निर्णय नं. १६७९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६७९ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असोज अंक: ६ फैसला मिति :२०४०/०५/१० २३५३ निर्णय नं. १६७९ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.नं. ७३३ आदेश भएको मिति : २०४०।५।१०।६ मा निवेदक : पो.न.पं.वडा नं.१६ दिप बस्ने महेन्द्र भट्टचन विरूद्ध विपक्षी : का.मु.प्र.जि.अ.सूर्यबहादुर सेन ओली जि.का.कास्की समेत विषय : उत्प्रेषण (१) कानुनमा अन्य उपचारको व्यवस्था नगरेको भएमा मात्र नेपालको संविधानको धारा ७१ अनुसार यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : ने.का.प.२०३१ नि.नं.८७७ रि.फु.नं.३५ निवेदक भूलान राउत अहिर विरूद्ध जुनवती मिया धोवी समेत आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्न प्रकार रहेछ । २. सुदिप बेलबहादुर टुकबहादुर मनोज रविन्द्र र म समेत व्यक्तिहरूले माछापुच्छे मा.वि.को दराज र्‍याक, टेबुल, कितावहरू समेत तोडफोड च्यातचुत गर्नुको साथै ०३८।५।१६ गते राति स्थानीय जि.सी.लजको (२८९) ढोका तोडफोड स्टीलको भाँडाहरू कुच्याउने बिगार्ने गरेकोले निजहरूलाई पक्राउ गरी कारवाही गरिपाउँ भनी माछापुच्छे मा.वि.नाउँ डाँडाको सञ्चालक समितिको अध्यक्ष मानबहादुर गुरुङले ०३८।५।२६ गते प्र.जि.का.मा उजूरी दिनुभएछ र जि.का.ले मलाई कैद महीना २ दुई र जरिवाना रू.४९९। गर्ने गरी मैले पुनरावेदन समेत गर्न नपाउने गरी ०३९।३।२४ मा फैसला गरेको र नक्कल लिन जाँदा मलाई थुन्ने निश्चित हुँदा जान नसकी ०४९।४।५ मा मनोजकुमार गुरुङले सो नक्कल सारी लिएको हुँदा सो थाहा पाएँ विपक्षी जि.का.ले १० दिने समेत रीतपूर्वक तामेल नगर्नुको साथै विशेष अदालत ऐन, ०३१ को दफा ९(क) को प्रतिबन्धात्मक वाक्यांश अनुसार प्र.को नाउँमा म्याद समाव्हान जारी गर्दा उजूरीमा तोकिएको आधार निज उपर दावीको विवरण खोली पठाउनु पर्दछ भन्ने बाध्यात्मक व्यवस्थाको पालना नगरी सरजमीनले आंशिक रूपमा पनि मलाई दोषी हो भनी शंका नदेखाएकोमा मलाई दुई महीना कैद र रू.४९९। जरिवाना गर्ने गरी गरेको फैसला संविधानको धारा १०,११(१)(२) द्वारा प्रदत्त हक हनन गरिएको हुनाले धारा १६,७१ अन्तर्गत निवेदन गर्नआएको छु उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी जि.का.कास्कीको ०३९।३।२४ को फैसला बदर गरी मेरो हक प्रचनल गरिपाउँ भन्ने समेतको ०३९।४।१०।१ को रिट निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेतको यस अदालतको ०३९।४।१५।६ को सिड्डलबेञ्चको आदेश रहेछ । ४. रिट निवेदक निज महेन्द्र भट्टचन म्याद तामेल भएपछि पनि हाजिर नभएको हुँदा अ.बं.को २०८ नं.बमोजिम पुनरावेदनको म्याद नदिइएको हो अपराधको मात्रा अनुसार महेन्द्र भट्टचन टुकबहादुर क्षेत्री र सुदिप रानालाई समेत जनही रू.४९९। जरिवाना र २।२ महीना कैद सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को दफा ६(१) अनुसार ठेकी निर्णय भएकोमा सो टार्न रिट निवेदन दिएका हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको ०३९।७।१।२ को जि.का.कास्की का प्र.जि.अ.को लिखितजवाफ रहेछ । ५. विपक्षी माछापुच्छे मा.वि.का अध्यक्ष मानबहादुर गुरुङको नाउँको म्याद ०३९।६।१९ मा तामेल भएकोमा लिखितज