निर्णय नं. १६८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/०६ २४५७ निर्णय नं. १६८८ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नम्बर ८२२ आदेश भएको मिति : २०४०।५।६।२ मा निवेदक : जि.झापा शिवगंज गा.पं.वार्ड नं.७ को हाल परिवर्तित सतासिधाम गा.पं.वार्ड नं.७ बस्ने चन्द्रबहादुर बस्नेत क्षेत्रीसमेत विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय चन्द्रगढी झापा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सम्बन्धित जग्गाधनी र निवेदकहरूका बीचमा कबुलीयतको अभावमा अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको हुँदा आदेश जारी गर्न नपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति ०३८।४।१५।५ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३९।५।२।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : विपक्षीका नाउँको शिवगंज गा.पं.वार्ड नं.७ को साविक कि.नं.१५४,१४७,१४६,१५५ र १५६ समेतको कित्ताहरू फोर भई कायम कि.नं.१४७, १३०, १३०० र १३१०, १३१२,१२२२ समेतको जम्मा जग्गा बिगाहा ३–०–० को ०३६ सालका बाली देखि धान मन ३४,२० बुझाउने गरी ०३५।१०।२८ को कूत कबुलीयत अनुसार (३२७) जग्गाधनीलाई बुझाउनु पर्ने ठेक्का बुझाई आएको छु । मोही कायम गरिपाउँ भन्ने वादी दावी । मेरो नाउँ दर्ताको शिवगंज गा.पं.वार्ड नं.७ को कि.नं.साविक १५४,१४७,१४६,१५५,१५६ समेत फोर भई कायम २११५ को ज.वि.०–०–२ कि.नं.२११६ को ज.वि.०–४–१५ कि.नं.१३१० को ज.वि.०–८–० कि.नं.१३१२ को ज.वि.१–०–० कि.नं.१२२२ को ज.वि.१–४–८ र कि.नं.१४७ को ज.वि.०–२–१५ समेत जम्मा जग्गा बिगाहा ३–०–० वादीले ०३५।१०।२८ का कूत कबुलीयत अनुसार ठेक्का बुझाई आएको हुँदा निवेदकका नाउँमा मोही कायम गरी दिएमा मञ्जूर छ भन्ने समेत विपक्षी जग्गाधनीको जिकिर रहेछ । वादीले दावी गरेको जग्गा कमाएकोमा प्रतिवादीले स्वीकार गरी बयान गरी दिएको सरजमीन कार्यालयबाट समेत भएको हुँदा दावीको जग्गामा निवेदकलाई भू.सं.ऐनको दफा २५ को उपदफा (२) बमोजिम मोही कायम गरी दिई श्रेस्ता समेत सच्याई दिने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार अधिकारीले मिति ०३८।४।१५।५ मा निर्णय गरेको रहेछ । ३. प्रस्तुत रिट निवेदन साथ कबुलीयत, ४ नं.जो.अ.नि.र मुलतवी आदेश अनुसार हामी मोही भएको र विपक्षी दुर्गादेवीलाई मोही कायम गरेको जग्गामा हाम्रो दावी भएको भन्ने कुरा संलग्न प्रमाणहरूले प्रष्ट पार्दछ । साथै मोहीले बुझाउनुपर्ने पञ्चायत विकास तथा जग्गा कर समेत हामीले बुझाई आएका छौं र ०३८ सलाको बाली समेत हामीबाट जिल्ला कार्यालय मार्फत विपक्षी मात्रिकाप्रसाद प्रसाईले बुझी लिनुभएको समेत छ र हामी वास्तविक जोती आउने व्यक्ति भएको र विपक्ष दुर्गादेवीलाई मोही कायम गरेको जग्गामा हाम्रो दावी रहेको कुरा देखिरहेको छ भने यस अवस्थामा हाम्रो निवेदन समेतमा विचार भई निर्णय गरिनुपर्नेमा मनमानी रूपमा विपक्ष मात्रिका र दुर्गादेवीको मिलेमतोबाट मोही कायम गर्ने गरी भएको निर्णय अ.बं.१८४क १८५ नं.को प्रत्यक्ष त्रुटिपूर्ण रहेबाट बदरभागी रहेको छ र अघि परेको हाम्रो दावीमा निर्णय नभई व