निर्णय नं. ९२०५ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०५ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०८/१९ ३०८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति :- २०७०।८।१९।४ ०६८–WO–१२७९ विषयः- उत्प्रेषण/परमादेश । निवेदक :- काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर जिल्ला, ल.पु.उप.म.पा.वडा नं २ सानेपा बस्ने अनितादेवी शाही विरूद्ध विपक्षी : पुनरावेदन अदालत,पाटनसमेत § एउटै अदालतमा परेका दुई मुद्दाहरूमध्ये म्याद तामेल हुँदा एउटामा प्रतिवादी र प्रतिवादीको घर फेला पर्ने र अर्कोमा फेला नपर्ने हुन सक्तैन । बेरीतपूर्वक तामेल भएको बेपत्ते म्याद बदर गरी पुनः इतलायनामा म्याद दिने गरेको आदेश कानून र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप भएको नै देखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट :- विद्वान्‍ अधिवक्ता वीरेन्द्र महर्जन विपक्षीका तर्फबाट :- विद्वान्‍ सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल अवलम्बित नजिर :- सम्बद्ध कानून :- § मुलुकी ऐन, अ.बं.११७, ११० नं. § जिल्ला अदालत नियमावली, २०५४ नियम २२ आदेश न्या.गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ : उल्लिखित विपक्षीमध्ये विपक्षी नं. ३ मेरो जग्गा साबिक काठमाडौं जिल्ला कालिमाटी वडा नं. ८(ख) कि.नं. १२७ जग्गाको दक्षिणतर्फको सँधियार हुनुहुन्छ । मेरो नामको उक्त कित्ता जग्गाको दक्षिणतर्फ निज विपक्षी पुण्यप्रभादेवी बिष्टको नामको दर्ता रहेको कि.नं.१४७ तथा निजका एकापरिवारका छोरा रामहरि बिष्टको नाममा दर्ता रहेको कि.नं.१४६ को जग्गा रहेको छ । निज विपक्षी पुण्यप्रभादेवी तथा निजका छोरा रामहरि बिष्टसमेतले संयुक्तरूपमा म निवेदिकालाई विपक्षी बनाई पुनरावेदन अदालत, पाटनमा निषेधाज्ञाको निवेदन दर्ता गरेकोमा उक्त अदालतबाट निज विपक्षीहरूको रिट निवेदन खारेज भएपछि पुनः निज विपक्षीहरूले काठमाडौं जिल्ला अदालतमा मिति २०६७।९।१६ मा म निवेदिकालाई विपक्षी बनाई खिचोला मेटाई बनाएको घर टहरा भत्काई पाउँ भनी दे.मि.नं. ४३७७ र ४३७६ नं. को दुई थान मुद्दा दर्ता गराउनुभएको रहेछ र सो मुद्दाहरूमध्ये विपक्षी पुण्यप्रभादेवी बिष्टका छोरा रामहरि बिष्ट वादी भई दर्ता गराउनुभएको दे.नं.४३७७ नं. को मुद्दाको म्याद मिति २०६८।२।१ मा मेरो नाममा तामेल भएको र सो मुद्दामा म निवेदिकाले म्यादभित्रै प्रतिउत्तरपत्रसमेत जोडिई उक्त मुद्दामा पुर्पक्ष गर्दै आइरहेकी थिएँ भने विपक्षी नं.३ ले पनि मेरो नाममा सोही मितिमा सोही विषयको दे.नं ४३७६ नं. को मुद्दा दर्ता गराउनुभएको रहेछ । सो कुरा म निवेदिकालाई थाहा थिएन पछि नक्कल सारी हेर्दा थाहा भयो कि मलाई विपक्षी बनाई मुद्दा दर्ता गरी मेरो नामको म्याद मिति २०६७।१२।२ मा बेपत्ते तामेल भई मिति २०६८।३।१३ गोरखापत्रमा समेत सूचना प्रकाशित भई मेरो प्रतिउत्तर फिराउने म्यादसमेत गुज्रिसकेको रहेछ । सो कुरा थाहा पाएपछि मिति २०६८।१०।१७ मा उक्त मेरो नामको म्याद मुलुकी ऐन, अ.बं.११० नं. बमोजिमको प्रक्रिया पूरा नगरी मेरो वतनमा आउँदै नआई बेपते भएको हुँदा उक्त म्याद तथा गोरखापत्रमा प्रकाशित गरेको सूचनासमेत म निवेदिका अनपढ तथा पत्रिकामा मेरो पहुँचसमेत नभएको घरायसी कामकाजी महिला भएकाले उक्त सूचनासमेत बदर गरी मेरो नामको म्याद अड्डैबाट बुझी प्रतिउत्तरसमेत जोडी मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी