निर्णय नं. १६७७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७७ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/०९ २४५१ निर्णय नं. १६७७ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. ८१७ आदेश भएको मिति : २०४०।५।९।५ मा निवेदक : गुठी संस्थान केन्द्रीय कार्यालयकातर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौं समेत विषय : उत्प्रेषण (१) राजगुठीमा परिणत भइसकेकोले गुठीको सम्पूर्ण अधिकार संस्थानमा सरेको हुँदा सो जग्गाको मोहीको वन्दोबस्त गर्ने अधिकार पनि गुठी संस्थानलाई मात्र हुने । संस्थान अधिनस्थ जग्गामा मोही कायम गर्दा संस्थानलाई बुझ्नुपर्नेमा सो नगरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शोभाकर उपाध्याय विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता गुरूप्रसाद बराल आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. का.न.पं.वा.नं.१(क) नक्साको कि.नं.२७ को जग्गा रोपनी २५–४–३ सर्भे नापी हुँदा क्षेत्रीय किताबमा जोताहाको नाम लेखिने महलमा खोला जनिएको जग्गा श्री केदारेश्वर महादेवको गुठीको हुँदा उक्त गुठीको नाम जनाई सो जग्गा समेतको जग्गाधनी दर्ता प्रमाणपूर्जा ०३५।९।२ गते गुठी संस्थानमा प्राप्त भइसकेको जग्गा विपक्षी मध्येका महन्त क्षेत्रबहादुरले कूत कबुलीयत र कूत बुझाएको भरपाई दिनु लिनु गरी विपक्षी सिद्धीलाललाई जोत कायम गरी दिन मञ्जूर गर्ने समेतका कार्यहरू गरी जोत कायम गरी निस्सा पाउँ भनी भू.सु.का.काठमाडौंमा सिद्धीलालको निवेदन परेकोमा भूमिसुधार अधिकारीले तीनैजनाको भनाई र तीनै कबुलीयत भरपाई भएका लिखतलाई आधार बनाई सो कि.नं.२७ मध्येको पश्चिमपट्टिको रोपनी ५–०–० जग्गाको सिद्धीलाल महर्जनको नाममा मोहीयानी कायम गरी निस्सा समेत दिने ठहर्छ भनी मिति ०३६।१।१३ गते (२८३) निर्णय गरी ऐ.१३ गते सिद्धीलालको नाममा मोहीयानी हकको प्रमाणपत्र बनाइदिएको र सो ५ रोपनी जग्गाको मोहीयानी हक सिद्धीलालले भीमकुमारीलाई रू.३,०००। को थैली राखी ०३७ साल आषाढमा राजीनामाको लिखत मालपोत कार्यालय काठमाडौं मार्फत रजिष्ट्रेशन पास समेत गराएको विधिव्यवहार विपक्षी भीमकुमारीले मैले राजीनामा गराइलिएको जग्गाको नामसारी दा.खा.गरी बाली बुझी लिनु भन्ने आदेश पाउँ भनी मिति ०३८।१२।२७ गते यस संस्थानमा निवेदन दिई कारवाही गर्दा मात्र संस्थानलाई थाहा भयो । ३. केदारेश्वर महादेवको छुटगुठी, गुठी संस्थान ऐन, २०३३ को दफा १९ मा गरिएको व्यवस्था अनुसार राजगुठीमा परिणत भई छूटगुठीको चलअचल जायजेथा, देवमुर्ति समेत सबै अधिकार संस्थानमा सरी सकेकोले गुठी संस्थान ऐन, २०३३ को दफा ५ र २५ ले त्यस्ता जग्गाको व्यवस्था गर्ने अधिकार अध्यक्षलाई भएको सो अधिकार अध्यक्षबाट कसैलाई प्रत्यायोजन गरेको नहुँदा गुठीको बाँझो ऐलानी समेतका जग्गामा मोहीको बन्दोवस्त गर्ने अधिकार गुठी कार्यालयका अन्य पदाधिकारी वा छूटगुठीका महन्त पूजारीहरू समेत कसैलाई नभएकोमा महन्त पनि नभएको पूजाआजाको कामसम्म चलाइआएको व्यक्ति क्षेत्रबहादुर पुरीले सिद्धीलाल महर्जनलाई त्यस्तो जग्गाको कबुलीयत भरपाई दिनु अनधिकृत कुरा भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ४८ मा गुठीको जग्गाको जोताहालाई