निर्णय नं. ९२०६ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०६ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०५/३० ३६०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति :- २०७०।५।३०।१ २०६६–Wo–०९५४ विषयः उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला महोत्तरी, सुगा गा.वि.स. वडा नं २ स्थायी घर भै हाल जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं ६ नेपालगन्ज, बाँकेमा सिनियर डिभिजनल इन्जिनियर (डिभिजन प्रमुख) पदमा कार्यरत्‍ ‍ इन्दुभूषण झा विरूद्ध विपक्षी : नेपाल सरकार, सिंचाई मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत § सरूवा गर्न सहमति माग भएका कर्मचारीलाई हालको परिस्थितिमा सो कार्यालयमा राखिराख्न उपयुक्त नभएको भनी उल्लेख भै गएको र सामान्य प्रशासन मन्त्रालयले पनि च.नं. २२२ मिति २०६६।१२।२० को सरूवा सहमतिपत्रमा निजलाई सरूवा गर्न नि.से.ऐन, २०४९ को दफा १८(४) तथा नि.से.नि., २०५० को नियम ३६(१) बमोजिम सहमति दिइएको व्यहोरा मिति २०६६।१२।१० को निर्णयानुसार भनी उल्लेख भएबाट अवधि नपुगी सरूवा गर्नुका कारण र सहमतिसमेत लिएको देखिएबाट कानूनविपरीतको सरूवा भन्न मान्न मिल्ने नदखिने । (प्रकरण नं.६) § यसको अतिरिक्त सामान्य प्रशासनको सहमति लिई सचिवले सरूवा गरेकोमा चित्त नबुझेमा निजामती सेवा ऐन, २०४९ को दफा १८(१२) अनुसार रीत नपुगेकोमा अख्तियारवालाले गरेको सरूवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्ने वैकल्पिक उपचारको व्यवस्था हुँदाहुँदै सोतर्फ निवेदक गएको नदेखिएको साथै निवेदकको २०६६।१२।२३ मा सरूवा भएको र सरूवा मितिबाट २ वर्षको अवधिसमेत व्यतीत भै सकेको अवस्थामा निवेदन मागबमोजिम रिट जारी गरिरहनुपर्ने औचित्यपूर्ण नदेखिने । (प्रकरण नं.७) निवेदकतर्फबाट : विद्वान्‍ अधिवक्ता संजयकुमार के.सी. विपक्षीतर्फबाट : विद्वान्‍ सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या.गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दर्ता भएको प्रस्तुत रिट निवेदनको सङ्‍क्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ : म निवेदक नेपाल सरकारको मिति २०४५।७।१२ को निर्णयानुसार निजामती सेवा ऐनअन्तर्गत इन्जिनियरिङ सेवा, सिभिल समूहको इरिगेसन उप समूहको राजपत्राङ्कित तृतीय श्रेणीको असिस्टेन्ट इन्जिनियर पदमा स्थायी सेवा प्रवेश गरी भौगोलिक क्षेत्रको अनुभव हासिल गर्ने गरी देशका विभिन्न भौगोलिक क्षेत्रमा रही कामकाज गरी आएको कर्मचारी हुँ । नेपाल सरकारको मिति २०६४।११।३० को निर्णयानुसार राजपत्राङ्कित तृतीय श्रेणीबाट राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवा भै नेपाल सरकारको मिति २०६६।२।३१ को निर्णयानुसार बढुवा समायोजन भई मिति २०६६।२।३१ को पत्रद्वारा हाल कार्यरत्‍ जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ६ नेपालगन्ज, बाँकेमा पदस्थापन भई डिभिजन प्रमुखको हैसियतले न्यूनतम्‍‍ अवधि २ वर्षको लागि कार्यरत्‍ छु । राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवा समायोजन र पदस्थापन भई हाल कार्यरत्‍ रहेको कार्यालयमा न्यूनतम्‍ अवघि २ वर्षको लागि भनी मिति २०६६।२।३१ को निर्णय र मिति २०६६।२।३१ को पत्रानुसार पदस्थापन भई कार्यकुशलताका साथ आफ्नो जिम्मेवारीसमेत सम्हाल्दै आएकोमा प्रत्यर्थीबाट मिति २०६६।१२।२३ को सचिव स्तरको निर्णयानुसार सरूवा गरिएको भनी मिति २०६६।१२।२३ कै सरूवापत्र प्राप्त भई के कति कारणबाट म निवेदकलाई अवधि पूरा हुनुअगावै सरूवा गरिएको रहेछ भनी प्रत्यर्थीमध्य