निर्णय नं. ६२५२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२५२ - अंश भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/03/25 ३१७९ निर्णय नं. ६२५२ ने.का.प. २०५३ अङ्क ८ संयूक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५० सालको दे.पु.नं.. .. १७६६ फैसला मितिः २०५३।३।२५।३ मुद्दाः अंश । पुनरावेदक प्रतिवातीः जि. कपिलवस्तु गा.वि.स. धनकौसी वार्ड नं. ९ मौजे जनकपुर बस्ने हरद्धार पासीको मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने सहजराम पासी ऐ.ऐ. बस्ने हरिराम पासी । ऐ.ऐ. बस्ने खेलावन पासी । विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. बस्ने खबुनी पासीन । ऐ.ऐ. बस्ने पियारे पासी । § ७ नं. फाराम जग्गावालाको हैसियतले जग्गाको विवरण भर्ने सम्मको प्रयोजनको लागि भएकाले ७ नं. फाराम बेग्लाबेग्लै भर्दैमा अंश भैसकेको भन्न नमिल्ने । (प्र.नं. १६) § अंशवण्डा भएको कानून वमोजिमको लिखत नभएमा व्यवहार प्रमाणबाट अंशवण्डा भैसकेको कुरा प्रमाणित हुनका लागि त्यसको प्रमाण आवश्यक हुने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री एकराज भण्डारी । अवलम्बित नजीरः ने.का.प. २०४८ अंक ठ, नि.नं. ४३२२ पृष्ठ ३५० मा प्रकाशित कृष्ण चमार विरुद्ध वर्खू चमार भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्त । आदेश न्या. गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत वुटवलको फैसला उपर पर्न आएको प्रस्तूत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. गंगारामको छ छोरा जेठा गजाधर, माहिला हकव्दार, साहिला हरिराम, काहिला बन्सू र कान्छा वन्नर भएको, गजाधर स्वर्गे भै निजको हक खाने प्र. खेलावन र वन्नरको हक खाने पंचम भएको अर्थात उक्त पुस्तावरी मध्ये हामी वादीहरु तथा प्रतिवादीहरु मात्र अंश हक खाने अंशियारा भै सगोल सरावतमा बसी आएका छौं । अंशवण्डा भएको छैन । सगोलको आर्जन कमाईको सम्पत्ति सवै जेठा वाठा विपक्षीहरुकै नाउंमा दर्ता हुंदै आई निजहरुले अराए खटाए अनुसारको कामकाज गरी आएका थियौं । विवाद केही कुनै थिएन । तर मिति २०४०।१।१ देखि विपक्षीहरुसंग खाने मानो छुटर्‍याई भाग शान्ती ज्ञ।छ भाग जग्गा भोग गर्दै आएका थियौ । २०४३।१।१ देखि विपक्षीहरुले भाग शान्ती जग्गा जोतन नदिई अंश छुटर्‍याई दर्ता गराई दिन समेत इन्कार गरेकाले नालीश गर्न आएको छूं । विपक्षीहरुबाट तायदाती फांटवारी लिई १।५ भाग अंश छुटर्‍याई दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद दावी रहेछ । ३. वादी दावी अनुसार मैले अंश दिनुपर्ने होईन मेरो आमा अझ पनि जिवित नै छिन । उखडा ऐन, लागू भए देखि नै सवै अंशियारहरुको खानो मानो र अंश समेत छुटर्‍याई भिन्न भिन्न वसेका छन । कसैसंग कसैको अंश लिनु दिनु छैन । २०४०।१।१ मा मानो छुट्टिएको भन्ने होईन वादी दावी नपुग्ने ठहराई न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादी पचंम पासीको प्रतिउतर पत्र। ४. वादीहरुको फिराद दावी वमोजिम वादीहरु हाम्रो सगोल सराकतमा वसेको होईन । २०४०।१।१ मा खानो मानो छुट्टिएको होईन । ०४२।१।१ गते कुनै कुरा भएका होईन वादी दावी वमोजिम अंश दिनु पर्ने समेत कुनै कुरा होईन । फिराद दावी झुठा हो । १९९९ साल वैशाख १ गते नै वादीको लोग्ने, वावु वन्सु तथा म खेलावनका वावु गजाधर र वन्नर समेत जिवित छंदै निजहरु र हामी हरव्दार, हरिराम समेत ५ जना दाजुभाईले घरसारमा खानोमानो र अंश समेत छुटर्‍याई लिई दी पृथक पृथक बसी आफुले कमाएको धन लाएको