निर्णय नं. ६२४९ - धर्मपूत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४९ - धर्मपूत्र लिखत बदर भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/01/18 २८४७ निर्णय नं. ६२४९ ने.का.प. २०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा २०५१ सालको दे.पु.नं........... २०९६ फैसला मितिः २०५३।१।१८।३ मुद्दाः धर्मपुत्र लिखत वदर । पुनरावेदक वादीः का.जि.का.न.पा. वडा नं. २३ ओमवहाल वस्ने स्व. बलराम भक्त माथेमाकी पत्नी वर्ष ५५ की दुर्गा देवी भन्ने शुभद्रा माथेमा । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.वार्ड नं. २८ नघलटोल वस्ने रमादेवी राजभण्डारी । ऐ.ऐ. वस्ने निर्मल “शशी” राजभण्डारी । ऐ.ऐ. वस्ने सुरज राम राजभण्डारी । § धर्मपुत्र राख्दा धर्म पुत्र लिनेले छुटृी भिन्न भै वसेकी पत्नीवाट मन्जुरी लिनु पर्ने अन्यथा धर्मपुत्र राखेको रितपुर्वक नहुने भन्ने कानूनी व्यवस्था रहे भएको नपाइने । (प्र.नं. १४) § केवल फिराद लेखाईवाट मात्र असर परेको भन्ने भनाई कानून संगत नहुने । (प्र.नं.१५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दहाल । प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान अधिवक्ता श्री पन्नामान तूलाधर अबलम्बित नजीरः फैसला न्या. कृष्णकुमार वर्माः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) बमोजिम अनुमती प्रदान नगर्ने आदेश उपर ऐ. ऐनको दफा १३(५) वमोजिम यस अदालतमा अनुमतीको लागि परेको निवेदनमा पुनरावेदनको अनुमती प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. सरदार हरिभक्त माथेमाका कान्छी पत्नीवाट मेरो ससूरा काजी नारायण भक्त माथेमाका द्ध छोरामा माहिला वल राम भक्त माथेमाको म कान्छी श्रीमती हूं । जेठी पत्नीवाट विवाहिता दूई छोरी छन् । पति २०४२ सालमा परलोक हुनु भयो । मेरो स्वर्गिय, पतीको हांगाका देवरहरु सीताराम भक्त, जयराम भक्त जिवित छन् । मेरो सन्तान छोरा समेत छैनन् । मलाई खान लाउन नदिएको कारणले अंश मुद्दा परेकोमा २०३८।९।१७ मा लोग्ने स्वास्नी बीच मिलापत्र भइ रहेको छ। यसरी मेरो छोरा नभएको अवस्थामा विपक्षी रमादेवी लगायतले श्री सम्पति हात पार्ने हेतूले मलाई थाहा नदिई निजको जेठो छोरा सुरज राम राजभण्डारीलाई २०३९।३।३० मा धर्मपुत्रको लिखत गरिदिएको २०४२।११।२६ मा नक्कल सारी हेर्दा थाहा पाएं । उक्त कथित धर्मपुत्रको लिखत मेरो कानूनी हक मेट्न खोजेको भई धर्मपुत्रको १ नं. समेतको विपरित छ । धर्मपुत्रको १ नं. मा उल्लेखित प्राथमिकता क्रमलाई उल्लघंन गरी एकै वाजेका सन्तानमा परशूराम भक्तका छोराहरु मध्ये धर्मपुत्र दिन भाउजूले ईन्कार गर्नु भएको भन्ने कुराको प्रमाण छैन । पंचायतलाई लिखतमा साक्षी राखिएको छैन । यसरी विपक्षी सुरज राम एवं निज विपक्षी सुरजरामको पिता निर्मल शशी र आमा रमादेवी साक्षी राखी कपोलकल्पित व्यहोरा वनाई विपक्षी सुरज रामलाई धर्मपुत्र वनाउन पारित लिखत रितपुर्वकको नहुनुको साथै धर्मपुत्रको १ नं. कानून विपरितको हुंदा उक्त मिति २०३९।३।३० को धर्मपुत्र लिखत वदर गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको दूर्गा देवी भन्ने शूभद्रा माथेमाको फिराद दावी । ३. धर्मपुत्रको १ नं. मा धर्मपुत्र राख्दा सन्तान नभएको श्रीमतीको मन्जूरी लिनुपर्छ भनी उल्लेख छैन । लोग्ने जीवित हुंदा फिराद दिन नसकेको धर्मपुत्रको १३ नं. को म्याद नाघी फिराद परेको छ । निज लोग्ने संग अंश भाग लिई ०३८।९।१७ मा मिलापत्र गरी वसेकी हूँ