निर्णय नं. १६७४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६७४ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१० २२४० निर्णय नं. १६७४ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रिट नं. १०३४ आदेश भएको मिति : २०४०।५।१०।६ मा निवेदक : जि.काभ्रेपलाञ्चोक संखुवाटी चौर गा.पं.वा.नं.७ संखुईटे बस्ने कृष्णप्रसाद श्रेष्ठ विरूद्ध विपक्षी : जि.काभ्रेपलाञ्चोक शारदा गा.पं.वा.नं.२ बतासे बस्ने टेकबहादुर रन्जितकार समेत विषय : उत्प्रेषण (१) बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने दावी भएकोमा भू.सं.ऐन, ०२१ को दफा २९(३) अनुसार बालीसम्म भराई दिने र जग्गाबाट भने निष्काशन नहुने भनी गरेको निर्णयमा कुनै उचित कानुनी आधार प्रमाण तथा मनासिव कारण समेतको अभावमा प्रतिपादित सिद्धान्तको विपरीत निर्णय गरेको प्रष्ट देखिने । (प्रकरण नं. १०) आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. विपक्षी भू.सु.शाखाको २०३९।६।२२।६ को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत पर्नआएको २०३९।७।२३।३ को रिट निवेदनको व्यहोरा तथा संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. विपक्षीले मेरा नाउँ दर्ताको जि.काभ्रेपलाञ्चोक शारदा गा.पं.वार्ड नं.(ख) को कि.नं.५७ को ९–२–१–२ जग्गा मोहीमा कमाई मोही हुन उक्त जग्गाको कूत बाली अघि अघि साल सालै बुझाई भरपाई लिने गरी आएको ०३८ सालको बाली नदिएको र धरौट पनि नराखेकोले निष्काशन गरी कूत भराई पाउँ भनी विपक्षी उपर उजूर गरेकोमा बालीसम्म भराई दिने ठहर्छ र जग्गाबाट भने निष्काशन नहुने ठहर्छ भनी २०३९।६।२२ मा निर्णय गर्नुभएछ । सो निर्णय त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम कूत बाली नदिने मोहीलाई जग्गाधनीले जग्गाबाट निष्काशन गराउन पाउने कानुनी अधिकार छ, कूत बाली नदिएको भनी ठहर गर्नुभएको मोही निष्काशन नहुने ठहराई गर्नुभएको निर्णय कानुनी त्रुटिपूर्ण छ । उपरोक्त दफा २९(१) को प्रावधान बमोजिम मोही निष्काशन गर्ने आदेश दिन (२७४) तजबिजी अधिकार रहे पनि सो तजबिजी अधिकार स्वेच्छाचारिताको रूपमा प्रयोग गर्न मिल्दैन, भनी अनेकौं मुद्दामा नजीर कायम भइरहेको छ, न्यायिक तरीकाले प्रयोग गर्नुपर्ने निष्काशन नहुने ठहर गरे पनि त्यसको कुनै पनि आधार कारण निर्णयमा छैन, सो हुँदा बदरभागी छ । विपक्षीले वादी नदिए पनि भरपाई दिलाई पाउँ भनी उजूर गर्नुभयो, दुवै मुद्दाको सबूत प्रमाणको मूल्याड्ढन नगरी मोही निष्काशन नहुने गरी हचुवा रूपमा भएको छ, ०३९।६।२२ को निर्णयले संविधानको धारा १०(१) ११(२)(ङ) १५ द्वारा मौलिक हकमा आघात पुगेको छ, संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गरेको छु । निष्काशन तर्फ कानुन बमोजिम निर्णय गर्नु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ । ३. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने स.अ.सिड्डलबेञ्चको २०३९।७।२६।६ को आदेश रहेछ । ४. का.प.जि.शारदा बतासे गा.पं.को कि.नं.५७ को क्षेत्रफल ९–२–१–२ को जग्गा म मोही भई भोग चलन गरी आएको कुरामा विवाद छैन, ०३८ सालको बाली घरमै आइबुझी लिइगएपछि भरपाई नदिएकोले उजूर गरेपछि बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भनी उजूर गरेको हो, भरपाई दिलाइपाउँ भन्ने मुद्दामा प्रमाण दावी नपुगेकोले बाली भराई भू.सं.ऐन, २०२१ को दफा २९(१) मा मोहीले कूतनबुझाएको त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिनसक्नेछ भन्ने छ कूत नबुझाएकोमा निष्काशनको आदेश दिनसक्ने तजबिजी अधिकार हो यस किसिमको अधिकारलाई बाध्यात्मक रूप