निर्णय नं. १६७५ - खिचोला मिटाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७५ - खिचोला मिटाई पाउँ भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१२ २४६१ निर्णय नं. १६७५ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.बि.नं. १७७ फैसला भएको मिति : २०४०।५।१२।१ मा निवेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२६ ईटुम्बहाल ताहाननी बस्ने मोतीरत्न तुलाधर विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने जुजुभाई महर्जन मुद्दा : खिचोला मिटाई पाउँ (१) वादीको पाताल जग्गा र सोमा रहेको किलास समेत ८ फुट ९ इन्च वादीको हुनुपर्ने हुँदा झगडा जनिएको न.नं. ५ मा पश्चिमतर्फबाट २ इन्च वादीको हुने र बाँकी १ फुटमा वादी दावी नपुग्ने । (प्रकरण नं. १४) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्ड फैसला न्या.बब्बरप्रसाद सिंह १. म.क्षेत्रीय अदालतको इन्साफ जाँची पाउँ भन्ने निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. का.जि.का.न.पं.वडा नं.१२ ताहननीको म बसिआएको घर एकलौटी हकभोगको पर्खाल घर जग्गा समेत म आफैंले भोगचलन गरी आएको ०३२।११।१० गते बिहान १० बजे पाताल जग्गामा किलासको ईटा उप्काउन लागेकोले मेरो किलास नभत्काउनुहोस भन्दा नगरपञ्चायतमा नक्सा दरखास्त दिइसकेको छु भनी खिचोला गर्नुभयो । नगरपञ्चायतमा दिएको दर्खास्तमा पश्चिमतर्फ आफ्नै किलास र चोकमा जाने साझा बाटो भनी लेखी दरखास्त दिई हुँदै नभएको बाटो छ भनी लेखी पूर्व आफ्नो किलास पश्चिम आफ्नै घर उत्तर साझा चोक दक्षिण साझा चोक पूर्व पश्चिम लम्बाई ८ फुट ९ (२७७) ईन्च उत्तर दक्षिण चौडाई ८ फुट ११ ईन्चीको उक्त पाताल जग्गामा घर बनाउन लाग्दा घर बनाउन नदिई खिचोला गरेकोले फिराद गर्न आएको छु । २००४।१२।३१ मा म्यूनिसिपल्टी नक्सा मुद्दा फाँटबाट पाएको नक्सा पूर्जा छँदाछँदै खिचोला गरेको खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको जुजुभाईको फिरादपत्र । ३. का.न.पं.१२ वडा अन्तर्गत ईटुम्बहालको पश्चिमतर्फको मेरो किलासमा हो श्रावण महीनामा भत्की सो ठाउँ बस्ने देवनारायणको बर्ष ८ को छोरा पुरिई टोल छिमेकले बालक झिकी चोट लागी बेहोस भएकोले हस्पिटल लाँदा राष्ट्रिय सम्बाद समितिको ०३२।४।१२ को खबरबाट प्रष्ट हुन्छ र बाटो मेरो भन्ने प्रष्ट छ । सो गाह्रो बनाउँदा का.न.पं.मा उजूर गर्दा सँधियारको उजूर नपरेबाट उक्त किलास मेरो भन्ने र पूर्व पश्चिम लम्बाई फुट ८–९” उत्तर दक्षिण चौडाई फुट ८–१११/६ को पाताल जग्गा मेरो भोगचलनको सार्वजनिक बाटो हो भन्ने कुरा सरजमीनबाट प्रष्ट हुनेछ । का.न.पं.बाट ०४।१२।३१ गते नक्सा गरी विपक्षीले बनाएको भए आजसम्म घर बनाई सक्नुपर्ने थियो र प्रमाण कागज समेत पेश गर्न सक्नुपर्ने थियो । सो नसकेकोबाट विपक्षीले पाताल जग्गा भनेकोमा सार्वजनिक जग्गा कायम गरिपाउँ भन्ने समेत मोतीरत्नको प्रतिउत्तर । ४. वादी लेख मुताविक पूर्व किल्लामा किलास गाह्रो थियो भनी कुनै सबूत गुजार्न नआएबाट हाल न.नं.को गाह्रोमा खिचोला गरे भन्ने वादीको दावी पुग्दैन । न.नं.६ को वादीको घर पाताल जग्गालाई प्रतिवादीले सार्वजनिक बाटो भनी खिचोला गरेको भन्ने समेत का.जि.अ.को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ६. ०३५।८।४ को तारेख पुनरावेदक जुजुभाईले गुजारी बसेकोले मुद्दा डिसमिस हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला । ७. तारेख थामी दिनु भन्ने हु.प्र.बक्साई डिसमिस हुँदाका