निर्णय नं. १६८३ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६८३ - ज्यान भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१३ २२७५ निर्णय नं. १६८३ ने.का.प. २०४० अङ्क ७ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.फु.नं. ९ फैसला भएको मिति : २०४०।७।१३ मा निवेदक/प्रतिवादी : जि बाग्लुङ सिगाना गा.पं.वर्ड नं.१ ठूलोढुंगा घर भई हाल ज.का.कारागार शखा काठमाडौंमा थुनामा रहेको रुद्रबहादुर खड्का क्षेत्री विरूद्ध विपक्षी/वादी : मीनबहादुर समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) कर्तव्य ज्यान जाने किसिमको थिएन भन्ने कुराको मृतकले सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई चलाउन दिएको दरखास्तबाट स्पष्ट हुने । (प्रकरण नं. २२) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.बासुदेव शर्मा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।३।२५ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तीपत्रमा उक्त (३०६) ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नअनुसार छ । २. ०३४।८।२६ गते मंगले सार्कीको छोरीको विवाहको निमन्त्रणामा बेलुका करीब ७ बजेको समयमा गएको अवस्था सिगाना जाने सहर बारी रिठे सार्कीको घर उप्रीमाथी जाँदैको अवस्था रुद्रबहादुर खड्का, टेकबहादुर खड्का, देबेको भाइ समेत ३ जना मदिरा खाई मातिई घर जान भनी आएका रहेछन् देबेको भाइले समाउने रुद्रबहादुरले लाइटले मेरो निधारमा हानी घाउ चोट पारी ठाउँ ठाउँमा लाठी मुड्कीले हानी बेहोस पारी भागी गएको हुनाले ठाडै पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत सजाय गरी घाउ खत जाँच गरिपाउँ भन्ने समेत कर्णबहादुर थापाको ०३४।८।२७ को दरखास्त । ३. ०३४।८।२६ गते मंगलेको छोरीको विवाह निम्तोमा साँझ ७ बजे जाँदै थियो रिठे सार्कीको घर देखि माथि साँगुरो बाटोमा पुगेपछि जाहेरवाला कर्णबहादुर अघि र हामीहरू १०।१५ गज पछाडि थियौं प्र.३ जना बाग्लुङबाट मादक पदार्थ खाई हल्ला गर्दै आई हामी भन्दा अघि गएका कर्णबहादुरले साथी रहेछन् कि भनी टर्च बालेछ सो टर्चको ज्योति मुखमा परेपछि टर्च लगाउने को हो ? म शाही सैनिकको नायक हुँ भन्ने बित्तिकै रुद्रबहादुरले टर्चले हो वा ढुंगाले हानी सकेपछि टेकबहादुर देबेको भाइले झगडा नगर भनी रुद्रबहादुरलाई भनेको सुनेको हो भन्ने समेत चन्द्रबहादुर थापा समेत ४ जना र रुद्रबहादुर र अरू २ जना हाम्रो पछि पछि हल्ला गर्दै आई हामीलाई उछिनी गए के कुरामा हो रुद्रबहादुरले लोग्नेलाई निधारमा हिर्काई लोग्ने बेहोस भई लडेको अवस्था म पुगी हेर्दा टाउको निधारबाट रगत बगी रहेको थियो कुटपीट गर्ने मानिस त्यहाँ थिएनन् भन्ने समेत मृतक कर्णबहादुरकी श्रीमती उजेली थापा र रुद्रबहादुरले कर्णबहादुरलाई साफसँग ठटाए भन्ने भोलिपल्ट सुनेको हो भन्ने समेत सरजमीन । ४. केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई भइरहेको अवस्था निज कर्णबहादुर थापाको सोही चोटले ०३४।९।८ गते मृत्यु भएकोले ज्यानसम्बन्धीमा कारवाई होस् भन्ने समेत मीनबहादुर थापाको जाहेरी । ५. टाउकोको हड्डी फुट्नाले र गिदीमा रगत जम्नाले र पिप बग्नाले मृत्यु भएको र टाउकोबाट २ टुक्रा ढु