निर्णय नं. ६२४७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२४७ - उत्प्रेषणयुक्त परमादेश भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/08/04 ३०५७ निर्णय नं. ६२४७ ने.का.प. ०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५२ सालको रिट नम्बर.......२७५४ आदेश मितिः २०५३।८।४।३ मूद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः सुनसरी जिल्ला ईटहरी गाउं विकास समिति वडा नं. १ घर भई हाल इनरुवा अस्पतालमा कार्यरत महेश्वर कुमार कूंवर । विरुद्ध विपक्षीः स्वास्थय सेवा विभाग टेकु, काठमाडौं । ऐ. का जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी । जिल्ला स्वास्थ्य कार्यालय सुनसरी । इनरुवा अस्पताल सुनसरी । § निवेदकलाई सरुवा गर्ने निकाय व्यक्ति अख्तियारवाला होइन भनी निवेदकले जिकिर लिन सकेको पाइदैन । केवल निजामती सेवा नियमावली, २०५० को नियम ३६(१) (क) वमोजिमको न्युनतम अवधि भुक्तान नहुंदै सरुवा भएको भनी लिएको जिकिर सम्वन्धमा हेर्दा सोही नियमावलीको नियम ३६(२) को खण्ड (क)(ख) वमोजिमको अवस्था विद्यमान भई सरुवा गर्नु पर्ने भनी अख्तियारवालालाई लागेमा नियम ३६(१)(क) को अवधि अगावै पनि सरुवा गर्न सक्ने अधिकार अख्तियारवालालाई दिएको नै देखिंदा सरुवा भई गएको कार्यालयमा नियम ३६(१)(क) को अवधि सम्म वहाल रहन पाउनु पर्छ भन्ने निवेदन जिकिर कानूनसम्मत रहेछ भन्न नमिल्ने। (प्र.नं. ९) § निजामती सेवा ऐन तथा नियमावली वमोजिम अख्तियारवाला विपक्षी स्वास्थ्य सेवा विभागले प्रशासकीय अधिकार प्रयोग गरी आफु मातहतको कर्मचारी निवेदकलाई मातहत कार्यालयमा सरुवा गर्न सक्ने नै देखिएबाट निवेदन दावी वमोजिम रिट जारी गर्नुपर्ने अवस्था विद्यमान नहुंदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरि प्रसाद उप्रेती । विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ अवलम्बित नजिरः आदेश न्या.मोहन प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मिति २०४६।१०।२ मा रा.प.अ. व्दि. प्राविधिक अ.हे.व. पदमा स्थायी नियुक्ति पाइ मार्फा हेल्थ पोष्ट मुस्ताङमा कार्यरत रही तत्पश्चात २०५०।१२।१ मा ताप्राङ हेल्थपोष्ट कास्कीमा सरुवा भइ कामकाज गर्दै आइरहेकोमा स्वास्थय सेवा विभागको मिति २०५२।१।२८ को निर्णयले इनरुवा अस्पतालमा सरुवा भएकोले नियमानुसार रमाना लिइ २०५२।४।९ वाट उक्त अस्पतालमा हाजिर रही काम काज गर्दै रहेको अवस्थामा विभागको २०५२।८।२० को निर्णयले पुनः नाम्चे हेल्थपोष्ट सोलु सरुवा भएको २०५२।८।२१ को पत्र प्राप्त भएकोले न्यायिक उपचारको लागि सम्मानीत अदालत समक्ष यो रिट निवेदन लिइ आएको छु । मलाई सरुवा गर्ने निर्णय र सो वमोजिम भए गरेका सम्पुर्ण काम कारवाहीहरु निम्न आधारमा गैरकानूनी भइ वदर भागी छन् । ३. सरुवा गर्ने आधारहरुमा निजामती सेवा नियमावलीको नियम ३६(१) (क) ले सरुवा भएको ठाउंमा ४६६ दिन (हिमाली) क्षेत्रको हकमा २३३ दिनमात्र) पुगेपछि मात्र सरुवा गर्न सकिने वाध्यात्मक कानूनी व्यवस्था हुंदा हुदै म ईटहरी हेल्थपोष्ट सुनसरीमा सरुवा भएर आएको ४६६ दिन नपुग्दै कुनै औचित्य र आधार वेगर मलाई सरुवा गर्ने कार्य पुर्वाग्रहपुर्ण छ । त्यसमाथि पनि नियम ३६ को उपनियम (१) को खण्ड (ज) को प्रावधानलाई हेर्दा राजपत्रअनंकित कर्मचारी ५ (पांच) वर्ष भन्दा वढी अवधिसम्म पनि एउटै कार्यालयको एउटै पदमा वहाल रहन सक्ने स्थिति