिम विपक्षबाट तायदाती फाँट लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी रहेछ । ३. २ भागको १ भाग अंश पाउँ भन्ने वादी दावा झुठ्ठा हो विपक्षका पति रत्नबहादुर र मेरा बाबु दाजुभाइ हुन तापनि पहिले नै छुट्टिई भिन्न भइसकेका हुन् मेरो पिताले मलाया गई आफ्नो आर्जनको सम्पत्तिबाट खरीद गरी बनाएको उक्त पक्की घर वादीको अंश भाग लाग्ने होइन पहिले नै छुट्टिई ताप्लेजुङमा बसी आएकोमा जीविका नचल्ने भयो भन्दा मेरा बाबुले उक्त घरमा बस्नसम्म दिएका हुन्, पूर्खाको आर्जनको नभई मेरा बाबुको निजी आर्जनको घर जग्गा पहिले नै अंश भाग भई भिन्न भइसकेका (२७०) विपक्षीलाई अंश दिनु नपर्ने हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ । ४. वादीले प्रतिवादी भक्तबहादुरबाट दावी बमोजिम २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत इलाम जिल्ला अदालतको ०३५।९।२८ को फैसला रहेछ । ५. इलाम जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम प्रमाण समेत बुझी हक इन्साफ गरिपाउँ भन्ने समेत प्र.भक्तबहादुर लिम्बुको पुनरावेदन रहेछ । ६. वादी प्रतिवादीबाट पेश भएको ०२६।१२।३०।५ र ०२९।१।१३ का सक्कल रसीद प्र.बाट लिई वादीलाई अ.बं.७८ नं.बमोजिम सुनाउने र दुवै थरको साक्षी समेत बुझी पठाई दिनु भनी मिसिल समेत इलाम जिल्ला अदालतमा पठाई दिनु भन्ने पू.क्षे.अ