निर्णय नं. १६८६ - उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६८६ - उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१३ २३४२ निर्णय नं. १६८६ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रि.नं. ९८५ आदेश भएको मिति : २०४०।७।१३।१ मा निवेदक : ल.पु.न.पं.वडा नं.६ बस्ने पुष्पबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : जग्गा नाप जाँच ऐनको ०१९, ६(५) बमोजिम गठित समितिको अध्यक्ष प्र.जि.अ.मुकाम ललितपुर समेत विषय : उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ (१) हक स्वामित्वमा नै विवाद परेको देखिए पछि जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम चित्त नबुझे अदालतमा जानु भनी विपक्षीलाई सुनाउनु पर्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.बब्बरप्रसाद सिंह १. प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य रिट निवेदन जिकिर यस प्रकार छ : मेरो पैत्रिक सम्पत्ति शहरी क्षेत्रको पुर्खाको पालादेखि भोगी आएको तिरो नलागेको स्ववासी जग्गामा मेरो हकभोगको भन्ने कुरामा विभिन्न मितिमा भएको लिखतबाट सो विवाद सोबासी तिरो नलागेको जग्गा हक भइराखेको कुरा प्रमाणित भएको छ र सो जग्गा मध्येमा अंशियारबाट निजको हकको ०–४–० चन्द्रबहादुरसँग ०२८।७।३० मा राजीनामा गरी लिएको रहेछ तर सो कुरा नापी हुँदा सो लिखत पेश गरी निजको हक ०–४–० जग्गा दर्ता गराउन पनि सकेको थिएन बकसपत्रबाट पाएको भनेको तर सम्पूर्ण जग्गा हक नभएको अंशियार मध्येकोले ४ चार आना जग्गा उसको भागको स्वबासी दिएको नाताबाट सम्पूर्ण ठहर गर्न नहुने मेरो पिताजी पछि मेरो हकभोग भइआएको उक्त नापीमा ल.पु.न.पं.वडा नं.६ को कि.नं.१४१६ मा नापी भएको जग्गाको क्षेत्रफल ०–१५–३ मा जग्गाधनीको नाम खाली राखी नापी टोलीबाट ०३९।१।२० मा लगत प्रकाशन भएको मितिले ७ दिन भित्र सो जग्गाधनीको नाउँ खाली भएकोमा मेरो नाउँमा प्रकाशन गरिपाउँ भनी भोगको प्रमाण समेत ०३९।१।२४ गते पेश गरेको सो बमोजिम बुझ्नुपर्ने बुझी मेरो नाउँमा लगत प्रकाशन भएको थियो म्यादमा उजूर नगरी हदम्याद गुमाई विपक्षी सूर्य महर्जनले मेरो नाउँमा फिल्डबुकमा लेखी प्रकाशन गरिसकेपछि (३२२) मात्र उजूर गरेको ०३९।३।२५ मा बयान गराई सो म्याद बाहिरको उजूरीमा कारवाही गरी त्यसबाट तेरो मेरो परेको भनी ३ नं.नापी गोश्वाराले गठित जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) बमोजिमको समितिमा पेश गर्ने भनी सरजमीन राय समेत गरी ०३९।५।२५।६ मा पेश भएको स्वबासी दर्ता गरिपाउँ भनी पुष्पबहादुरले पेश गरेको प्रमाण कागज आफ्नो नाउँको नभई सँधियारहरूको नाउँको पेश गरेको सामान्य रूपमा ४ किल्ला नमिलेको र विपक्षी सुर्जे महर्जनको दावी परी पेश भएको चिरी महर्जनबाट बकसपत्र पाएको जग्गा हुँदा सुर्जे महर्जनको नाउँमा दर्ता गर्ने निर्णय ०३९।५।२५ मा भयो जग्गा नापजाँच ऐन, ०१९ को दफा ६ को उपदफा (५) बमोजिमको समिति गठन गर्ने कुरा उक्त ऐनको दफा ११(ख) मा छ सो बमोजिम उक्त ऐनको कार्यभित्र बनेको उक्त नियम ०३२ को दफा ७ मा प्रष्ट छ म्याद गई उजूर गर्न भूल भएको भनी विपक्षीको निवेदनमा लेखेको छ भूलबाट भएकोमा सुर्जे महर्जन स्वीकार गर्नुहुन्छ त्यस्तो म्याद गएको कुरामा उजूर लिई हेर्ने अधिकार अ.बं.३५ ले बदरभागी छ कारवाही गर्दै जाँदा त