निर्णय नं. १६७६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७६ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१४ २३९८ निर्णय नं. १६७६ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नं. ८५० आदेश भएको मिति : २०४०।५।१४।३ मा निवेदक : ल.पु.जि.न.पं.वार्ड नं.३ बस्ने चन्द्रवीर गुरुङ्ग विरूद्ध विपक्षी : श्री कार्यकारिणी अध्यक्ष शाही नेपाल वायु सेवा निगम काठमाडौं समेत विषय : उत्प्रेषण (१) कार्यालयमा हाजिर हुन जान सूचित गरिन्छ भन्दै अन्यथा निगमको नियम बमोजिम कारवाही गरिनेछ भन्ने सूचना समेत गोरखापत्रमा प्रकाशित भएकोले निवेदकलाई प्राकृतिक न्याय सिद्धान्तको विपरीत सूचना बेगर नै नोकरीबाट हटाएको भन्न नमिल्ने। (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह आदेश न्या.बब्बरप्रसाद सिंह १. मिति ०३८।१।१६ को विपक्षी डिप्टी पर्शनल डाइरेक्टरको पत्रानुसार ०३८।८।१६ देखि निगमको सेवाबाट हटाइएको बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : म निवेदक शाही नेपाल वायु सेवा निगमको लामो समयदेखि काम गरेको पुरानो सहायक अधिकृत छु । शा.ने.वा.नि.कर्मचारीहरूको सेवा नियमावली, २०३१ को परिच्छेद १४ ले निर्दिष्ट गरे बमोजिम मिति २० नोभेम्बर १९८० मा २० दिनको घर विदा स्वीकृत गराई विरामी दाजुलाई भेट्न भएको र विरामी दाजुको विरामी कारणले इटाली जानुपर्‍यो र रोममा पुग्नेबित्तिकै प्रहरीले अपराध अनुसन्धानको सिलसिलामा नेपाली नागरिकलाई पक्राउ गर्दा हिरासतमा परेँ बाहिर संसारसित मेरो सम्पर्क छुट्यो । निगमलाई सूचना दिन सकिनँ । (२८०) इटाली प्रहरीले चलाएको अपराधको सिलसिलामा यथेष्ट प्रमाण नभएको कारणले १ अक्टुबर १९८१ को सिभिल एण्ड पेनाल ट्रिबुनल अफ रोमले मलाई सफाई दियो र तत्पश्चात पनि विरामी भई चिकित्सकको सल्लाहले केही दिन आराम गरी ट्रिबुनलले सफाई दिएको पत्र र चिकित्सकको प्रमाणपत्र सहित ०३८।१०।२८ मा विपक्षी निगमका कार्यकारिणी अध्यक्ष समक्ष हाजिर हुनआएको व्यहोरा उल्लेख गरी निवेदन दिएकोमा ०३८।११।१३ को निगमका प्रबन्धक कर्मचारी व्यवस्थाले ०३८।१।१६ को पत्रद्वारा सूचित गरिएको निगमको सेवाबाट अवकास दिइएको निर्णय कायम गरिएको सूचना दिनुभयो । मलाई निगमको सेवाबाट हटाइएको सम्बन्धित पत्रको प्रतिलिपि पाउन निवेदन दिएकोमा ०३८।१२।३ मा १६ मार्ग ०३७ देखि कार्यालयमा हाजिर हुन नआई गो.प.द्वारा सूचना गर्दा पनि हाजिर हुन नआएकोले निगमको नियमावली, २०३१ को दफा ११,२,१ बमोजिम सोही मितिदेखि सेवाबाट हटाइएको भन्ने व्यहोराको पत्र प्राप्त गरेँ । उक्त पत्र प्राप्त भएपछि नोकरी थामी पाउँ भनी कार्यकारिणी अध्यक्ष समक्ष पुनरावेदन गरेकोमा ०३८।१।१६ को निर्णय कायम गरेको सूचना प्राप्त गरेँ । ३. कुनै पनि न्यायिक वा अर्धन्यायिक निकायले कुनै पनि निर्णय गर्दा सम्बन्धित पक्षलाई जानकारी दिनुपर्छ तर मलाई सो कुराको जानकारी नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत कार्य गरिएको छ र उल्लिखित निगमका कर्मचारीहरूको सेवा नियमावली, २०३१ को ११, २, १ बमोजिम सेवाबाट बरखास्त गरिएको निर्णय छ उक्त दफाले खराव आचरण र विभिन्न ३० कुरालाई संकेत गर्दछ भने म निवेदकले कस्तो किसिमको खराव आचरण गरेँ र बर्खासी भएँ भन्ने कुरा स्पष्ट छैन । निगमको नियमावली, २०३१ को नियम १, ११