निर्णय नं. ६२४६ - करार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२४६ - करार भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/03/18 ३२३७ निर्णय नं. ६२४६ ने.का.प. २०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं............. २४६१ फैसला मितिः २०५३।३।१८।३ मूद्दाः करार । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ६ रामहिटी चारघरे वस्ने कान्छा भन्ने भुमर वहादुर लामा। विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वडा नं. १ नक्साल बस्ने जगत वहादुर लामा । § न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) वमोजिम संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटी र खण्ड (ख) वमोजिम सर्वोच्च अदालतबाट स्थापित कानून सिद्धान्त वा नजिरको पालन नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको अवस्थामा पुनरावेदन अदालतको फैसला वा अन्तिम आदेशमा सर्वोच्च अदालतबाट मुद्दा दोहोर्यार्ई हेर्न सक्ने कानूनी प्रावधान भएको र यस अदालतबाट मिति २०५१।७।२५ मा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको आदेशमा पुनरावेदन अदालत पाटनको सो फैसलामा संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटी भएको र सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालन नगरेको भन्ने कुरा उल्लेख नभई न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अथवा (ख) को अवस्था विद्यमान भएको भन्ने उल्लेख भएको देखिएन । सो दफा १२ वमोजिम मुद्दा दोहोर्याई हेर्दा सर्वोच्च अदालतले जून आधारमा मुद्दा दोहोर्याई हेर्न आदेश गरेको हो सोही आधार र सम्वद्ध विषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा भएकोले यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान हुंदा सो ऐनको दफा १२ को उपदफा (१) वमोजिमको अवस्थाहरु विद्यमान छ भनी उल्लेख गरेको नदेखिंदा त्यस सम्वन्धमा केही विचार गर्नु पर्ने अवस्था नदेखिंने। (प्र.नं. ११) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का र विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर अबलम्बित नजीरः फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०४९।१२।२ को फैसला उपर मुद्दा दोहोर्याई पाउं भनी प्रतिवादिको यस अदालतमा निवेदन परी दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ । २. विपक्षीले निजको नाउंको का.जि. वौद्ध वडा नं. ५ (ख) कि.नं. ३६ को १-१२-२ जग्गा मोल रु.५,०००। मा विक्री गर्न मंजुर भई ६ महिना भित्र पास नगरे करार ऐन, २०२३ को दफा १०(१) बमोजिम पास गरी लिनु भनी वैना वापत रु.४,५००। विपक्षीले लिई मिति २०४२।१०।२० मा करारनामाको कागज लेखि सहिछाप गरी दिनु भएको थियो विपक्षीलाई करारको शर्त वमोजिम वांकी रुपैया वूझी जग्गा पास गरी दिनुस भनी पटक पटक भन्दा आलटाल गरी करारको शर्त वमोजिम जग्गा पास गरी दिने कार्य नगरेकोले विपक्षीले २०४२।१०।२० मा गरी दिएको करारको शर्त वमोजिम गराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. प्रतिवादीको नाममा तामेली भएको म्यादमा प्रतिवादीले प्रतिवादै नगरी शूरु म्याद गुजारी वसेको । ४. करार गर्ने पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने कुरा करार ऐनले स्पष्ट तोकी दिएको हुंदा वादी दावी वमोजिम, करार शर्त वमोजिम प्रतिवादीवाट वादीले गरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौ. जिल्ला अदालतको फैसला । ५. काठमाडौं जिल्ला अदालतको फैसला अन