निर्णय नं. ६२४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४४ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2052/10/04 २९४९ निर्णय नं. ६२४४ ने.का.प.०५३ अङ्क ८ विशेष इजलास माननीय न्यायाधीश श्री रुद्र वहादुर सिंह माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय ०४८ सालको रिट नं...............२०१८ आदेश मितिः २०५२।१०।४।५ विषयः उत्प्रेषण । निवेदकः भ.पू.जि. ठिमी चपाचो गा.वि.स. वडा नं. ७ नासमनी वस्ने वर्ष ७४ को आश वहादुर हरि वंश प्रजापति । विरुद्ध विपक्षीः श्री मालपोत कार्यालय भक्तपुर । गुठी संस्थान केन्द्रिय कार्यालय रामशाहपथ । प्रशासक गुठी संस्थान केन्द्रिय कार्यालय पूतली सडक रामशाह पथ काठमाडौं । गुठी संस्थान ल.पू. जि. गुठी तहसिल तथा खर्च कार्यालय ललितपुर, तवाल । गुठी लगत तथा तहसील कार्यालय भद्रकाली काठमाडौं । भ.पू.जि. दिव्यश्वरी लोहकन्थली गा.वि.स. वडा नं. ५ वस्ने सीर कुमार प्याथ । ऐ.ऐ. वस्ने काशीराम डंगोल । ऐ.ऐ. वस्ने चन्द्रमान हेका । ऐ.ऐ. वस्ने तुइलाल हेका । ऐ.ऐ. असन विसना सिंह हेयजु । § गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को उपदफा (१) मा गुठीको जग्गा वा घर रैकरमा दर्ता भएको भए तापनि गुठीको जग्गा वा घर भन्ने गुठीको श्रेस्ताबाट वा लालमोहर, खड्ग निसाना, ताम्रपत्र, शिलापत्र आदि लिखतबाट देखिन आई प्रमाणित हुन आएमा प्रशासकले त्यस्तो जग्गा वा घर गुठीमा दर्ता गर्न सक्नेछ र सो जग्गा वा घरको रैकरमा दर्ता भएको लगत कटृा हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै गुठी संस्थानको प्रशासक वा अधिकारीले गरेको उक्त निर्णय उपर चित्त नवुझेमा पैतिस दिनभित्र पुनरावेदन लाग्न सक्नेछ भन्ने व्यवस्था उक्त ऐनमा दफा ३९ को उपदफा (२) मा गरिएको छ । यसरी साविक गुठी लगतको जग्गा कसैले गैरकानूनी तरिकाले रैकरमा परिणत गराई दर्ता गराएमा पुनः गुठीको लगतमै दर्ता गर्न सक्ने गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को कानूनी व्यवस्थालाई रिट निवेदकले नेपाल अधिराज्यको संविधान, २०४७ संग वाझिएकोले अमान्य तथा वदर घोषित गरी पाउं भनी निवेदन जिकिर लिएको पाइन्छ । तर उक्त कानूनी व्यवस्था संविधानको कून धाराको कून मनसायसंग कसरी वाझियो निवेदकले आफ्नो निवेदन जिकिरमा स्पष्ट रुपमा खूलाउन सकेको देखिदैन । केवल संविधानसंग वाझिएको छ भन्दैमा पर्याप्त हूंदैन । वाझिएको भएमा पर्याप्त आधार र कारण दिन सक्नु पर्दछ । तसर्थ गुठी संस्थान ऐन, २०३३ को दफा ३९ संविधानसंग वाझिएको संविधानको धारा ८८(१) वमोजिम अमान्य तथा वदर घोषित गरी पाउं भन्ने निवेदकको निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १२,१३ ) § गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को उपदफा (१) बमोजिम भएको प्रशासकको निर्णय उपर चित्त नवुझेमा सोही ऐनको सोही दफाको उपदफा (२) वमोजिम पुनरावेदन अदालतमा पुनरावेदन गर्न पाउने प्रष्ट कानूनी व्यवस्था समेत भएको पाइन्छ । यसरी विपक्षी गुठी संस्थानको निर्णयमा चित्त नवुझेमा सो उपर नियमित प्रकृया अन्तर्गत पुनरावेदन गर्न पाउने वैकल्पिक कानूनी उपचारको व्यवस्था हुंदा हूंदै नेपाल अधिराज्यको संविधान, २०४७ द्वारा प्रदत्त मौलिक हकमा आघात भयो भनी धारा ८८ अन्तर्गत असाधारण अधिकार क्षेत्र प्रयोग गरी गलत बाटो अपनाई रिट क्षेत्रमा प्रवेश गरी आएको देखिंदा रिट निवेदकको माग वमोजिम मौलिक हक हनन्का कुराहरुमा विचार गरिरहन नपर्ने । (प्र.नं.१४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तूलाधर विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्र