निर्णय नं. १६८२ - करार बमोजिम लिखत पास गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६८२ - करार बमोजिम लिखत पास गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१८ ७६१८ निर्णय नं. १६८२ ने.का.प. २०४० अङ्क ७ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.फु.नं. ४३ फैसला भएको मिति : २०४०।७।१८।३ मा पुनरावेदिका/प्रतिवादी : का.जि.का.न.पं.वा.नं.३ महाराजगञ्ज बस्ने तीर्थराजकुमारी राणा विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बाँसवारी बस्ने रामशड्ढर श्रेष्ठ मुद्दा : करार बमोजिम लिखत पास गरिपाउँ (१) विवादित लिखतको अवलोकन गरी सो लिखतमा करारका मूलभूत तत्वहरू समाविष्ट देखिएमा (मुल कितावमा नदेखिएमा भन्ने लेखिए पनि सम्बन्धित प्रकरणमा देखिएमा नै लेखिएको छ – संपादक) त्यसलाई करारको लिखत मान्नु पर्ने र नभएमा नमान्नु पर्ने । (प्रकरण नं. १४) (२) बैना भनेको घर जग्गा लिने दिने शर्तको पूर्वरूप अर्थात किनबेचको शर्त पक्का गर्न दिइने रकमलाई भनिने हुनाले बैना बोली पर्दैमा शर्तनामा होइन भन्नु तर्कसंगत हुँदैन । (प्रकरण नं. १४) (३) लिखतमा करारनामा भन्ने बोली नपरी बैनापत्र बोली परेको भए पनि करार सम्बन्धी ऐन, २०२३ को व्यवस्था अनुसार करारका मूलभूत तत्वहरू विद्यमान भएको हुँदा करारनामाको कागज ठहर्ने । (प्रकरण नं. १४) (४) कुनै लिखतलाई सद्दे, कीर्ते वा जालसाजी भनी पक्षले बयान नगरेपछि त्यसको सत्यासत्यको निरोपण गरी रहनु पर्ने अवस्था नपर्ने । (प्रकरण नं. १५) (५) लिखतमा कारणीको रेखात्मक, लेखात्मक सहिछापको अलावा प्रतिवादीका छोरा र बुहारी समेत साक्षी बसेको हुँदा त्यसतो लिखतलाई झुक्याई गरेको सम्झन मिल्ने पनि नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या.नयनबहादुर खत्री १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३९।६।२८ मा रायबाझी फैसला भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. का.जि.लाजिम्पाटमा होटल तथा क्लब समेत खोली काम गर्ने कुरा प्र.तिर्थराजकुमारी राणा, निजका छोरा केशवशमशेर र मेरो बीच हुँदा मैले १२ आना, तिर्थराजकुमारीले २ आना, केशवशमशेरले २ आना हिस्सा लिने गरी हामीहरूका बीच २०२०।१२।११ मा १५ बर्षको लागि हिस्सेदारीको कागज र बहाल समेत लिने दिने शर्त कबुल भई सो कबुलीयत पत्रमा उल्लिखित घर होटल क्लब सुहाउँदो गरी बनाई होटल क्लब चलाइआएको पछि २०२७।८।११ निज तिर्थराजकुमारी र केशवशमशेर समेतले हिस्सेदारीको हरहिसाब बुझी लिई होटलको हकहिस्सा छाडी सम्पूर्ण मेरो एकलौटी हक कायम गरी अर्को बहालपत्र भयो । त्यसपछि पनि होटल सुहाउँदो गर्दै बनाउँदै एकलौटी चलाई आएको २०३५।१२।१० सम्मको लागि बहालमा मैले चलन गर्नपाउने गरी ०२७।८।११ मा बहालपत्रमा हस्ताक्षर भयो र मैले भोगचलन गरी आएको थिएँ । ०३५।४।२०।६ मा केशवशमशेरले आफ्नो हकभोगको जग्गा मलाई हक छाडी फार्छे राजीनामा गरी दिनुभयो । तिर्थराजकुमारीले पनि आफ्नो हकभोगको जग्गा मलाई नै बिक्री गर्ने गरी ०३४।४।१३ मा करार गरी जम्मा बिक्री मूल्य रू.३८ लाख तय भई सो मध्ये रू.१६ लाख बैना