निर्णय नं. ६२४८ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४८ - अंश दपोट भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/08/12 २२९४ निर्णय नं. ६२४८ ने.का.प. ०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्व्त २०५० सालको दे.पु.नं........ १२२४ फैसला मितिः २०५३।८।१२।४ मुद्दाः अंश दपोट । पुनरावेदक वादीः जि.महोत्तरी फूलकहा गा.वि.स. वडा नं. २ वस्ने सुरतिया देवी तेलीन । विरुद्ध प्रत्यर्थी प्रतिवादिः ऐ.ऐ. वडा नं. ३ वस्ने रामकली देवी तेलीन । ऐ.ऐ. वस्ने राम नारायण साहु तेली । § विवादित घरजग्गामा वादीले समेत वस्तू गाई गोरु वाख्रा वाधी भोगी आएको छ भन्ने वादीका साक्षी वृजलाल रायले वकपत्र गरिदिएको देखिन आयो । यस स्थीतिमा वादीको जानकारीमा आउन नदी प्रतिवादीले वण्डा गर्नुपर्ने सम्पति दवाएको भन्न मिल्ने अवस्था देखिन आएन । (प्र.नं. १२) § आफुले समेत प्रयोग गरेको सम्पति तायदाती मांग गर्दा वादीले तायदाती नदी प्रतिवादीले पेश गरेको तायदातीमा विरोधसम्म पनि नगरी दवाएको भनी फिराद दावी गर्नु उपयुक्त देखिन नआउने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री पवन राम भटृराई । प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछः २. प्रतिवादीहरु उपर दिएको अंश मुद्दामा जि.म. फुलकाहा गा.वि.स. अन्तर्गत सर्वे नापी भएको दुलार ठाकुर सो उपर सडक सो पश्चिम, देवनारायण रायको इनार देखि दक्षिण राम दयाल सो पुर्व ०-०-१३ जग्गामा पुर्व मुखको माथि कोठा तल कोठा १ को दोमन्जला खपडाघर १, उत्तर मुखको माथि ३ तला भएको काठको दोमन्जला घर १ तथा ऐ वडा नं. १ गाउं व्लक भित्रको सर्वे नापी नभएको नथूनी सो उत्तर सडक सो उत्तर पुर्व रामनारायण साहु देखि दक्षिण १० धुर जग्गामा उत्तर मुखको खपडाघर १ समेत फांट वारीमा दवाई छपाई राखेकोले एकलौटी पांउ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको घर जग्गा हाम्रो नाउंमा दर्ता छैन । उक्त जग्गा घरहरु हाम्रो हक भोगको नभै (जुगल किशोर साहको हो) । हम्रो हक भोगको जग्गा नभएकोले हामीले फांटवारीमा देखाउनू पर्ने अवस्था छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. प्र. राम दयाल साहले ०४६।११।२४ मा तामेल भएको म्यादै गुजारी वसेको । ५. जग्गा घरहरु वादी प्रतिवादीको छैन वाजे वावुको पाला देखि भोग चलन गरी आएको छु । ०४० सालमा खपरेल दोमहला घर वनाई वसी आएको छु भन्ने समेत व्यहोराको युगल किशोरको वयान । ६. वादी दावी वमोजिम प्रतिवादीले दशोद गरेको ठहर्छ भन्ने समेत मिति ०४८।१०।८ को महोत्तरी जि.अ. को फैसला । ७. पेटवोलीवाट वुझिएको जुगल किशोरको हक भोगमा घरजग्गा रहेकोमा छ भन्ने हामीहरुको साक्षीले भनेको छ । विपक्षीको साक्षीले त्यसतर्फ कूनै तथ्ययुक्त वकपत्र गरेको देखिदैन। जालसाजी मुद्दामा विपक्षी हारेको छ । गाउव्लोकको जग्गाको कूनै प्रमाण हुदैन । यस स्थितिमा युगल किशोरको जग्गा छैन भन्ने ठहर्‍याउने न्यायीक मनको अभाव छ । शूरु अदालतको फैसला त्रुटिपुर्ण हूंदा वदर गरी हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र । ८. अंशवण्डाको २७ नं. ले नदवाउने अरु अंशियारले वांडी खान पाउंछ भनी भएको व्यवस्था प्रतिकूल अन्य अंशियारहरु समेत भएको अवस्थामा दपोटमा फिराद गर्नेको एकलौटी ठहर गरेको शूरुको इन्साफ मिलेको नदेखिंदा छलफ