निर्णय नं. ६२५१ - नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश र पुर्जि जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२५१ - नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश र पुर्जि जारी गरी पाउं । भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/03/21 ३२५९ निर्णय नं. ६२५१ ने.का.प. २०५३ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५२ सालको रि. नं... २७७३ आदेश मितिः२०५३।३।२१।६ विषयः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश र पुर्जि जारी गरी पाउं । रिट निवेदकः जिल्ला सिराहा लहान न.पा. वाड नं. ९ घर भै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदद्वारा मिति २०५२।२।१६ को गो.प.मा प्रकाशित सूचना वमोजिम वढूवाको प्रशासकीय अधिकृत परीक्षामा सामेल रही रो.नं. ३ काठमाडौं केन्द्र रहेको हाल भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा स्टोर किपर पदमा कार्यरत मणिराज भट्टराई । जिल्ला सूनसरी मधेशा गा.वि.स. वाड नं. ९ स्थायी घर भै ऐ.ऐ.को परीक्षामा स्वास्थ्य प्रशिक्षक पदमा समेत सामेल भै रो.नं. १ काठमाडौं केन्द्र रहेको हाल जुम्ला प्राविधिक शिक्षालयमा सहायक प्रशिक्षक पदमा कार्यरत रामहरी खनाल । जि. नवलपरासी प्रगतिनगर गा.वि.स. वार्ड नं. ७ स्थायी घर भै ऐ.ऐ.को परीक्षामा लेखा अधिकृत पदमा सामेल भई रो.नं. १ काठमाडौं केन्द्र्र रहेको हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा लेखापाल पदमा कार्यरत यम प्रसाद भुर्तेल । विरुद्ध विपक्षीः माननीय शिक्षा मन्त्री एवं प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको अध्यक्ष । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद । वढूवा तथा पदपुर्ति समिति प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भक्तपुर। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्य सचिव सानोठिमी भक्तपुर । श्री शिक्षा मन्त्रालय केशरमहल काठमाडौं । § प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ऐन, २०४५ को दफा ३,२,१ शिक्षा मन्त्री वा राज्यमन्त्री परिषदको अध्यक्ष हुने व्यवस्था गरेको छ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको नियमावलीको नियम ३ ले अध्यक्षको काम, कर्तव्य र अधिकार तोकी अध्यक्षले परिषदसंग सम्वन्धित जुनसुकै विषयको कार्यको निरीक्षण तथा जांचबुझ गर्न तथा सो सम्वन्धमा परिषदका कुनै पदाधिकारी वा कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने उल्लेख भएको देखिन्छ । निवेदक तर्फका कानून व्यवसायीले परिषदको अध्यक्ष भन्नाले शिक्षा मन्त्रिलाई अध्यक्ष मान्न मिल्दैन मन्त्रीले अध्यक्षको पदमा पुनः नियुक्त हुनु पर्ने देखिन्छ भनी लिनु भएको जिकिरका सम्वन्धमा परिषदको ऐनको दफा ३.२.१. ले शिक्षा मन्त्री वा राज्यमन्त्री परिषदको अध्यक्ष भनी तोकेबाट शिक्षा मन्त्री वा राज्यमन्त्री हुनु मात्र भएपछि नै परिषदको अध्यक्ष मान्नू पर्ने र कानूनमा स्पष्ट भै रहेको व्यवस्थालाई पुनः घोषणा गरी प्रभावकारी बनाई रहनु पर्ने प्रावधान कुनै ऐनमा नदेखिने । (प्र.नं. ९) § कानून वमोजिम स्थापित निकायको काम कारवाही कानून वमोजिम हुनु पर्दछ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कानून वमोजिम स्थापित निकाय हो । यसले सम्पादन गर्ने काम कारवाही कानून वमोजिम हुनु पर्दछ । परिषदद्वारा प्रकाशित विज्ञापन वमोजिम संचालित परिक्षा स्थगित गर्दा व्यापक अनियमितता भएको भनी टिका टिप्पणी भएको र वास्तविक पत्ता लगाउन छानविन समिति गठन गरी अनियमित भएको भन्ने प्राप्त प्रतिवेदनका आधारम