निर्णय नं. १६८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/११ २३०५ निर्णय नं. १६८४ ने.का.प. २०४० अङ्क ७ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.फु.नं. ३५ आदेश भएको मिति : २०४०।७।११।६ मा निवेदक : वीरगञ्ज चिनी कारखानाको आवासटोलमा बस्ने रघुनाथप्रसाद श्रीवास्तव विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय बारा, कलैयासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीको प्रमाणपत्रमा मिति नै उल्लेख नभएबाट उक्त प्रमाणपत्र गैरकानुनी तथा बिनाआधार कुनै निर्णय बेगरको देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षीतर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देव र विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. प्रस्तुत रिट निवेदन डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मिल्न नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) अनुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको छ । प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिरहरू यस प्रकार छन् : २. पुरनिया गा.पं.वार्ड नं.२ साविक कि.नं.१९,२०,३८ रहेकोमा गण्डक नहर सो कित्ता समेतबाट जाँदा हाल कित्ताकाट भई कायम हुनआएको ३८,६६,६८ का क्रमशः ०–८–१०, ०–३–९ एवं ०–३–३ गरी जम्मा ०–१५–२ जग्गा २०२७ सालदेखि निवेदककी पत्नी सम्झीदेवीका नाउँमा एकलौटी हक भोगचलनमा रही निज ०३१ सालमा परलोक भएपश्चात आजसम्म सो जग्गा निवेदकको नै अटूट एकलौटी हक भोगचलनमा छ । भूमिसुधार लागू हुँदा राजेश्वरलालले मोही देखाई दर्ता गराएकोमा पछि ०२७।७।१२।४ मा सो जग्गा कमाउन असमर्थ छु भनी तत्कालिन भू.प्र.का.बारामा निवेदन दिई सो मितिमा भू.प्र.का.बाट राजेश्वरको नाम मोही लगतबाट कट्टा भएको थियो । त्यसपछि सो (३१२) जग्गा कसैले कमाएको छैन । सो जग्गा म निवेदकले उखु लगाई वीरगञ्च चिनी कारखानामा सप्लाई गरेको कुरा वीरगञ्च चिनी कारखानाले प्रमाणित गरी दिएको लिखतले समेत पुष्टि गर्दछ । जग्गामा विपक्षी कन्हैयालालले बदनियत चिताई जग्गा जोत्ने सुरसारमा छन् भन्ने कुरा थाहा पाई निषेधाज्ञा जारी गरिपाउँ भनी निवेदकले नारायणी अञ्चल अदालतमा निवेदन दिएको विपक्षीले उक्त जग्गाको मोही हकको प्रमाणपत्र प्राप्त गरेको हुँदा निषेधाज्ञा जारी गर्न मिल्दैन भनी लिखितजवाफ चढाउनुभएको कसरी मोही हक प्राप्त गर्नुभएको हो भनी भू.सु.का.बारामा नक्कल समेत सार्न जाँदा निवेदन पनि दर्ता नगरेकोले त्यसतर्फ विशेष उल्लेख नगरी विपक्षीले प्राप्त गरेको भनिएको प्रमाणपत्र बदरभागी रहेको सम्बन्धमा मात्र सीमित रही यो निवेदन चढाएको छु । ३. विपक्षी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अनुसार मोही हुनुहुन्न भन्ने कुरा निजले निषेधाज्ञाको लिखितजवाफ दिनुहुँदा नै स्वीकार गरी सक्नुभएको छ । भूमिसम्बन्धी नियमावली, २०२१ को नियम ३,६,७ एवं ९ मा वर्णित पूर्वावस्था पूरा गरी मोही हुनुभएको छैन । एउटा मोहीले हक छोडे पछि अर्को व्यक्तिले सो हक कानुनको प्रकृया पूरा गरेर मात्र प्राप्त गर्नसक्ने हो । यस्तो प्रक्रिया पूरा गरेर विपक्षीले मोही हक प्राप्त गर्नुभएको छैन । जग्गाधनी नबुझी मोहीको प्रमाणपत्र दिने भूमिसुधार कार्यालयका तत्कालिन भूमिप्रशासन कार्यालयबाट कुनै निर्णय आदेश वा पूर्जा भएको रहेछ भने प्राकृतिक न्याय