निर्णय नं. ६२५० - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५० - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/08/18 २९९७ निर्णय नं. ६२५० ने.का.प. ०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने संवत् २०५२ सालको रि. नं. .. २५३३ आदेश मितिः २०५३।८।१८।३ विषयः उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । निवेदकः रत्न वहादुर श्रेष्ठको छोरा जनकपुर अंचल दोलखा जिल्ला गोलमेश्वर गा.वि.स.वडा नं. १ घर भै जनकपुर अंचल धनुषा जिल्ला वलागोठ चौकीमा दरवन्दी रही हाल प्रहरी सेवाबाट हटाइएको वर्ष ३१ को भू.पु. प्रहरी सहायक निरीक्षक भिम वहादुर श्रेष्ठ । विरुद्ध विपक्षीः मध्यमान्चल क्षेत्रिय प्रहरी विशेष अदालत, पाटन ललितपुर मुकाम पुनरावेदन सरकारी वकिल कार्यालय ललितपुर । जिल्ला प्रहरी विशेष अदालत, धनुषा जनकपुर । § कागजी प्रमाण मौखिक प्रमाणभन्दा बलियो हुने, कागजी प्रमाणलाई मान्यता दिई सकेपछि सो बिपरीत निर्णय गर्न प्रमाण सम्वन्धी कानूनी सिद्धान्तले नमिल्ने हुन जान्छ। (प्र.नं. ८) § जाना जानी वा लापरवाही गरी बिगारे नासेको भन्ने वा बदनियत रहेको भन्ने कुरा केवल निर्णयमा उल्लेख भएर मात्र पुग्दैन । सो भए गरेको प्रमाणित हुनुपर्ने । (प्र.नं. ८) § देखादेखि रुपमा त्रुटीपूर्ण निर्णय बिपक्षीहरुले गरेको देखिएको र नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८ को उपधारा (२) मा यस अदालतलाई पूर्ण रुपमा न्याय गरी उचित उपचार प्रदान गर्न सक्ने अधिकार रहेको व्यवस्था रहे भएबाट यस अदालतले प्रचलित कानून बिपरीत भएका कार्यहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी न्याय प्रदान गर्न सक्ने । (प्र.नं. ९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता नरेन्द्र प्रसाद पाठक अवलम्बित नजीरः आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत भई जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरी चौकी ठाडी झिझामा इन्चार्जको रुपमा कार्यरत रहेकोमा त्यस चौकी इलाका अन्तर्गत धैरै व्यक्तिहरुलाई विनोद महरान भन्ने व्यक्तिले ठगी गरेका रहेछन, निजले ठगी गरेको रकम निजबाट असुल उपर गरी ठाडी झिझा चौकीको रोहरवरमा समितिले वाडंने क्रममा ०५१।११।१७ मा सांझ ६ वजे सम्म पनि वाडंने रकम सवै वांडी सकिएको थिएन, बांकी रुपैया चौकीमै राख्ने सबैको सल्लाह भए अनुसार चौकीमै राखियो । सो रकम चौकीको सवभन्दा सूरक्षित ठाउं चौकीको हात हतियार राख्ने ठाउं माथिल्लो तल्लामा राखिएको थियो । मिति ०५१।११।१८ मा निवेदक विनोद महरान लिन इलाका प्रहरी कार्यालय खजूरीमा जानू परेकोले जानु पुर्व आफु भन्दा मुनिको प्र.ह. रविन्द्र के.सी.लाई नियमानूसार रोजनामचा डायरीमा चार्ज बूझाएको एवं रु.११,९७,५२२।( बूझेको जनाउन लगाई गएको थिएं म गएको वेला पारी प्र.ह. रविन्द्र के.सी. ले रु.१०,५१२०३। लिई भागी गएछन म फर्कि आएपछि थाहापाई प्र.ह. उपर आवश्यक कार्यवाही गरी पाउं भनी निवेदन दिएको थिएं, तर म निर्दोष माथि समेत उपर प्रहरी ऐन, २०१२ को दफा ३४ को खण्ड (क) वमोजिम संजाय हुन अभियोग दायर भएकोमा जिम्मेवारी पूर्ण गरेको भन्न नसक्ने समेतको कारणबाट प्रहरी ऐन, ०२१ को दफा ३४ को खण्ड (क) वमोजिमको कसुर