निर्णय नं. १६८९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६८९ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/१४ २२०६ निर्णय नं. १६८९ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. ८५१ आदेश भएको मिति : २०४०।५।१४।३ मा निवेदक : का.न.पं.वडा नं.२७ भेडासिं बस्ने तिलकमान चक्रधर समेत विरूद्ध विपक्षी : श्री ५ को सरकार ३ नं.नापी गोश्वारा नक्साल समेत विषय : उत्प्रेषण (१) यथार्थमा निर्णय हुनुभन्दा अगावै निवेदकहरूलाई राजीनामा गरी सकेको जग्गा निवेदकहरूबाट झिक्दा हक बेहकमा निर्णय गरेको भन्नु परी जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८(३) ले नापी गोश्वारालाई अधिकार छ भनी भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुड्डेल र विद्वान सरकारी अधिवक्ता श्री पन्नमान तुलाधर आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा विपक्षी नं.१ को मिति ०३७।१२।२३ को निर्णय बदर गरी ०३२।११।३ मा नापी बमोजिम दर्ता भएको कि.नं.२०८ को क्षेत्रफल रोपनी ०–२–०–३ को जग्गाधनी पूर्जा दिनु भन्ने विपक्षी नं.१ का नाममा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ भन्ने निवेदकको रिट निवेदन मिति ०३९।५।१३।१ मा दर्ता भएको रहेछ । प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर यस प्रकार छन् । (३३०) संक्षिप्त तथ्य एवं जिकिर : २. विपक्षी नं.४ का नाममा साविक जग्गा ०–५–१–१ भएको हाल नापी हुँदा का.न.पं.वडा नं.३१ घण्टाघरको पूर्व उत्तर कि.नं.२०९ दक्षिण कि.नं.२०३ यति ४ किल्ला भित्रको नरघटी समेत भई जम्मा वर्ग मिटर ७० कि.नं.२०८ बाट नापी ठहर रोपनी ०–२–०–३ कायम भई विपक्षी नं.४ का नाममा दर्ता भएको घरजग्गा रहेछ । उक्त जग्गाको धनी प्रमाणपूर्जा वितरण नहुँदै विपक्षी नं.४ ले हामीलाई २०३७।८।८।१ मा राजीनामा गरी दिनु भई हाम्रो हकमा आई हामीले भोगचलन गरी आएको हाम्रो अचल सम्पत्ति हो । कि.नं.२०८ को कित्ताबाट क्षेत्रफल ०–०–२–२ कि.नं.२०९ मा समावेश गरी दिने भनी पेश भएको टिप्पणींमा कि.नं.२०८ र २०९ को क्षेत्रफल घटबढ भएको सम्बन्धित जग्गाधनीहरूलाई जानकारी दिने भनी निर्णय समेत भएको रहेछ । आफ्नो जग्गा अर्कोले चापी घुसाई नापी दर्ता गरेको रहेछ भने त्यसको उपचारको लागि अदालतमात्र सक्षम हुन्छ । अतः आफ्नो अधिकार नभएको कुरामा विपक्षी नं.२ ले माथि उल्लेख भएबमोजिम निर्णय गरी अधिकारको उल्लंघन भएको छ । अतः उक्त त्रुटिपूर्ण निर्णयले हामी निवेदकको अचल सम्पत्तिमा असर पर्न गएको हुँदा विपक्षी नं.१ को ०३७।१२।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी ०३२।११।३ मा भएको नापी बमोजिम दर्ता भएको कि.नं.२०८ को क्षेत्रफल रोपनी ०–२–०–३ को जग्गाधनी पूर्जा दिनु भन्ने विपक्षी नं.१ का नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने व्यहोरा समेत उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । ३. विपक्षीहरूद्वारा लिखितजवाफ आए पछि पेश गर्नु भन्ने ०३९।५।१६।४ को सिड्डलबेञ्चको आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ यस प्रकार छन् । ४. मेहबुव बक्सबाट तिलकमान चक्रधरले खरीद गरी लिई सकेपछि भएको संशोधन भन्ने प्रश्न नापी भइसकेपछि खरीद बिक्री भएकोमा नापीको श्रेस्ता पनि यथावत राख्ने व्यवस्थाको लागि साविकवालाबाट हालवालामा हस्तान्तरण भएअनुसार नापी गोश्वारामा संशोधन गर्ने चलन भ