निर्णय नं. १६८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१४ २२३४ निर्णय नं. १६८५ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ९४८ आदेश भएको मिति : २०४०।७।१४।२ मा निवेदक : जिल्ला सर्लाही खोरिया गा.पं.वा.नं.१ बस्ने नेवालाल दुसाध विरूद्ध प्रत्यर्थी : श्री का.मु.भूमिसुधार अधिारीज्यू भूमिसुधार कार्यालय सर्लाही समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) २०३८ साल भन्दा अघि पनि कूत विषयमा विवाद उत्पन्न भएको कुरा निवेदकले आफ्नो रिट निवेदनमा स्वीकार गरेको समेत देखिएबाट कूत नबुझी जग्गाधनीले कचकच गरेको समेत नभई मोहीले नै दुःख दिने गरेको भन्ने समेत उल्लेख भएको देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ बमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ । २. मेरो हक दर्ता तिरोको जिल्ला सर्लाही खोरिया भगवानपुर गा.पं.वा.नं.५ कि.नं.३४ को ०–६–५ मि.अ.जग्गामा ०३८ सालमा लगाएको धानबाली नबुझाएकोले हदम्याद हु.प्र.बाट थामिएकोले ०–६–५ को हुने धान ४ मन २७½ किलोको हुने बिगो रू.४४५।१० दिलाई मोहीबाट निष्काशन गरिपाउँ भन्ने समेत विपक्षको भू.सु.का.मा दावी भएकोमा म्यादै भित्र भिट अवलको दरमा कूत बुझाउन जाँदा आज भोलि भन्दै बुझी नलिई धरौटी राख्ने म्याद नाघेपछि धनहर अवलको दर रेटमा धान कूत मागेको हुँदा सारै नै मर्का पर्ने भई कूत बुझाउन नसकेको हुँ भिट अवलको किसिम बमोजिम मकै वा सो हुने रूपैयाँ समेत बुझाउन तयार छु भन्ने समेत मेरो प्रतिवाद भएकोमा भू.सु.अधिकारीज्यूले मोहीबाट निष्काशन हुने ठहर्छ भनी ०३९।५।१३ मा निर्णय पर्चा गर्नुभएबाट मेरो संवैधानिक तथा कानुनी हकमा समेत आघात पुगेकोले सम्मानित अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोग गराई माग्न आएको छु । ३. आफूले पाउने भन्दा बढी कूत दावी गरी म गरीव मोहीलाई दुःख हैरानी दिने नियत लिएकोमा कुनै (३१८) विवाद हुनसक्दैन र पाउने भन्दा बढी कूत दावी गरेको मोहीबाट निष्काशन गर्न नमिल्ने भनी यसै सम्मानित अदालतबाट नजीर कायम भई ने.का.प.२०२६ पृ.३२० ऐ.०२७ पृ.३३३ ऐ.०३० पृ.१२८ मा प्रकाशित भइरहेको हुँदा विपक्ष अधिकारीज्यूको निर्णय र नजीरहरू भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३३ तथा २९(१) को समेत त्रुटि भएको, जहाँसम्म अघि पनि ५ बर्ष कूत नतिरेबाट नालेस परी कूत भराउने गरेको भन्ने हकमा पनि अघि सालसालै मैले कुत धरौटी राखी आएकोमा विपक्षले फिराद दावी दिए पनि धरौट रहेको रूपैयाँबाट वादीले कूत पाउने ठहर्छ भनी निर्णय भएको र कुनै पटक ९० प्रतिशत भन्दा कम धरौट राखेकोले बाली धरौट राखेको मान्न मिलेन कूत भरी पाउने ठहर्छ भनी निर्णय भएको हुँदा सबूत प्रमाणको मूल्याड्ढन नगरी अघि मुद्दा परी फैसला भइरहेकोलाई उल्लेख गर्दै एकपक्षीय भावनाबाट मोही निष्काशन गरिएको फैसला अ.बं.१८४(क), १८५ नं.तथा भूमिसम्बन्धी ऐनको दफा २९(१) को प्रत्यक्षतः कानुनी त्रुटि गरी संविधानको धारा १०(१), ११(२)(ङ) तथा धारा १५ ले प्रदान गरेको हकमा आघात पुर्याई ०३९।५।१३ मा गर्नुभएको निर्णय उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी बदर गरिपाउँ भन